नेकपा एमालेका अध्यक्ष्यका रूपमा खड्गप्रसाद ओलीले एकलौटी रूपमा पार्टीका प्रमुख पदाधिकारीहरूलाई कारवाही गरेपछि पार्टी जोगाउनका लागि इतर पक्ष सक्रिय भएको छ। सोही क्रममा मंगलबार ललितपुरमा नेकपा एमालेको दुई दिने कार्यकर्ता भेला बुधवार शुरु भएको छ ।
कार्यक्रममा देशभरबाट २ हजारभन्दा बढी नेता कार्यकर्ताहरूको सहभागितको अपेक्षा गरिएको थियो । तर कार्यक्रममा पाँच हजार हाराहारीमा नेता कार्यकर्ताहरू सहभागी भएका छन् ।