Thursday, February 25, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home यो हप्ता

डा. नाय! तपाईं गलत हुनुहुन्छ, भविष्य एशियाली कै हो: पराग खन्ना

by पत्रपत्रिकाबाट
March 7, 2020
- यो हप्ता, विमर्शका लागि, सामयिक
डा. नाय! तपाईं गलत हुनुहुन्छ, भविष्य एशियाली कै हो: पराग खन्ना
Share on FacebookShare on TwitterEmail

टोकियो – निक्केई एसियन रिभ्यूसँग भर्खरैको एउटा अन्तर्वार्तामा हार्वर्ड विश्वविद्यालयका इमेरेटस प्राध्यापक जोसेफ नायले भने कि आर्थिक केन्द्रको गुरुत्वाकर्षण परिवर्तन भए पनि “भविष्य एशियालीको हुँदैन।”

नायको तर्क छ कि एसियाले विशेषगरी एक अधिनायकवादी चीनको नेतृत्वमा संयुक्त मोर्चाको गठन गर्न सक्दैन, र संयुक्त राज्य अमेरिका आफ्नो सैन्य र आर्थिक शक्ति र सफ्ट पावरमा अतुलनीय रहनेछ।

तर राजनीतिक विद्वान र “फ्यूचर इज एशियन” का लेखक उद्यमी पराग खन्नाले त्यस कुरालाई स्वीकार गर्न सक्दैनन्। हामी एसिया, संयुक्त राज्य अमेरिका र युरोपको नेतृत्वमा कम्तिमा त्री–ध्रुवीय विश्वको लागि अग्रसर छौं, उनले भविष्यवाणी गरेका छन्।

४२ वर्षीय खन्ना, ब्रूकिंग्स इन्स्टिच्युसन ग्लोबल गभर्नन्सका पूर्व सहयोगी र नेशनल युनिभर्सिटी अफ सिङ्गापुरस् सेन्टर अन एसिया एण्ड ग्लोबलाइजेशनका पूर्व वरिष्ठ अनुसन्धान सहयोगीले “कनेक्टिभिटी” लाई जोड्ने एक अवधारणा “कनेक्टोग्राफी” जस्तो इन्टर्नेट केबलहरू र पाइपलाइनहरूको रूपमा सीमावारपारका पूर्वाधार – र “भूगोल” को महत्वलाई जोड दिएका छन्।

भारतीय मूलका अमेरिकी विश्लेषक भन्छन् – ‘कनेक्टोग्राफी’ नयाँ बहुध्रुवीय विश्वका लागि महत्वपूर्ण छ।

“हामी सीमाको राजनीतिक अवधारणा नबुझी अब संसारलाई पूर्णरूपमा बुझ्न सक्दैनौं,” खन्नाले भने, “शहर, आर्थिक क्षेत्र र व्यक्तिहरू कसरी जोडिएका छन् “भन्नेबारे विस्तृत ज्ञानको आवश्यकतामाथि जोड दिने गर्छन्।

उदाहरणका लागि सिंगापुरको वैश्विक महत्व यसको “उत्कृष्ट पूर्वाधार र प्रणालीहरू” को स्थापना हुनु हो, र उनले तर्क गरेका छन्, “यो कुरा बुझ्न जरूरी छ त्यस्तो आग्रह कहाँबाट आएको छ।”

२१ औं शताब्दी एशियाली हुनेछ भन्ने खन्नाको दृष्टिकोण कनेक्टीग्राफीको विचारमा निर्भर छ। उनले “एशियालीकरण” को संज्ञा दिँदै एक प्रवृत्तिलाई औंल्याएका छन्।

“१९ औं शताब्दीमा युरोपीकरण र २० औं शताब्दीमा अमेरिकीकरणले विश्वमा आफ्नो छाप छोडेको छ,” उनले भने। “तर एशियाली देशहरू अब महत्त्वपूर्ण हुँदै गइरहेका छन्। ग्लोबल कम्पनीहरूले चीनलाई बेच्छन् र भारतीय इन्जिनियरहरूलाई रोजगार दिन्छन्, र जापान तथा इन्डोनेसियामा मानिसहरू बिदा मनाउँदछन्। त्यसमाथि, पूरै क्षेत्र झन् झन् एकआपसमा जोडिने क्रम बढ्दोछ।

खन्नाले बेलायतको कन्सलट्यान्ट हेन्ली एण्ड पार्टनरले पासपोर्ट पावरबारे गरेको वार्षिक अध्ययनलाई उदाहरण दिएका छन्। अन्य देशहरुमा प्रवेश पाउनसक्ने भिसामुक्त मामलामा जापान, सिंगापुर र दक्षिण कोरिया पश्चिमी देशहरुभन्दा माथि छ। ती देशका नागरिकहरु व्यापार वा पर्यटन गर्न सहजकासाथ विश्वका कुनै पनि देशमा भ्रमण गर्न पाउँछन्।

“वर्तमानमा नै एशियाली हो, किनकि विश्वको अधिकांश जनसंख्या एसियामा छ र विश्वको जीडीपी आधा भन्दा बढी एसियामा छ। एसियाली अर्थतन्त्रहरू पश्चिमी मुलुकहरू भन्दा धेरै तीव्र गतिमा बृद्धि भइरहेका छन् र उनीहरूको समाज अझ नवीन र गतिशील हुँदै गइरहेको छ,” खन्नाले भने।

