गत १६ वैशाखदेखि शुरु भएको चौथो संसद अधिवेशनको लगातार दश वटा बैठकमा अनुपस्थित हुने सांसदहरुको नामावली संसदमा प्रस्तुत गरिएको छ । सभामुख कृष्णबहादुर महराले बजेट अधिवेशन अन्त्य हुनु अगाडि लगातार दश वटा बैठकमा अनुपस्थित रहने सांसदहरुको नामावली प्रस्तुत गरेका थिए ।
संसद सचिवालयका अनुसार, छक्कबहादुर लामा, सुजाता परियार, विमलप्रसाद श्रीवास्तव, विजयकुमार गच्छदार, सरिता गिरी, नागेन्द्र कुमाल, पुष्पाकुमारी कायस्थ र मोतीलाल दुगड लगातार दश वटा बैठकमा अनुपस्थित रहे ।
यस्तै, महेश्वरराज गहतराज, कर्मा घले, शिवकुमार मण्डल, कमला रोका, विशाल भट्टराई, पुष्पकमल दाहाल, अञ्जना विशुंके र भूमि त्रिपाठी दश बैठकमा अनुपस्थित रहे । उनीहरुको अनुपस्थिति संसद बैठकबाट अनुमोदन गरिएको समाचार हिमालखबरमा छ ।