Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनको भाषण (सारसंक्षेप)

नेपाल रिडर्स नेपाल रिडर्स
माघ ९, २०७७
- समाचार, सामयिक
A A
0
WASHINGTON, DC - JANUARY 20: U.S. President-elect Joe Biden takes the oath of office at the West Front of the U.S. Capitol during the inauguration of Biden on the West Front of the U.S. Capitol on January 20, 2021 in Washington, DC.  During today's inauguration ceremony Joe Biden becomes the 46th president of the United States. (Photo by Erin Schaff-Pool/Getty Images)

WASHINGTON, DC - JANUARY 20: U.S. President-elect Joe Biden takes the oath of office at the West Front of the U.S. Capitol during the inauguration of Biden on the West Front of the U.S. Capitol on January 20, 2021 in Washington, DC. During today's inauguration ceremony Joe Biden becomes the 46th president of the United States. (Photo by Erin Schaff-Pool/Getty Images)

  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    जो बाइडेन (Joe Biden) अमेरिकाका ४६ औं राष्ट्रपति बनेका छन्। यही बुधवारका दिन शपथ लिएपछि बाइडेनले राष्ट्रपतिका रूपमा आफ्नो पहिलो भाषण दिएका छन्। सो भाषणमा बाइडेनले लोकतन्लाई सुदृढ गर्ने देखि नस्लभेदबारे आफ्ना कुरा राखेका छन्।

    अमेरिका कुनै एक्लो व्यक्तिबाट होइन, केही व्यक्तिबाट होइन, सबैबाट बनेको हो।

    सो भाषणमा बाइडेनले भने– यो लोकतन्त्रको विजय हो। अमेरिका आफ्नो परीक्षामा पास भएको छ। उन्ले शपथ ग्रहण समारोहमा उपस्थितहरुलाई धन्यवाद दिदैं भने यो अमेरिकाको दिन हो, यो लोकतन्त्रको दिन हो। यो इतिहास बनाउने र अठोट गर्ने दिन हो।

    यो इतिहास रचना गर्ने हो, अठोट बाध्नु पर्ने दिन हो। जहिले जहिले अमेरिकाले परीक्षामा उत्रनु पर्‍यो भयो, त्यसबेला यो पास भएको छ। आज एक उम्मेद्वार होइन, एक प्रतिज्ञाको जीत भएको छ। लोकतन्त्रको जीत भएको छ। हामीले पुन सिक्यौं कि लोकतन्त्र अनमोल चीज हो, तर नाजुक पनि रहेछ। यहाँको भूमिमा केही दिन अघि हाम्रो लोकतन्त्रको जगलाई हल्लाउने प्रयत्न भएको थियो। तर आज हामी शान्तिपूर्वक सत्ता परिवर्तनका लागि यहाँ उपस्थित भएका छौं। यस्तो २०० वर्षदेखि अमेरिकामा हुँदै आएको हो। अमेरिका कुनै एक्लो व्यक्तिबाट होइन, केही व्यक्तिबाट होइन, सबैबाट बनेको हो। हामीले धेरै कुरालाई ठीक गर्नु छ, धेरै कुरालाई पुनः स्थापित गर्नु छ। अमेरिकाले यस्तो चुनौतीलाई यस अघि कहिले सामना गर्नु परेको थिएन होला। कोरोनाले एक वर्षमा लिएको ज्यान जति त अमेरिकाले दोस्रो विश्व युद्धमा गुमाउन परेको थिएन, लाखौं बेरोजगार भएका छन्, हजारौं व्यवशायहरु बन्द भएका छन्।

    आजकल एकताको कुरा गर्नु मूर्खको स्वप्न मानिइन्छ, मलाई थाहा छ कि हामीलाई फुटाउनेवाला ताकत ठूलो छ तर मलाई यो पनि थाहा छ कि यो नयाँ उव्जेको होइन ऐतिहासिक हो।

