Wednesday, March 3, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

सोमबार : निर्णायक संघर्षदेखि तेस्रो जनआन्दोलनको घोषणासम्म

by nepal_readers
January 26, 2021
- समाचार
सोमबार : निर्णायक संघर्षदेखि तेस्रो जनआन्दोलनको घोषणासम्म
Share on FacebookShare on TwitterEmail

संसद विघटनविरुद्ध आन्दोलन चर्किदै गएको छ । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल समूहले तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ भने सोमबार मार्चपासमा ओर्लिएका नागरिक अगुवाहरुमाथि प्रहरीले दमन गरेको छ । नेकपा प्रचण्ड–नेपाल समूहका नेताहरुले अब निर्णायक संघर्ष गर्ने बताएका छन् भने आफूमाथि दमन भएको भन्दै नागरिक आन्दोलनका अगुवाहरुले तेस्रो जनआन्दोलनको घोषणा गरेका छन् ।

अब निर्णायक संघर्ष : प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् विघटनविरुद्ध अब निर्णायक संघर्ष गर्ने बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले अब काठमाडौँ केन्द्रित आन्दोलन गर्ने र त्यो निर्णायक हुने बताए ।

‘हामीले प्रदेश नम्बर २ को जनकपुरमा विशाल सभा आयोजना गर्ने र त्यहाँबाट सन्देश दिने सोचेका थियौँ ’ प्रचण्डले भने ‘स्थायी कमिटीको बैठकमा छलफल गर्दै जाँदा जनकपुरमा पनि गर्नैपर्छ र जनकपुरमा भन्दा अगाडि अस्तिको भन्दा काठमाडौंमा अझै ठूलो प्रर्दशन गर्नुपर्ने भयो भन्ने महसुस गर्यौं ।’ उनले थपे ‘किनभने टाउकोमै हान्नुपर्ने स्थिति आयो । अन्त हानेर त्यति धेरै चोट पुग्दैन कि भन्ने सोचेर टाउकोमै हान्ने निष्कर्षमा पुगेका छौँ ।’

ओलीले संकटकाल लगाउन सक्छन् : माधवकुमार नेपाल

नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको चुनाव गराउने इच्छा नभएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालयमा प्रदेश नं. २ का नेता कार्यकर्तासँग भेटघाट गर्दै अध्यक्ष नेपालले संकटकाल लगाएर अथवा तानाशाह लादेर भए पनि सत्तामा बसिरहन चाहेको जिकिर गरे ।
सोमबार पार्टी केन्द्रीय कार्यलय पेरिडाँडामा पत्रकार सम्मेलन गरी नेकपा प्रचण्ड–माधव समूहले यही माघ १३ देखि २८ गतेसम्म काठमाडौँमा विशाल विरोध प्रदर्शन र सभासहित तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।

तेस्रो जनआन्दोलनको घोषणा

सोमबार माटोको टीका लगाएर कमल पोखरीबाट बालुवाटारसम्म शान्तिपूर्ण रुपमा मार्चपास गरेका नागरिक अगुवाहरुमाथि प्रहरीले दमन गरेको भन्दै नागरिक अगुवाहरुले तेस्रो जनआन्दोलनको घोषणा गरेका छन् । वृहत नागरिक आन्दोलनको तर्फबाट युग पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नागरिकले गरेको शालीन र शान्तिपूर्ण अभियानलाई प्रहरीले नै बलजफ्ती मुठभेडमा परिणत ग-यो।

कोणसभापछि शान्तिपूर्ण रुपमा अघि बढेको जुलुसलाई प्रहरीले एक्कासी लाठी र पानीको फोहोरा प्रहार ग-यो। सरकारी रबैयाको यो कदमलाई नागरिक आन्दोलन घोर भर्त्सना गर्दछ । यसै विज्ञप्तिमार्फत सबैखाले राजनीतिक एवं सांस्कृतिक प्रतिगमनविरुद्ध वृहत् नागरिक आन्दोलन तेस्रो जनआन्दोलन घोषणा गर्दछ।’ तस्वीर सौजन्य: सुवास श्रेष्ठ/रातोपाटी

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
nepal_readers

nepal_readers

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Discussion about this post

Connect with us

Recommended

नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

1 year ago
इङ्गल्याण्ड- चीनका शुरुवाति सम्बन्ध र पहिलो शसस्त्र मुठभेट

इङ्गल्याण्ड- चीनका शुरुवाति सम्बन्ध र पहिलो शसस्त्र मुठभेट

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.