Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

एनसेल होस् या जुनसुकै कम्पनी राज्यलाई कर तिर्नैपर्छ, करै नउठ्ने अवस्था बने संसद् चुप लागेर बस्दैन – शेरबहादुर तामाङ

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
भदौ ३१, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    एनसेल होस् या जुनसुकै कम्पनी, यो देशको कानुनअनुसार दर्ता भएर सञ्चालन भएको हो भने यो राज्यले तय गरेको निश्चित कानुनका आधारमा रहेर कारोबार गरेपछि राज्यलाई कर तिर्नैपर्दछ । सेवा वा उत्पादन बेचेबापत यति कर तिर्नुपर्छ भनेर पहिले नै तोकिएको हुन्छ । एनसेलले पनि त्यो स्वीकार गरेपछि सरकारले सेवा सुरु गर्न इजाजत दिएको हो र उसले खर्बौं रुपैयाँ कमाउन पाएको हो । अझ एनसेलको हकमा भन्नुहुन्छ भने त गरीब जनताले एनसेललाई पैसा तितेर सेवा लिएका हुन् । यसहिसावले हेर्दा जनताले बुझाएको कर एनसेलमा जम्मा भइरहेको थियो । त्यो कर उसले लगेर नेपाल सरकारको सम्बन्धित अंगमा बुझाउनुपर्ने हो । तर, कर बुझाउन बोलाउँदा उल्टै अदालत जाने ? अनि अदालतले पनि अन्तरिम आदेश दिएर हाललाई नतिर्नु/नतिराउनु भन्ने जस्ता आदेश दिने । मैले मन्त्री हुँदा पनि सार्वजनिक रूपमा भनेको थिएँ, कि ‘अदालतको आदेशबाट राज्यकोषमा आउनुपर्ने अर्बौं रुपैयाँ आएको छैन । त्यो अदालतको अन्तरिम आदेश मात्र हो, अन्तिम आदेश आउन बाँकी छ । अन्तिम आदेश कस्तो आउँछ भनेर सार्वभौम नेपाली जनता हेरेर बसेका छन् । नेपाली जनताले सार्वभौमसत्ता चुनावमा प्रयोग गर्छ र चुनावपछाडि उसको प्रतिनिधिमार्फत संसदले प्रयोग गर्छ । भनेपछि संसदले हेरिरहेको छ । कुनै पनि बेला दुषित फैसला भयो भने महाअभियोग लाग्छ ।’ त्यो सार्वभौम संसद्को अधिकार हो । पछिल्ला गतिविधि त्यतैतर्फ उन्मुख देखिन्छ । त्यस्तै गन्ध आउने, धुँवा आउने परिस्थिति बनेको छ । आम नेपाली जनताको सिधा आँखाले हेर्दा पनि त्यहाँ केही न केही कैफियत छ भन्ने नै गरी काम कारवाही भैरहेको देखिन्छ । यो त्यतिकै छोड्न सकिने विषय होइन।

    संसद् मौन छैन । प्रतिनिधिसभामा सांसदहरूले यो विषय उठाइरहनुभएको छ । त्यसैले पनि यो विषय त्यतिकै सेलाउने म देख्दिनँ । नेपाली जनताबीच कारोबार गरेर आफ्नो सेवा बेचेबापत आर्जन गरेको मुनाफा र त्यसबापत तिर्नुपर्ने कर अहिले सर्वोच्चको एउटा आदेशका कारण रोकिएको मात्र हो । अन्ततः कर उठ्नै पर्छ । उठ्छ।‍

    सम्मानित सर्वोच्च अदालतकै एउटा फैसला अहिले पनि कायम छ । त्यो के भने प्रधानन्यायाधशि नेतृत्वकै वृहत बेञ्चले एनसेलले नै लाभकर बुझाउनुपर्ने गरी फैसला गरेको थियो । त्यसअनुसार ठूला कर दाता कार्यालयले कर निर्धारण गरेर पत्राचार गरेपछि एनसेल अदालत गएको देखिन्छ । अदालतको पछिल्लो फैसलाले तत्काल राज्यको कोषमा कर दाखिला हुने अवस्था नदेखिए पनि ठूला करदाता कार्यालयले अब पुनः कर निर्धारण गर्नुपर्ने अवस्था आएको मात्र हो । यदि, ठूला करदाता कार्यालयलाई कर निर्धारण गर्न कुनै कानुनी जटिलता छ भने अर्थमन्त्रालयमार्फत् संसदमा यो विषय आउनुप¥यो, संसद्ले फाष्ट ट्र्याकबाट कानुन बनाएर सहजिकरण गर्छ । म फेरि पनि भन्छु, अहिले नै कर आइहाल्ने अवस्था मात्र रोकिएको हो । करै नउठ्ने अवस्था होइन । करै नउठ्ने अवस्था बन्यो भने संसद् चुप लागेर बस्दैन । कुनै न कुनै रूपमा जनताले उठाएका प्रश्न र अहिले संसद्मा पनि उठिरहेको मागलाई सम्बोधन गर्न संसद सक्षम छ।

