Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मंचमै किन रिसाए नारायणकाजी श्रेष्ठ?

nepal_readers nepal_readers
माघ ११, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रतिनिधिसभा बिघटनविरुद्ध शुक्रवार नेकपाको बहुमत पक्षले गरेको कार्यक्रम उसले सोचेभन्दा बढी सफल देखियो। तर, शनिवार सामाजिक संजालमा सोही सभाको मंचमा बसेका नेकपा नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ रिसाएको भिडियो खासगरी ओली खेमाका नेता कार्यकर्ताहरूले व्यापक रूपमा स्यर गरे। आवाजविनाको त्यस भिडियोमा नेता प्रकाश रिसाइरहेको देख्न सकिन्छ। नेताहरू माधव नेपाल, पम्फा भुसाल र लिलामणीको भावभंगी हेर्दा कुनै विषयमा उनीहरूबीच गम्भीर मतभेद परेको बुझ्न सकिन्छ ।

    तर सो भिडियोलाई सामाजिक संजालमा स्यर गर्नेहरूले कुर्सीमा बस्न नपाएकोले उनीहरूबीच झगडा परेको अर्थ लगाए। सामाजिक संजालमा व्यक्त भएको शंकाजस्तै उनीहरूबीच कुर्सीका विषयमा झगडा परेको हो त? होइन। खासमा कुरो अर्कै हो ।

    नेकपाका प्रवक्ता प्रकाश आन्दोलन संघर्ष समितिका संयोजक पनि हुन् । र, सो सभाका अध्यक्षसमेत थिए श्रेष्ठ । कार्यक्रममा सोचेभन्दा बढी नेता कार्यकर्ताहरूको उपस्थिति भएका कारण भीड व्यवस्थापन गन्जागोल बनेपछि प्रकाश रिसाएको स्रोतले बताएको छ । केन्द्रीय संघर्ष समितिको सहसंयोजक समेत रहनुभएकी स्थायी कमिटी सदस्य पम्फा भुसालले भन्नुभयो, ‘भिडियो हेर्दा ठूलै विवाद भएजस्तो लाग्छ तर कार्यक्रम व्यवस्थापनसम्बन्धी सामान्य असहमती भएको र त्यसमा छलफल भएको हो।’

    शुक्रवारको प्रदर्शनलाई व्यवस्थित बनाउनका लागि संघर्ष समितिले उपत्यकाका बिभिन्न १० स्थान तोकेर जुलुसको रुट तय गरेको तर सहभागीको संख्या धेरै हुँदा जुलुस अस्तव्यस्तपूर्ण बनेको थियो । त्यसपछि श्रेष्ठसँगको छलफल र सहमतिबिना नै जुलुस सभास्थल पुगेपछि संयोजक प्रकाश झोक्किएको स्रोतले बतायो ।

    रत्नपार्कबाट बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, शहीदगेट, न्यूरोड गेट हुँदै रत्नपार्क घुमेर सभामा जाने कुरा थियो,तर अध्यक्ष प्रचण्ड बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग हुँदै सीधै मन्चमा आए भने माधव नेपाल सुर्खेतबाट काठमाडौं आउँदा ढिला भएकाले बिमानस्थल उत्रेर सिधै कार्यक्रमस्थलतर्फ पसेका थिए ।

    सबै सडक भरिरभराउ भएको अवस्थामा निर्धारित रुटअनुसार जुलुस अघि बढ्दा अस्तव्यस्त र भद्रगोल हुने अवस्था आएपछि नारायणकाजी रिसाएका थिए । त्यसमाथि कार्यक्रम निर्धारित समयभन्दा ढिलो सुरु भएका कारण सहभागीहरूलाई घर फर्काउन नसकिएला भन्ने चिन्ता पनि भयो । सोही कारण नारायणकाजी श्रेष्ठ मंचमै कड्केका हुन् ।
    सहसंयोजक भुसालले भन्नुभयो, ‘कार्यक्रमको अध्यक्ष नारायणकाजी कमरेडलाई सोधेरै शुरु गरौं कि के गर्ने भन्न खोजेको पनि हो,तर भीडभाडको कारण उहाँको फोन लागेन । पछि उहाँले पनि परिस्थिति बुझ्नुभयो । अहिले बाहिर भनिएजस्तो केही समस्या छैन ।’

    मंचमा आफू रिसाएको बारे नेता नारायणकाजीले समेत फेसबुकमा प्रष्ट पारिसकेका छन्। उनले लेखेका छन्ःप्रतिनिधिसभा विघटनको असंवैधानिक एवं प्रतिगामी कदमका बिरुध्द हाम्रो पार्टीद्वारा हिजो राजधानीमा आयोजित बिरोध प्रदर्शन तथा सभा बिशाल जनसहभागिता सहित भव्यरुपमा सफल भयो। छिट्टै अर्को चरणको संघर्षको कार्यक्रम घोषणा गरिनेछ ।

    केपी ओलीजी सँगको शुरुदेखिको हाम्रो एउटा मुख्य मतभेद विधि र पध्दतिको पालनामा हो।अब हामीले पार्टी निर्माण र परिचालनमा प्रारम्भदेखि नै पध्दतिसम्मत ढङ्गले अघि बढ्न ध्यान दिनु पर्दछ।त्यसको निम्ति संघर्ष गर्नुपर्दछ । तबमात्र हामी आफ्नो प्रतिबध्दताप्रति इमान्दार हुन सक्दछौं र पार्टीलाई सही दिशामा अघि बढाउन सक्षम हुनेछौं ।हाम्रो हिजोको कार्यक्रमको क्रममा मञ्चमा देखिएको विवाद यही बिषयमा हो ।

    जुलुस परिक्रमा र सभा शुरु गर्ने सम्बन्धमा केन्द्रीय संघर्ष समितिले बनाएको पुर्व निर्धारित योजना संघर्ष समितिको जानकारीबिना नै अकस्मात् परिवर्तन गरियो ।त्यसो गरिनु हुँदैनथियो । संस्थागत कार्य प्रणालीको बारेमा सबै नेतृत्वदायी कमरेडहरूको गम्भीर ध्यानाकर्षणका लागि त्यतिबेला नै जोडले कुरा उठाउनु जरुरी थियो। विधि पध्दतिको उपेक्षा र अवज्ञा हुन नपाओस भन्नेमा हामीले शुरुदेखि सशक्त संघर्ष गर्नु पर्दछ । ख्याल गरौं, हाम्रो अवको एउटा मुख्य चुनौति हिजो हामीले कुरा उठाए अनुसार बिधि पध्दति अनुसार पार्टी सञ्चालन गर्नु हो ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.