Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नाटो मरिसक्यो तर….

राम्रो मनसायबाट सुरु भएको नाटोको आफ्नै मर्जीको सुरक्षा बलले करीब ६० करोड जनतालाई दुःख दियो। यससँगै उ आफैँलाई मानसिक रोग लाग्यो। ‘म आफूमात्रै ठूलो हुँ’ भन्ने रोग पनि उसलाई लागेको थियो। अनेक रोगहरूको आक्रमणपछि उसलाई दीर्घ रोग लाग्यो। धेरैधेरै देशमा ऊ सुन्निँदै गयो। ऊ क्रमशः रिसाहा बन्दै गयो।

मार्क व्याकलक मार्क व्याकलक
चैत्र २३, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    बर्षौंबर्ष शारीरिक र मानसिक अवस्था कमजोर झेलेपछि ७३ वर्षमा उसको अर्थात् नाटोको निधन भयो। सन् १९४९ को अप्रिल ४ मा अमेरिकी पिता र युरोपेली आमाबाट जन्मिएको सन्तान हो नाटो। जन्मिनु एक वर्षअघि नै त्यसको अवधारणाको गर्भाधान भएको थियो। दसकौँ पछि नाटो एउटा ठूलो परिवार बन्यो। अहिले नाटोकै सन्तान ३० फरक देशमा फैलिएका छन्।

    दोस्रो विश्वयुद्धमा प्रेममा परेका आमाबुबाले उसको नाम उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) जुराए। यो नाममा आमाबुबाका महत्वाकांक्षा पनि लुकेको छ। यद्यपि, आज नाटो स्वयंकै यति धेरै सन्तान बनाइसक्दा पनि उसका आमाबुबाको सपना पूरा हुन्छ कि हुँदैन, त्यसको भने कुनै टुङ्गो छैन।

    ‘रक्षात्मक मोर्चा’का रूपमा उसको दिनचर्या निकै उत्साहका साथ सुरु भएको थियो। तर, सुरु सुरुका दिनमा उसले ‘सर्वसाधारणालाई खतरा रहेको’ भन्दै गरेका युद्धहरू अनावश्यक र आधारहिन भएको अहिले क्रमशः पुष्टि हुँदै गएको छ। खासमा शीतयुद्ध कहिल्यै पनि ‘गरम’ युद्ध भएन । त्यसको कुनै प्रयोजन सिद्ध नै भएन। र, नाटो मानसिक रोगबाट पिरोलियो, उसलाई मानसिक दीर्घरोगले च्याप्यो। उसले चिताएजस्तो विध्वंस किन भएन भन्ने कुरा नबुझेर ऊ बहुलाझैँ भयो। नाटोको यस्तो अवस्था उसलाई जन्माउने आमाबुबाको निम्ति निकै दुःखको विषय बन्यो। तरपनि उनीहरूले आफ्नो बिग्रेको र बरालिएको सन्तानका रहरहरू पूरा गर्न खोजिरहे।

    उमेर बढ्दै जाँदा नाटोलाई पनि मध्यजीवनका सङ्कटले च्याप्न थाल्यो। त्यसो हुँदाहुँदै पनि उसले संसारको प्रहरीको रूपमा आफ्नो उपादेयता पुष्टि गर्न खोजिरह्यो। उसले आफूमाथि संकट व्यवस्थापनको हवाला दिँदै उसले नयाँ–नयाँ घोषणा गर्दै हिँड्यो। त्यही क्रममा उ अफगानिस्तानमा केही समयको लागि बिदा मनाउन हिँडेको थियो तर त्यहीँ उसको बसाइ बीस वर्ष लम्बियो।

    जब नाटोले अफगानिस्तान छाड्यो, उसको अवस्था पहिलेभन्दा थप खराब भइसकेको थियो। नाटोको अरू पारिवारिक झैझगडा पनि भएः नाटोको सदस्य रहेको टर्की स्वयं अर्को नाटो सदस्य संयुक्त राज्य अमेरिकाले सिर्जना गरेको सङ्कटको कारण, युरोपको सुरक्षाको निम्ति ‘खतरा’ भएपछि फेरि नाटोकै भलाइको लागि सिरियामाथि युद्ध थोपरियो।

