स्वास्थ्य तथा जनशंख्यामन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा ३ जनामा ‘नयाँ प्रकारको कोरोना’ संक्रमण रहेको तथ्य सार्वजनिक गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले बेलायतबाट आएका ६ जनामध्ये तीन जनामा उक्त संक्रमण देखिएको उल्लेख गरेको छ । यसको संक्रमणदर उच्च रहेकाले भीडभाडमा कम जान, जानुपर्दा सामाजिक दुरी कायम गर्न र साबुनपानीले नियमित हात धुन मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ ।
मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने
मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...