    प्रधानन्यायाधीशको निर्देशनमा बनेको पछिल्लो वृहत इजलासमा यही प्रकृतिको रिटमाथि पहिले नै अन्तरिम आदेश दिइसकेका एकजना न्यायाधीशलाई राखिएको थियो । यो त्रुटीपूर्ण थियो । त्यसैले त यहाँ शंका गर्ने ठाउँ बनेको छ । प्रश्न गर्ने ठाउँ देखिएको छ । जसले आफूले अन्तरिम आदेश गरिसकेको छ, आफू फेरि त्यो फैसलामा सहभागी भइसकेको छ, पुनः त्यही मान्छे बसेर फैसला गर्ने कुरा गलत छ । एनसेलमाथि अन्याय भएको छ भने उसलाई पनि न्याय दिनुपर्छ । तर, कर नै तिर्नु नपर्ने गरी उसले न्याय पाउने हो र रु एनसेल यो मुलुकमा कारोबार गर्ने, खुरुखुरु खर्बौं कमाउने, अनि कर नतिरी विदेश पैसा लैजान पाउने रु यस्तो नियम नेपालमा छैन । संसारको कुनै मुलकमा पनि हुँदैन । त्यसैले कुनै पनि अंगमा बसेकाहरू चाहे सुरक्षानिकायका पदाधिकारी हुन्, चाहे संवैधानिक अंगका, न्यायालयका वा सरकारकै पनि तिनले आआफ्ना संस्थाको आड लिएर कोही मान्छेले अनियमिमता गर्छ, भ्रष्टाचार गर्छ भने त्यसलाई छाडिँदैन । बोइमान गरेको छ भने त्यस्ता व्यक्ति एक न एक दिन कानुनको दायरामा आउँछन् आएन भने ल्याउनु पर्छ।

    न्यायालयको जरा बलियो थिएन । जरा मक्किएको थियो । बरु, न्यायालयलाई बदनाम गर्नेहरूको जरा बलियो थियो । न्यायालयलाई बदनाम गरेर, न्यायालय प्रयोग गरेर व्यक्तिगत स्वार्थसिद्ध गर्ने तत्व हावी थिए । त्यस्ता व्यक्ति न्यायालयमा मात्र होइन, अन्य अंगमा पनि देखिन्छन् । एकहिसावले भन्दा ‘ननस्टेट’हरू, जसलाई कुनै जिम्मेवारी छैन, राज्यप्रति, जनताप्रति कुनै दायित्व छैन । व्यक्तिगत रूपमा आफ्ना स्वार्थसिद्ध गर्न न्यायालय प्रयोग गर्दिन्छन् । सरकारका कतिपय अंगहरू प्रयोग गर्दिन्छन् । सेटिङ मिलाएर खाने नै उनीहरूको प्रवृत्ति हुन्छ । उनीहरू बलिया थिए । न्यायालय बलियो भएको भए त त्यस्तो हुने नै थिएन नि । त्यसैले अहिले यो मुलुकको वास्तविक न्यायालय भनिने अंगको जरो बलियो बनाउन जरुरी भइसकेको छ । न्यायालय र सरकारलाई मक्काएर खोक्रो बनाएर स्वार्थ पूरा गर्ने तत्व हावी भइरहुञ्जेल जनताले न्याय पाउन सक्दैनन्।

