फेसबुक, ट्विटर, र टिकटकले घोषणा गरेका छन् कि यिनीहरूले डोनाल्ड ट्रम्पको मृत्युको चाहना वा आशा राखेका सामग्रीहरू हटाउने छन्। यस्तो घोषणा ट्रम्पले आफू र उनकी पत्नीलाई कोरोना पजिटिभ भएको जानकारी ट्वीट गरेपछि गरेका हुन्।
राष्ट्रपति ट्रम्प पजिटिभ भएको जानकारी दिने बनेको पहिलो माध्यम ट्वीटरले यसका प्रयोगकर्ताहरूले त्यसको प्लेटफर्ममा ट्रम्पको मृत्युको चाहाना गरेका कुरा खुला रूपमा लेख्न अनुमति दिनेछैन। त्यस्ता ट्वीटलाई त्यसले “हटाइनेछ”, भन्दै त्यस्ता ट्वीटरका अकाउण्टलाई “केवल पढ्ने” (read only) मोडमा राखिने भनेको छ।
यसैबीच उत्तर कोरियाका नेता किम जोंग उनले डोनाल्ड ट्रम्प र उनकी श्रीमतीलाई कोरोनभाइरस पजिटिभ भएको निदान भएको सुनेर उनले ट्रम्प दम्पत्तिलाई शीघ्र लाभका कामना गरेको कोरियन सेन्ट्रल न्यूल एजेन्सीले जनाएको छ। एजेन्सीका अनुसार किमले राष्ट्रपति र उनकि पत्निलाई आफ्नो तर्फबाट सहानुभूति प्रदान गर्दै सहृदयकासाथ यथाशक्य चाँडो निको हुने विश्वास गरेका छन्।
स्मरण रहोस्, किमले विश्वमहामारीको संक्रमण देखिएका विश्वका नेताहरुमा स्वास्थ्य लाभको सन्देश पहिलोपटक पठाएका हुन्।
स्रोतः सिजिटिएन