Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नेपाल-भारत रेलमार्ग: काठमाडौंलाई रक्सौल जोड्ने मार्ग ब्रोड-गेजमै बनाउने पक्षमा भारत

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
अशोज १८, २०७७
- समाचार, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सङ्घीय राजधानी काठमाडौंलाई भारतसँग जोड्ने रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउनका लागि नेपाल र भारतबीच “दुई हप्ताभित्र” सम्झौता हुने नेपाली अधिकारीहरूले बताएका छन्।

    उक्त कार्य अघि बढाउन भारतले पठाएको सम्झौताको मस्यौदा परराष्ट्र मन्त्रालय हुँदै विभिन्न सरोकारवाला निकायमा पठाइएको छ।ती निकायले मस्यौदा अध्ययन गरेलगत्तै दुई देशबीच हस्ताक्षर भई काम अघि बढ्ने बताइएको छ।

    “कोरोनाभाइरस महामारीका बेला समेत भारतीय पक्ष डीपीआरको काम अघि बढाउन तयार थियो। हामीले नै यस्तो अवस्थामा नगरौँ भनेका हौँ,” रेल विभागका महानिर्देशक बलराम मिश्रले भने।”केही कानुनी औपचारिकता बाँकी छन्। यो काम तुरुन्तै सुरु हुन्छ।”भारतले उक्त कार्यका लागि बजेट छुट्टाएर परामर्शदाता पनि तोकिसकेको जानकारी उनले दिए।

    भारत किन ब्रोड-गेजको पक्षमा?
    तुलनात्मक रूपमा नयाँ प्रविधि अनि गति पनि छिटो हुने हुँदा धेरै देशमा “स्टयान्डर्ड गेज” नै प्रयोग हुने गरेको विज्ञहरू बताउँछन्।राजधानीलाई भारतसँग जोड्ने उक्त रेलमार्ग “स्टयान्डर्ड गेज” मा बनाउने नेपालको चाहना थियो।

    तर भारतमा भने धेरैतिर ब्रोड-गेज प्रयोगमा भएकाले उनीहरूले त्यही प्रविधिमा जोड दिएको बताइएको छ।”रेल प्रविधि धेरै अघि बढिसकेको छ। भारत भने अहिले पनि पुरानै प्रविधि छ। उनीहरू ब्रोड-गेजमै छन्। हामीले परराष्ट्रमन्त्री स्तरीय बैठकमा यो रेलमार्ग ब्रोड-गेजमा नगर्दिनूस् भन्दा उहाँहरूले मान्नुभएन। अहिलेको मस्यौदा ब्रोडगेजकै छ,” उनले भने।

    विज्ञहरूका अनुसार विश्वभरि नै बढी चलनचल्तीमा रहेको, सञ्चालन अनि मर्मत लगायतका कार्यका लागि सहज अनि तुलनात्मक रूपमा सञ्चालन खर्च कम लाग्ने हुँदा स्टयान्डर्ड गेजलाई प्राथमिकतामा राखिन्छ।तर पहाडी क्षेत्रमा रेल बन्ने र गति पनि सीमित हुने हुँदा प्रस्तावित रेलमार्ग ब्रोड-गेजमै बनाउँदा समेत समस्या भने नहुने अधिकारीहरू बताउँछन्।

    काठमाडौंबाट चीन जोडिने अर्को प्रस्तावित रेलमार्गसहित मुलुकका अन्य विभिन्न रेलमार्ग भने स्टयान्डर्ड गेजमै निर्माण गरिनेगरीओ अघि बढाइएको सरकारी भनाइ छ।भारतसँगको पछिल्लो सम्झौताका हकमा भने भारतले नै अध्ययन गरिदिने हुँदा नेपालले गेजका विषयमा अडान लिन नसकेको अधिकारीहरू स्वीकार्छन्।

    अघिल्लो प्रतिवेदनले के भन्छ?
    गत वर्ष नै प्रस्तावित रेलमार्गको लागत दुई अर्ब अमेरिकी डलरभन्दा बढी पर्ने भारतीय प्राविधिकहरूले गरेको एउटा प्रारम्भिक अध्ययनले देखाएको थियो।उक्त प्रतिवेदनमा रेलमार्ग निर्माणका लागि विभिन्न चारवटा वैकल्पिक मार्ग प्रस्ताव गरिएको थियो।

    प्रतिवेदनका अनुसार मार्गको लम्बाइ र भौगोलिक स्थितिका आधारमा गत सेप्टेम्बर महिनाको विनिमय दरअनुसार निर्माणको लागत २.६६ खर्बदेखि ३.१७ खर्ब रुपैयाँ पर्ने  गरेको एउटा अध्ययनमा उल्लेख छ।ती चार विकल्पमध्ये सबैभन्दा उचित करिब १३६ किलोमिटर लम्बाइ भएको चौथो विकल्पमा अघि बढ्नेगरी अध्ययन अघि बढाउन लागिएको बताइएको छ।

    दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौं-रक्सौल रेलमार्गको अध्ययन अगाडि बढाउन एउटा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।नेपाल र भारतका सीमावर्ती क्षेत्रलाई जोड्ने रेलमार्ग भए पनि काठमाडौंसँग जोड्ने रेलमार्ग चाहिँ यो पहिलो हुनेछ। बीबीसी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.