    बाइडेनले आफ्नो पहिलो भाषणमा अमेरिकी नस्लभेदमा खुलेर बोलेका छन्। उनले भने,

    “ ४०० वर्षदेखि नस्लीय न्यायसम्बन्धी मागहरुले हामीलाई झकझकाइरहेको छ। सबैका लागि न्याय प्राप्त गर्न प्रतिक्षा गरिरहने अवस्था हुनुहुँदैन। स्वयं हाम्रो ग्रहले आफ्नो अस्तित्व रक्षा गर्न गुहार गरिरहेको छ। राजनीतिमा कट्टरवाद बढेको छ, गोरा श्रेष्ठता, घरेलू आतङ्कवाद बढेको छ। हामीले यिनीहरुको सामना गर्नु पर्ने छ र हामी यिनीहरुलाई परास्त गर्नेछौं तर जीत्नका लागि हामीमा एकता हुनु जरूरी छ। आज म हृदयदेखि नै यही मात्र चाहन्छु अमेरिकी सबै एक होऔं, एकजुट होऊँ।  एकताको कैयन शत्रु छन् – क्रोध, विरोध, घृणा, उग्रवाद, अपराध, हिंसा, बीमारी,  निरासा, बेरोजगारी। तर एकता भएमा हामी हामी महान उपलव्धी हासिल गर्नेछौं।

    हामी गल्ति भएका कुरालाई सच्याउन सक्छौं। बच्चाहरुलाई स्कूल पठाउन सक्छौं, रोजगारी उपलव्ध गराउने क्षेत्र विकास गर्न सक्छौं। भाइरसलाई हराउन सक्छौं। हामी मध्यम वर्गलाई पुन खड़ा गर्न सक्छौं। हामी सबै नस्ललाई न्याय दिन सक्छौं, हामी अमेरिकालाई पुनः विश्वको नेता बनाउन सक्छौं।

    मलाई थाहा छ, आजकल एकताको कुरा गर्नु मूर्खको स्वप्न मानिइन्छ, मलाई थाहा छ कि हामीलाई फुटाउनेवाला ताकत ठूलो छ तर मलाई यो पनि थाहा छ कि यो नयाँ उव्जेको होइन ऐतिहासिक हो। हाम्रो इतिहास समानताको अमेरिकी आदर्श र नस्लभेद, घृणाको बीचको संघर्षले भरपुर छ तर विश्वयुद्ध, मन्दी र ९/११ जस्ता हरेक मामलामा आखिर जीत सच्चाइको नै भएको छ। यस्ता हरेक मामलामा हामी एकजुट भयौं भने अब पनि यसरी नै एकजुट हुनु पर्छ। इतिहास, आस्था र तथ्यले हामीलाई एकताको बाटो देखाउँछ। हामी एकअर्काका बाधक नठानौं, छिमेकी मानौं, एक अर्कालाई सम्मान गरौं, एकजुट होऊँ, गालीगलौंज बन्द गरौं, माहौललाई अलिक हलुका गरौं, एकता बिना शान्ति सम्भव छैन।  क्रोध र तिक्ता छ, कुनै प्रगति छैन, सिर्फ क्रोध छ थकावट छ, राष्ट्र छैन सिर्फ हङ्गामा मात्र छ। यो चुनौतीको समय हो,  यसकारण एकताको बाटो नै सही हो र यो समय हामी वास्तवमा नै युनाटेड स्टेट्स अफ अमेरिका बन्नु हो यदि हामीले यो काम गर्‍यौं भने म गारेन् दिन्छु हामी अनुतिर्ण हुँदैनौ। अघि बढौं नयाँ शुरुआत गर्न, अघि बढौं पुनः एकअर्काको कुरा सुन्न, बुझ्न, सम्मान गर्न। राजनीति बाटोमा सबैकुरालाई खाग बनाउने कुरा होइन। कुनै पनि असहमति युद्धको कारण हुने कुरा सही होइन। हामीले तथ्यहरुलाई तोडमरोड गरिने, कैयनपटक उत्पन्न गरिने संस्कृतिलाई निषेष गर्नु पर्छ।”

    मलाई थाहा छ– बहुसंख्यक अमेरिकीहरु भविष्यबारे चिन्तित छन्, उनीहरु रोजागारी चाहन्छन्। मलाई थाहा छ – उनीहरु मेरो बा जस्तै रातभर सोच्छन् के उनले हेल्थकेयर सुविधा पाइरहलान्, ऋण चुक्ता गर्न सकिएला, आफ्ना परिवारको हेरचाह गर्न सकिएला। तर यस पछि के ?

