Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

‘स्वास्थ्यमा समस्या छैन, तर संक्रमण पुष्टि’

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
चैत्र २१, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सन्तोष पोखरेल/संगम घर्तीमगर। गण्डकी प्रदेशमा कोरोना संक्रमणका दुईजना बिरामी भेटिएपछि यहाँ थप त्रास छाएको छ। प्रदेशभित्र कोरोना संक्रमण भएका दुवैजना महिला बागलुङको भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ।

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले पहिलो र दोश्रो बिरामीबीच कुनै पारिवारिक सम्बन्ध नरहेको र भेटघाट पनि नभएको बताए। तर, एकै जहाजमा यात्रा गरेको आधारमा नमूना संकलन गरेर परीक्षण गर्दा ती महिलामा संक्रमण भेटिएको शर्माले जानकारी दिए।

    शर्माका अनुसार प्रदेशभित्र फेला परेकी दोश्रो संक्रमित बागलुङ नगरपालिका–३ गौंडाकोटकी ६५ वर्षिया महिला रहेकी छन्। ती महिलाको पूरै विवरण खुलाइएको छैन। यसअघि बागलुङ नगरपालिका—४ कुँडुलेकी किशोरीलाई कोरोना संक्रमण पुष्टी भएको थियो। गण्डकीमा संक्रमण देखिएका दुवैजना महिला चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएका थिए। उनका अनुसार उक्त जहाजमा गण्डकी प्रदेशका १५ जना यात्रु आएका थिए। ती विभिन्न जिल्लाका थिए।

    ‘हामीले उक्त जहाजका यात्रु पहिचान गरेर नमूना परीक्षण गर्दा बागलुङकी दोश्रो महिलामा पुष्टि भएको हो,’ शर्माले भने, ‘उनीहरुको परिवारको पनि नमूना संकलन गरेर परीक्षण हुनेछ।’ शर्माका अनुसार बागलुङकी पहिलो संक्रमित युवती र दोश्रो पटक फेला परेकी महिलाबीच पारिवारिक सम्बन्ध छैन। उनीहरु फरक वडाका पनि हुन््। तर, उनीहरु एकै जहाजमा यात्रारत रहेका कारण संक्रमिण भएका हुन्। ‘पहिलो युवती र यी महिला एकै जहाजमा दोहाबाट आएको पुष्टि भएको छ। त्यही आधारमा हामीले नमूना परीक्षण गर्न पठाएका थियौ, परीक्षणले पोजेटिभ देखाएको छ,’ उनले भने, ‘ट्राभल हिस्ट्रीकै आधारमा हामीले उनीहरु सम्भावित संक्रमित हुनसक्ने आधारमा नमूना परीक्षण गराएका थियौं।’

    प्रदेशबाट दुईजना बिरामी फेला परेपछि यहाँ थप चनाखो हुन जरुरी रहेको स्वास्थ्यकर्मीले बताएका छन्। शर्माका अनुसार यात्रा गरेको १७ दिनपछि ती महिलामा विहीबार कोरोना पुष्टि हुँदा झनै सतर्कता हुन जरुरी रहेको छ। ‘१७ दिनपछि पनि संक्रमण पुष्टि भएको छ। त्यसले गर्दा अझ बढी सचेत हुनुपर्ने अवस्था छ,’ शर्माले भने। शर्माका अनुसार संक्रमित महिलामा अहिलेसम्म कुनै शारिरिक समस्या देखिएको छैन। उनी अहिले बागलुङस्थित घरमै बसेकि छिन्। उनलाई अस्पताल लैजाने तयारी भईरहेको उनले बताए। ‘आमालाई रुघा, खोकी, ज्वरो कुनै पनि समस्या छैन भनेर संक्रमित महिलाका छोराले जानकारि दिएका छन,’ निर्देशक शर्माले भने।