    मेरो पनि निष्कर्ष के हो भने वास्तविक रूपमा न्यायालयको जरो बलियो बनाउन सकिएको छैन । न्यायालयलाई प्रयोग गरेर केही आफ्ना स्वार्थ सिद्ध गर्नेहरू हावी भइरहेका छन् । यो पत्ता लगाउने र विश्वास जगाउने काम स्वयं न्यायालयको हो। पदमा बसेका सम्बन्धित जिम्मेवार पदाधिकारीको हो । संसद्को एउटा सदस्यका रूपमा न्यायको आँखाले मात्र होइन, सर्वसाधारणको आँखाले हेर्दा पनि कहीँ न कहीँ केही न केही विवादित छ भन्ने नै म देख्छु । त्यसैले सर्वसाधारणका सडकका र संसद्मा सांसदका टिप्पणी र प्रतिक्रिया स्वभाविक नै हो भन्ने लाग्छ।

    जनताको अपेक्षाअनुसार सरकारले काम गर्न नसकेको सत्य हो । तर, प्रतिपक्षी दल र बाहिरका केही अभियन्ताले भनेजस्तो अवस्था होइन । सरकारले यसबीचमा राम्रा काम पनि गरेको छ । तर, तिनलाई जनताको बिचमा पु¥याउन सकिएको छैन। अघिल्ला सरकारले गरेका कयौँ गलत कामलाई यो सरकारले सच्याउन खोजेको छ । मुलुक खोक्रो बनाउने, जर्जर बनाउने कामलाई ‘डाउन साइज’ गर्ने प्रयास भइरहेको छ । यद्यपि जनताको अपेक्षाअनुसार नै हिजोका अनियमितताका गतिविधिलाई नियन्त्रण गर्न र ठीक ट्र्याकमा हिँडाउन नसकेको साँचो हो । यसकारण नै जनताबाट आलोचना अली बढी भएको हो।

    राजनीतिमा लागेका हामीले देश र जनताको पक्षमा काम गर्छौं भनेर जनतासँग पटकपटक बाचा गरेका हुन्छौँ, सपथ खाएका हुन्छौँ । जिम्मेवारी पाएको दिन त्यही सपथ सम्झेर निष्ठापूर्वक काम गर्नुपर्ने हुन्छ । तर, निष्ठा त्यागेर हिसावकितामा फस्न थाल्यो भने स्वयं सकिन्छ । त्यसैले म भन्छु, राजनीतिमा लागेका हरेकले सबैभन्दा पहिला निष्ठाको सपथ खानुपर्छ । गलत भयो नै भने पनि कानुनले समात्छ भन्ने भरोसा कायम राख्न सक्नुपर्छ । अझ कानुन बनाउने र कानुन लागू गराउनेहरू त झन निष्ठामा बस्नै पर्छ । उनीहरू नै निष्ठामा बस्न सकेनन् भने सबैतिर बेइमानी झाँंगिन्छ । अनि यो देश कसरी कानूनी राज्यको कल्पना गर्न सकिन्छ रु काम गर्ने जिम्मेवारी पाउँदा अवधि छोटो नै किन नहोस् देश र जनता सम्झिने हो भने छोटो समयमै पनि प्रभावकारी काम गरेर जान सकिन्छ । कोही लामो समय बस्दा पनि एउटै लोकप्रिय काम नगर्न पनि सक्छन् । मुख्य कुरा निष्ठा नै हो ।

    यो मुलुकमा धेरै मान्छे पटकपटक ‘टेष्ट’ भएर पनि ‘फेल’ भएका छन् । कोही मान्छेले पटकपटक प्रधानमन्त्री, मन्त्री बन्ने पटकपटक अवसर पाएको छ । तर, जिम्मेवारी पाएका बेला के गर्‍यो भनेर हेर्दा केही देखिँदैन । यस्तै हो भने उसले किन पटकपटक अवसर पाउनुपर्‍यो रु बरु नयाँलाई अवसर दिनुपर्छ । ‘टेष्ट’ हुन दशपटक अवसर दिनुपर्दैन । क्षमता भएको मान्छेले एकैपटक अवसर पाउँदा पनि आफूलाई प्रमाणित गर्न सक्छ । प्रत्येक व्यक्ति जो राजनीतिमा आउँछ, उसले एक क्षणको लागि अवसर किन नपाओस्, यदि देश र जनता सम्झेर निष्ठापूर्वक काम ग¥यो भने देश बन्न समय लाग्दैन । म फेरि भन्छु ठूलो कुरा निष्ठा हो ।

    (छविरमण अधिकारीले पूर्व कानूनमन्त्री शेरबहादुर तामाङसँग गरेको अन्तर्वार्ता दृष्टिको सहयोगमा।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.