Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ओली समूहमा आक्रोश: को वरिष्ठ को कनिष्ठ

सहयोगीबाट सहयोगीबाट
पुस २१, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेकपाको ओली समूहभित्र संगठनात्मक वरिष्ठतालाई लिएर अन्तरविरोध देखा परेको छ। नेकपा (एमाले) को नवौं महाधिवेशनबाट पार्टी महासचिवमा निर्वाचित भएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफूमाथि अन्याय भएको भन्दै आफूनिकट कार्यकर्तासँग आक्रोश पोख्न थालेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको मर्यादाक्रममा पोखरेलभन्दा गृहमन्त्री रामबहादुर थापालाई माथि राखेपछि पोखरेल आक्रोशित भएका छन्।

    पुस १५ गते काठमाडौंमा आयोजित आफूपक्षीय कार्यकर्ता भेलामा पोखरेललाई भन्दा थापालाई वरिष्ठ नेताका रुपमा उभ्याएपछि पोखरेल चिढिएका हुन्। यसअघि पनि प्रधानमन्त्री ओलीले पोखरेललाई पटकपटक अपमान गर्दै आएका थिए। नेकपा (एमाले) र नेकपा (माओवादी–केन्द्र) बिच पार्टी एकता हुँदासमेत ओलीले आफूप्रति प्रतिवद्ध नेता पोखरेललाई हटाएर महासचिवको चाँबी विष्णु पौडेललाई सुम्पिएका थिए।

    त्यसबेलादेखि नै आफूमाथि अन्याय भएको महशुस गरेका पोखरेलले थापालाई आफूभन्दा वरिष्ठ बनाइएको भन्दै फेरि अन्याय भएको बताउन थालेका हुन्। यद्यपि, मन्त्रिपरिषदको सूचिमा भने थापाभन्दा पोखरेलको नाम अगाडि छ। तत्काल उपप्रधानमन्त्री नथपेका कारण मात्र पोखरेलको नाम अगाडि राखिएको र उपप्रधानमन्त्री थपिने परिस्थितिमा थापाको नाम नै अगाडि सार्ने ओलीको तयारी रहेको बताइन्छ।

    थापालाई आफ्नो विश्वासमा लिँदा पूर्वमाओवादीको लिगेसी तान्न सकिने आंकलनका साथ ओलीले पूर्वमाओवादी नेताहरुलाई बढी जिम्मेवारी दिन खोजिएको देखिए पनि यसले ओली समूहभित्रको अन्तरविरोध भुसको आगोझैं सल्किँदै गएको छ।

    थापा र पोखरेलमा को वरिष्ठ?

    गृहमन्त्री रामबहादुर थापा र उपप्रधानमन्त्री ईश्वर पोखरेलमध्ये को वरिष्ठ भन्ने विवाद ओली समूहमा सुरु भएको छ। उपप्रधानमन्त्री भएकाले सरकारमा पोखरेल नै स्वतः वरिष्ठ हुने भएपछि पार्टीमा भने थापालाई वरिष्ठ मानिएको छ। नेकपा विभाजनपछि थापाले प्रचण्ड–नेपाल समूहमा केही दिन बार्गेनिङ गरेर ओली समूहतिर लागेका थिए। ओली समूहमा थापालाई दोस्रो बरियतामा राखिएको छ।

    हेटौंडा महाधिवेशनअघि पूर्वमाओवादीमा थापा महासचिव थिए। तर, २०६९ मा भएको पार्टी बिभाजनका बेला मोहन वैद्यतिर लागेपछि वैद्य समूहमा थापा र नेत्रविक्रम चन्दबिच को महासचिव भन्ने मतभेद देखिएको थियो। इतिहासका हिसाबले थापा वरिष्ठ भए पनि कार्यसम्पादनका हिसाबले विप्लव नै अब्बल मानिन्थे। तर, वैद्यले थापालाई नै महासचिवमा ल्याएपछि विप्लव ‘एकीकृत जनक्रान्तिको झण्डा’ बोकेर अलग भए। २०७३ मा प्रचण्डसँँग एकतामा आएपछि थापा माओवादीभित्र तेस्रो बरियतामा थिए।