    संक्रमण पुष्टि भएकी ती महिलाका छोरीज्वाई बेल्जियममा थिए। छोरीज्वाइ भेट्न फागुनमा उनी बेल्जियम उडेकी थिईन। एक महिनाका लागि बेल्जियम गएकी उनी कोरोनात्रास बढेपछि १५ दिनमै घर फिर्ता हुँदै थिईन। ‘आमालाई स्वास्थ्य अहिलेसम्म कुनै समस्या छैन,’ छोराले भने, ‘बरु पहिला दम थियो, अहिले त त्यो समस्या पनि छैन। हामीले त रिपोर्ट नेगेटिभ आउँछ भन्ने अनुमान गरेका थियौ। तर, पोजेटिभ आयो। तरपनि आमा स्वस्थ हुनुहुन्छ।’

    एकै जहाजमा आएकी बागलुकी युवतीमा कोरोना संक्रमण पुष्टि भएसंगै परिवारले ती महिलाको नमूना परीक्षण गर्न चाहेका थिए। त्यसपछि बागलुङ अस्पतालले नमूना संकलन गरेर परीक्षणका लागि पठाएको थियो। ‘आमालाई कुनै स्वास्थ्य समस्या नै छैन। आफै घरको छतमा उक्लेर घाम ताप्ने गर्नुभएको छ। संक्रमणको डरले घरको भिन्दै कोठामा बस्ने गर्नु भएको छ,’ छोराले भने, ‘रिपोर्ट आएपछि हामीले पत्याउनै पर्‍यो। तर, आमालाई कुनै पनि समस्या छैन।’ संक्रमित पुष्टि भएको उडानमा बागलुङका चारजना यात्रु थिए। ती मध्ये ढोरपाटनका एक युवाको रिपोर्ट नेगेटिभ देखिएको छ भने अर्को एकजनाको बारेमा जानकारी आईसकेको छैन।

    यात्रा गरेको १७ दिनसम्म पनि संक्रमणको कुनै संकेत नदेखिँदा झनै त्रास बढेको प्रदेश निर्देशनालयका निर्देशक शर्माले बताए। ‘कोरोनाको संक्रमण र त्यसले पार्ने प्रभावबारे नै अन्योल देखिने अवस्था आयो। १७ दिनसम्म कुनै पनि शारिरिक संकेत नपाउँदा झनै त्रास बढ्ने अवस्था छ,’ उनले भने, ‘स्वास्थ्यमा कुनै परिवर्तन नआउँदा पनि कोरोना हुने रहेछ।’

    गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्राविधिक नवराज शर्माले पनि एउटै जिल्लाका दुईजनामा संक्रमण देखिँदा झनै त्रास बढेको बताए। उनका अनुसार पोखरामा बुधबारदेखि कोरोना परीक्षण गरिएकोमा अहिलेसम्म १३ वटा नमूना परीक्षण गरिएको बताए। बुधबार ४ र विहीबार नौवटा नमूना परीक्षण गरिएको प्राविधिक शर्माले बताए। नमूना परीक्षण गरेपनि त्यसको रिपोर्ट भने सार्वजनिक गरिएको छैन।

    उनका अनुसार पोखराको प्रयोगशालामा परीक्षण गरिएको नमूना थप पुष्टि गर्नका लागि त्यही नमूना काठमाडौंस्थित राष्ट्रिय प्रयोगशालामा पठाइएको छ। ‘पोखरामा र काठमाडौंमा एकै रिपोर्ट आउनुपर्छ। फरक रिपोर्ट आयो भने प्रयोगशालामाथि नै प्रश्न उठ्छ,’ उनले भने, ‘त्यही भएर सुरुका केही नमूना काठमाडौ पठाउने र एकैखाले रिपोर्ट आयो भने बल्ल पोखराबाटै अन्तिम रिर्पोट दिनेछौ।’ केहीदिनका नमूना पोखरा र काठमाडौंमा परीक्षण गरेर भेरिफाई गर्ने उनले बताए। नागरिक दैनिक

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.