    राम्रो मनसायबाट सुरु भएको नाटोको आफ्नै मर्जीको सुरक्षा बलले करीब ६० करोड जनतालाई दुःख दियो। यससँगै उ आफैँलाई मानसिक रोग लाग्यो। ‘म आफूमात्रै ठूलो हुँ’ भन्ने रोग पनि उसलाई लागेको थियो। अनेक रोगहरूको आक्रमणपछि उसलाई दीर्घ रोग लाग्यो। धेरैधेरै देशमा ऊ सुन्निँदै गयो। ऊ क्रमशः रिसाहा बन्दै गयो। कहिलेकाहीँ ऊ आफ्नो छरछिमेकबाट धेरै टाढाजस्तै लिबियामा समेत हिंसा फैलिनुको कारण बन्यो। परिवारका केही सदस्य र आफन्तले नाटोलाई ‘आफ्नो स्वास्थ्यबारे सजग रहु’ भन्दै सजग गराउन खोजेका थिए।

    जस्तैः फ्रान्सले नाटोलाई सजग गराएको थियो। फ्रान्सले सबैभन्दा पहिला नाटोको ‘मस्तिष्कघात’ भएको कुरा पत्ता लगाएको थियो। यो रोग पहिचान सही प्रमाणित समेत भएको थियो। तर नाटो आज त्यो बिन्दुमा पुगेको छ, जुन बिन्दुबाट अब ऊ चाहेर पनि फर्कन सक्दैन। विस्तार हुने नाटोको उत्साह बुबाले उसलाई सिकाएको खराब बानी थियो। वासिङ्टनको सिनेटका अल्पज्ञानी सदस्यहरूले नयाँ सदस्यता प्राप्त गर्न उसलाई मद्दत गरे।

    वास्तवमा कुनै पनि सङ्कट व्यवस्थापन गर्नुभन्दा उसको विस्तार हुने त्यो चाहना र खराब लतले विश्वमा थप सङ्कट निम्त्याइरहेको छ। यसको सबभन्दा पछिल्लो उदाहरण त युक्रेनको सङ्कट नै हो। नाटोको थप पूर्वतिर विस्तार हुने चाहनाले रुससँगको द्वन्द्वमा मद्धत पुर्‍यायो। उसो त नाटोलाई धेरै वर्ष पहिलेदेखि नै उसको खराब बानीले एकदिन उसैलाई समस्यामा पार्ने चेतावनी दिइएको थियो। तर, उसले आफ्नो आदत त्याग्न सकेन। आमाबुबाको लाडप्यारले उसलाई झनै कुलततिर हिँडाडो। र, त्यसको कुनै औषधि नै थिएन। कुलतमा फसेकाहरू आफैँ सम्हालिए मात्र कुलतबाट मुक्त हुन सक्छन्। तर, नाटोको सन्दर्भमा त्यस्तो कहिल्यै भएन।

    केही समय नाटोले आफूमाथि लागेका आरोपहरूलाई स्विकार्न चाहेन र धेरैजसो कुलतमा परेका व्यक्तिहरूझैँ उसले पनि झूटो बोल्यो। लिखित दस्तावेज नभएपनि नाटोले रुसलाई पूर्वतिर विस्तार हुने आफ्नो कुनै मनसाय नभएको बताउँदै अल्मल्याइरह्यो। एक इन्च पनि पूर्वतिर नबढ्ने बताइरह्यो। तर त्यो वचनमा अडिग रहन नसक्दाको परिणाम अहिले युक्रेनमा देखिँदै छ ।

    यस्तो अवस्थामा नाटोको मृत्युको कारण ठ्याक्कै के हो भन्ने कुराको घोषणा हुन भने अझै बाँकी छ। तर यसको असान्दर्भिकता र दुरूपयोगको कारण नाटोको स्वास्थ्यमा धेरै जटिलता आएको हो भन्ने बुझ्न सकिन्छ। नाटो सुरुमा प्रतिरक्षात्मक मोर्चाको रूपमा स्थापना भएको थियो, त्यसपछि ‘सङ्कटमोचन’ सङ्गठनको रूपमा। तर, उसको उद्देश्य संसारमा अमेरिकी प्रभुत्ववाद कायम राख्ने हतियारको रूपमा प्रयोग हुनु नै थियो। र, नाटो अमेरिकाको एउटा हतियारसिवाय केही होइन पनि। शान्ति वा स्थायित्व ल्याउने नाटोको कुनै लक्ष्य पनि थिएन, छैन। उसको उद्देश्य अमेरिकी विदेश नीति लागु गर्नु हो, जसको शान्ति र स्थायित्वसँग कुनै लेनदेन छैन। अवस्थाको वास्तविकता बुझ्न नसक्दा नाटोले आफू मरिसकेको छु भन्ने समेत थाहा नपाउन सक्छ। एउटा भनाई छ नि, ‘ऊ मरिसकेको छ तरैपनि ढल्न तयार छैन।’

    ग्लोबल टाइम्सबाट। (लेखक मार्क व्याकलक बेलायतका पत्रकार र लेक्चरर हुनुहुन्छ ।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      मार्क व्याकलक

      मार्क व्याकलक

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.