    यता उपप्रधानमन्त्री पोखरेल नेकपा (एमाले) को नवौं महाधिवेशनमा महासचिवमा निर्वाचित भएका थिए। उनी अघिल्लो आठौं महाधिवेशनमा पनि महासचिव नै निर्वाचित भएका थिए। २/२ पटक महाधिवेशनबाटै महासचिव भएकाले उनले आफूलाई थापाभन्दा वरिष्ठ ठान्छन्। नेकपाको ९ सदस्यीय सचिवालयमा पनि पोखरेल सातौं र थापा आठौं बरियतामा थिए। तर, नेकपाको बिभाजनपछि संगठनमा पोखरेल फेरि पेलिएका छन्।

    कार्यकर्ताबिनाका नेता

    नेकपा विभाजित हुँदा केन्द्रीय समितिमा पूर्वएमाले पृष्ठभूमिका ५५ प्रतिशत केन्द्रीय सदस्य प्रचण्ड–नेपाल समूहतिर लागे। पूर्वएमालेको पनि आधाभन्दा ठूलो हिस्सा प्रचण्ड–नेपाल समूहतिर उभिएपछि ओलीले पूर्वमाओवादी पृष्ठभूमिका नेताहरुसँग सम्बन्ध बढाउन खोजेका थिए। उनले नेकपाको एकता हुनुपर्छ भन्ने मत राख्ने सबै नेताहरुलाई आफ्नो समूहमा गणना गरेका थिए। तर, पार्टी बिभाजित भएपछि सबै नेताहरु ‘आ–आफ्नै घर’मा फर्किए।

    पूर्वमाओवादी खेमाका सबै नेता प्रचण्ड–नेपालतिर लागे पनि केही नेताले भने ओली समूहलाई साथ दिएका छन्। पूर्वमाओवादीका २०१ केन्द्रीय सदस्यमध्ये रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द थापा, प्रभु साह, गौरीशंकर चौधरी, दावा लामा र एमएस थापा गरी ८ जना नेताले ओलीलाई साथ दिएका छन्। संयोग नै मान्नुपर्छ आफ्नो समूहमा लागेका ८ केन्द्रीय सदस्यमध्ये ओलीले सात जनालाई त ‘क्याबिनेट मन्त्री’ नै बनाएका छन्।

    तर, सिपाहीबिनाका कर्णेलको कुनै भूमिका नभएको भन्दै ओली समूहमा उनीहरुको आलोचना हुन थालेको छ। नेकपामा थापासँग ५४ जना केन्द्रीय सदस्य रहेकोमा २ जना मात्र ओली समूहमा उभिएका छन्। त्यसैगरि भट्ट र साहले पनि कुनै पनि नेतालाई आफूतिर तान्न सकेका छैनन्। प्रभु साह संगठनमा अलि बलियो देखिए पनि उनीपक्षीय नेताहरु प्रचण्ड–नेपाल समूहतिर लागिसकेका छन्। मन्त्री मणिचन्द्र थापा त यसअघि नेकपामा पनि एक्लै थिए। पार्टीमा विवाद हुँदा मौनता साँधेको, कार्यकर्ता जति प्रचण्ड–नेपाल समूहमा पठाएको, विचार र संगठनमा कुनै विशिष्ट क्षमता नभएको तर अन्तिम समयमा मन्त्री खान ओलीतिर उभिएको भन्दै ओली समूहकै दोस्रो तहका नेताहरु पूर्वमाओवादी मन्त्रीहरुप्रति असन्तुष्ट देखिएका छन्।

    रायमाझी र पौडेलमा को वरिष्ठ?

    थापा र पोखरेल मात्र होइन, ओली समूहका महासचिव विष्णु पौडेल र उर्जामन्त्री टोपबहादुर रायमाझीमध्ये को वरिष्ठ भन्ने विवाद पनि सुरु भएको छ। मन्त्रिपरिषदको बरियतामा ओलीले अर्थमन्त्री पौडेलभन्दा उर्जामन्त्री रायमाझीलाई अघि राखेपछि पौडेलले मन दुखाएका हुन्। मन्त्रिपरिषदको बरियतामा रायमाझीलाई चौंथो र पौडेललाई पाँचौं स्थानमा राखिएको छ।

    अर्थमन्त्री पौडेल मात्र होइन, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने आफूलाई रायमाझीभन्दा सिनियर ठान्छन्। तर, उनलाई क्याबिनेटको छैटौं बरियतामा राखिएको छ। पार्टीका आन्तरिक बैठकहरुमा पनि ओलीले पौडेल र ज्ञवालीभन्दा रायमाझीलाई महत्व दिने गरेका छन्। यति मात्र होइन, यसै साता पोखरामा भएको कार्यक्रममा तत्कालीन एमालेका सचिव तथा प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ हुँदाहुँदै रायमाझीलाई प्रमुख अतिथि बनाइएको थियो। हेटौंडा महाधिवेशनपछि पार्टी सचिव भएका रायमाझीलाई आफूहरुभन्दा बढी महत्व दिएकोमा पौडेल, ज्ञवाली दुवै असन्तुष्ट छन्।