    म प्रतिज्ञा गर्छु यी सबै सकिनेछ तर यसको जवाब स्वार्थमा छैन, विभाजित भएर होइन। हामीले रेड बनाम ब्लू, ग्रामीण बनाम शहरी, परम्परावादी बनाम उदारवादीको रेखा खिचेर हुने यस्तो असभ्य युद्धलाई समाप्त गर्नै पर्छ। यदि हृदयलाई पत्थर नबनाइ आत्मीय बनाइयो भने,  यदि हामी अलिकतिमात्र सहिष्णु भयौं भने, अलिकति विनम्र भयौं भने हामी यस्तो गर्न सक्छौं । जस्तो कि मेरो आमा भन्ने गर्नु हुन्थ्यो, आफू स्वयंलाई अरुको स्थानमा राखेर सोच्ने गर्दा भाग्य कुनैपनि बेला चम्किन सक्छ। कहिले तपाईं अरुलाई सहयोग गर्नु हुन्छ त कहिले तपाईंलाई अरुको सहयोगको जरुरत पर्दछ। यो नै जिउने तरिका हो। यस्तै गरियो भने मुलुक सुदृढ र समृद्ध हुनेछ।

    जो बाइडेनले भाषणको अन्तमा कोरोनाभाइरसको प्रकोपको सामना गर्नेबारे भने,

    शायद हामी भाइरसको सबैभन्दा खतरनाक समयमा प्रवेश गर्दै हौंला। आउनुहोस्! राजनीतिलाई पर राखेर एक मुलुकको रुपमा यो महामारीको सामना गरौं। दुनियाँले हामीलाई हेरिरहेको छ, उसका लागि मेरो सन्देश छ- अमेरिका हरेक परीक्षाबाट सफल भएको छ। हामी आफ्नो गठबन्धनलाई यथास्थितिमा ल्याउनेछौं र बिगतका लागि होइन कि आज र भविष्यको चुनौतिहरुलाई सामना गर्नका लागि विश्वसँग तालमेल गर्नेछौं। हामी नेतृत्व आफ्नो शक्तिको भरमा होइन उदाहरण बनेर गर्नेछौं। हामी शान्ति,  प्रगति र सुरक्षाका लागि मजबूत पार्टनर बन्नेछौं।  सत्य र हमारे लोकतन्त्रमाथि हमला भइरहेको छ। भाइरसको प्रकोप छ,  असमानता बढ्दैछ, नस्लभेद छ, जलवायु संकटमा छ, दुनियामा अमेरिकाको स्थिति… यी सबैले हामीलाई चुनौती दिन काफी छन्। त्यसमाथि यी सारा चुनौतिहरु एकै समय एकै साथ आएका छन्। अब हामीले यिनीहरुको सामना कसरी गर्ने हामीले मूल्याङ्कन  गर्नु पर्नेछ। मेरो विश्वास छ हामी यसबाट बाहिर निस्कन सक्नेछौं र हामीले यस्तो गर्नसकेमा हामी अमेरिकाको कहानीको नयाँ अध्याय लेख्नेछौं। यदि हामीले यो गर्न सक्यौं भने भावी पीढ़िहरुले भन्नेछन् हाम्रा पुर्खाहरुले असाध्यै राम्रो गरेछन्।

    अन्तमा म फेरि प्रतिज्ञा गर्दछु म संविधान, लोकतन्त्र, अमेरिकाको रक्षा गर्नेछु, म जे गर्नेछु तपाईहरुको हितमा गर्नेछु। हामी सबै मिलेर अमेरिकाको यस्तो कहानी लेखौं जहाँ अपेक्षाहरु हुन्- त्रास होइन, एकता होस्- विभाजन होइन, ज्योति होस्-अन्धकार होइन, मर्यादा र शालीनता होस्,  प्रेम होस्, महानता होस्, सच्चाइ होस्। आउनुहोस्! हामी हाम्रो स्वतन्त्रतालाई आफ्नै देशमा रक्षा गरौं  र दुनियालाई बाटो देखाऊँ।

    ए प्रभू अमेरिकालाई आशिर्वाद दिनुहोस् र हाम्रो सन्ततिको रक्षा गर्नुहोस्।

    धन्यवाद अमेरिका

    स्रोतः विभिन्न एजेन्सी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.