सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा जारी विवाद तत्काल अन्त्य गर्न भन्दै केन्द्रीय कमिटीका नेताहरू पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भेला भएका छन् ।
भेलामा ५० जना भन्दा बढी केन्द्रीय नेताहरू छन् ।शुक्रवार अपराह्न १ बजेदेखि शुरू भएको केन्द्रीय नेताहरूको भेला ४ बजेसम्म बस्ने छ । यो छलफल पहिलो प्रयास हो र देशभरका एकताप्रेमीहरुले विभिन्न जिल्लामा छलफल गर्ने ठाकुर गैरैले बताए।
यसैगरी, रामकुमारी झाँक्रीले ‘पार्टीलाई विधिसम्मत चलाउनु पर्छ, एकलौटी र स्वेच्छाचारिता हुनु हुँदैन, व्यक्ति प्रधान भएर पार्टी चल्दैन, नीति प्रधान हुनुपर्छ । नेकपाभित्र जारी विवादलाई नीतिमा केन्द्रित रहेर मिलाउनुपर्छ भन्दै आफूहरु भेला भएको जानकारी दिइन्।