“एशियालीहरू पश्चिमी देशको भन्दा एक अर्कासँग बढी व्यापार गर्दछन्। त्यसैले भविष्य अझ बढी एशियाली हुनेछ, किनभने यस्तो अति परस्पर निर्भर प्रणालीभित्र एशिया एसियालीकरण भइरहेको छ।”

जापान र भारतले अधिनायकवादी चीनको अनुसरण गर्दैन भन्ने नायको धारणामा खन्नाले भने: “एशियामा प्रायः एकल नेता थिएन। यो बहुपक्षीय क्षेत्रीय प्रणाली हो जसमा चीन, जापान र भारत जस्ता धेरै संचालकहरू छन्। ऐतिहासिक प्रतिद्वन्द्वी भएर पनि तिनीहरुले शान्ति र निरन्तर शान्ति कायम राख्ने गरेका छन्। एक अर्कासँग सम्बन्धित छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा त तिनीहरू यसो गर्न पश्चिमी शक्तिहरूमा कम भन्दा कम निर्भर छन्।”

विश्व “चीनको शताब्दी” तर्फ उन्मूख भएको छैन, “खन्नाले भने। “यदि चीनले आक्रामक दृष्टिकोण अपनायो भने यसको विरोध गर्ने छिमेकी देशहरू एक अर्कासँग नजिक हुनेछन्,” उनले उदाहरणका रूपमा मलेसिया र म्यानमारमा चिनियाँ नेतृत्वको पूर्वाधार निर्माण परियोजनाहरूको बारेमा आपत्ति गरिएको कुरा उल्लेख गरेकाछन्।

चीन “एशियाली प्रणालीमा गहिरोरूपमा एकीकृत छ” र यस क्षेत्रको एकल प्रमुख शक्ति बन्न सक्ने सम्भावना नरहेको खन्नाले भने।

एशियाको धार्मिक, भाषिक र सांस्कृतिक विविधता भएको एउटै क्षेत्रमा धेरै सम्भावित समस्याहरु रहेकाछन्। तर खन्नाले यस क्षेत्रको साझा संस्कृतिको लामो इतिहास र यसले “सीमा पार नगरेको तथा प्रत्यक्ष द्वन्द्वबाट टाढा रहेको” विगतलाई स्पष्ट गर्दै एसियाली राष्ट्रहरूको एकै साथ बस्न सक्ने क्षमताको बारेमा उनी आशावादी छन्।

“विगत ४००० बर्षलाई फर्केर हेर्दा, एशियाले रेशम मार्गबाट रेशम र गनपाउडरका साथसाथै दार्शनिक विचार र धार्मिक सिद्धान्तको प्रसार गरेेेेको थियो” -उनले भने।

युरोपेली उपनिवेशवाद र अमेरिकी प्रभुत्वले यसलाई बाधा पुर्‍यायो, तर “शीतयुद्धको अन्त्य भएदेखि एसियाली नविकरणको नयाँ चरणमा प्रवेश गरेको छ”- उनले भने।

खन्नाले उनीप्रति गरिने पश्चिमाको पूर्वाग्राही आलोचनालाई बेवास्ता गरिरहेका छन्। विश्लेषकहरूले पश्चिमाहरु “इतिहासको अन्त्य” को बारेमा कुरा गर्छन् तर एशियाको दृष्टिकोणबाट हेर्दा इतिहास जहाँबाट सुरु भएको थियो अब त्यही स्थानमा फिर्ता आएको छ- उनले भने।
पश्चिमी विज्ञहरु “तिनीहरुका हातबाट समय फुत्किदैं गएपछि पनि उनीहरुका विचारहरु र विचारहरुका श्रेष्ठताबारे विश्वस्त रहेकाछन्” उनले भने।

तीन दशकमा सोभियत संघको विघटनपछि चीनको उदय र नयाँ एशियाली प्रणालीको उदय सहित विश्वले धेरै ठूला भूराजनीतिक घटनाहरू देखेको छ, खन्नाले भने। उनले विश्व “एकल देश वा विगतमा जस्तो कुनै मूल्यले प्रभुत्व जमाउदैन” भन्ने तर्क गर्दै उनले अमेरिका, युरोप र एशियाका तीन प्रणालीहरूमा आधारित नयाँ विश्वशक्ति व्यवस्था निर्माण गर्न आग्रह गरेका छन्।

एशिया भनेको नै विशेषगरी विविधताको सुन-खानी हो र यसले वास्तवमा बहुध्रुवीय विश्व व्यवस्थाको उदय गराउन योगदान पुर्‍याउँनेछ-उनले भने।

साभारः Nikkei Asian Review को फरवरी २८, २०२० मा आत्सुशी नाकायामाद्वारा प्रस्तुत।

 

यो पनि पढ्नुहोस् –

‘आगामी युग पनि एशियालीको हुनेछैन’: जोसेफ नाय

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Connect with us

Recommended

हिन्दु धर्म होइन, संस्कृति हो ! नेपाली समाजको प्रारम्भिक इतिहासको खोजी

हिन्दु धर्म होइन, संस्कृति हो ! नेपाली समाजको प्रारम्भिक इतिहासको खोजी

4 years ago
कोलम्बस भन्दा करीव २५०० वर्ष अघि नै चीनियाँहरू अमेरिका पुगेका थिए

कोलम्बस भन्दा करीव २५०० वर्ष अघि नै चीनियाँहरू अमेरिका पुगेका थिए

3 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.