    सूचना नै नदिई संसद बिघटन

    प्रधानमन्त्री ओलीले आफूलाई साथ दिँदै आएका नेताहरुलाई समेत एकवचन नसोधी संसद बिघटन गरेपछि ओली समूहकै अधिकांश नेताहरु चिढिएका छन्। अदालतले संसद बिघटन सदर गर्नसक्ने कुनै सम्भावना नभएको भन्दै ती नेताहरुले ओलीको कदम प्रत्युत्पादन हुने टिप्पणी गर्न थालेका छन्।

    ओली समूहका वैचारिक नेता प्रदीप ज्ञवालीले त पुस ५ को क्याबिनेट बैठकमै संसद बिघटनको राजनीतिक र कानूनी वैधताबारे प्रश्न उठाएका थिए। तर, ओलीले उनको कुरा सुन्नसम्म तयार भएनन्। ज्ञवाली मात्र होइन, संसद बिघटन गर्ने प्रधानमन्त्रीको निर्णयबाट संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पनि रुष्ट छन्। उनीहरुले आफूहरुसँग एकवचन नसोधी असंवैधानिक कदम चालिएको र त्यसले अदालतबाट वैधता पाउने कुनै सम्भावना नरहेको बताउन थालेका छन्।

    प्रतिनिधि सभा मात्र होइन, ओलीले आवश्यक परे प्रदेश सभाहरु पनि बिघटन गर्नसकिने बताएपछि उनीहरु थप चिन्तित बनेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री शिवमाया तुम्बाहाम्फे र लेखराज भट्टले प्रदेश सभा बिघटन गर्नसकिने बताएपछि ओली समूहका नेताहरु थप चिन्तित बनेका हुन्। उनीहरुले प्रदेश सभा पनि बिघटन गरिए देश अध्यारो सुरुङतिर जाने खतरा रहेको बताउन थालेका छन्।

    इमान्दारहरु किनारामा पारिए

    ओलीको मन्त्रिपरिषद र ११९९ जनाको केन्द्रीय समितिमा पनि पार्टीमा योगदान दिएकाभन्दा पनि बार्गेनिङ गर्ने नेताहरु परेको भन्दै असन्तुष्टि बढ्दै गएको छ। ‘‘प्रधानमन्त्रीको पक्षमा लड्दा हामी लड्नुपर्ने तर अहिले जिम्मेवारी दिँदा अवसरवादीहरुको हालीमुहाली हुने ?’’ ओली समूहका एक केन्द्रीय सदस्यले भने, ‘‘ईश्वर कमरेडलाई एकताका बेला पनि अन्याय गरियो, अहिले फेरि अन्याय गर्न खोजिएको छ। काम गर्ने कालु, मकै खाने भालुले समाधान दिँदैन।’’

    ‘‘संसद बिघटनपछि बिस्तार गरिएको मन्त्रिमण्डलमा पूर्वमाओवादीका मात्रै सात मन्त्री परेका छन्’’ ओली समूहका अर्का केन्द्रीय सदस्यले भने, ‘‘जोसँग आफूबाहेक दोस्रो मान्छे छैन। पिए राख्ने मान्छेका लागि पनि हारगुहार गरिएको छ। त्यस्ता मान्छेले पार्टी बलियो बनाउँछन् भन्ने मलाई लाग्दैन।’’

    ओलीको केन्द्रीय समितिमा काठमाडौंको इञ्जिनियरिङ कलेजका विद्यार्थी इकाइका नेताहरु पनि परेका छन्। पार्टीमा कुनै योगदान नभएका मान्छेहरु आयोजक समितिमा राखिएको भन्दै पूराना कार्यकर्ताले आफूहरुको योगदानको सम्मान नभएको गुनासो गर्न थालेका छन्। ‘‘जिल्लामा ३० वर्षदेखि राजनीति गरेका मान्छेको कुनै मतलव छैन, अस्ति इकाइमा सदस्यता लिएका मान्छे केन्द्रीय सदस्य भएका छन्, कम्युनिस्ट पार्टीमा यस्तो पनि हुन्छ ?’’ एक नेताले भने। साभार – लोकपाटी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.