Date
बुध, असार २५, २०८२
Wed, July 9, 2025
Wednesday, July 9, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

उत्तर कोरिया र आत्म निर्भरताको लागि संघर्ष

केदार सिटौला केदार सिटौला
मंसिर २०, २०७७
- समाचार, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    उत्तर कोरियाको नाम आउने बित्तिकै हामीले दक्षिण कोरियासँगको तुलनामा एउटा गरीव, भोकमरीग्रस्त र लडाकु देशको छवी हाम्रो आगाडि आउछ। अझ त्यसमाथि निरन्तर रुपमा पश्चमी संचार माध्यममा यो देश सम्बन्धी नकारात्मक खबरहरु मात्र आउछन्। त्यस्तै मध्येको एउटा खबर जो  उत्तर कोरियाबारे सधैं जोडिएर आउछ त्यो हो  यो देशमा सन् १९९० को दशकको मध्यमा भएको भयङ्कर अनिकाल र भाेकमरीका कारण लाखौ मान्छेहरुको मृत्युबारे। यो लेखमा उत्तर कोरियाले भोगेको त्यो कहालीलाग्दो समय र त्यसलाई उसले कसरी सामना गर्‍यो त्यसबारे केहि प्रकाश पार्ने प्रयास गरिनेछ।

    सन् १९९० को दसकको सुरुवातसँगै उत्तर कोरियामा ३ वटा घटनाहरु भए जसले त्यहाँ भयानक संकट ल्यायो। ती घटना मध्ये पहिलो थियो  सन् १९९१ मा सोभियत संघको बिघटन।  यसको प्रत्यक्ष  प्रभाव उत्तर कोरियाली अर्थतन्त्रमा पर्न गयो। जसको कारण यो देशको ८०%  बैदेशिक व्यापार ठप्प  भयो। त्यस्तै पेट्रोलियम पदार्थको लागि उत्तर कोरिया पूर्णरुपमा सोभियत संघमाथि निर्भर थियो। पेट्रोलियम पदार्थको आयात पनि ७५% ले घट्यो। यसले यो देशलाई ठुलै आर्थिक संकटमा परिरहेको थियो। त्यसै बेला १९९४ मा उत्तर कोरियामा संस्थापक नेता किम इल सुङ्ग को निधन भयो।  यो दोश्रो घटना थियो।  उत्तर कोरियाका जनताले किम इल सुङ्ग बाहेक अरु कुनै नेतालाई देखेकै थिएनन्।  ४८ बर्ष देखि यो देशका शासक उनी थिए। उनलाई गुमाउनु कुनै परिवारले आफ्ना संरक्षक  गुमाए सरहको मनोबैज्ञानिक क्षति थियो। यसको लगत्तै तेस्रो ठुलो बिपत्ति उत्तर कोरियाले भोग्नु पर्‍यो।शताब्दीमै एक चोटी पर्ने ठुलो पानी उत्तर कोरियामा सन् १९९५ र १९९७ मा पर्‍यो। यो बर्षातको तिब्रता यस्तो थियो कि ७ घण्टाको बिचमा ८७७ मिमि पानि परेको थियो। जसका कारण त्यहाँ धेरै ठुलो बाढी आयो र र त्यसले व्यापक भौतिक र आर्थिक क्षति पुर्‍यायो। सबैभन्दा ठुलो क्षति चाहि खेतियोग्य जमिन, जलबिधुत आयोजना, कोइला खानी र सिचाई र जमिनमुनि राखिएका खाद्यान्न भण्डारमा पुर्‍याएको थियो ।

    उत्तर कोरियाको ८०% जमिन पहाडी भूभागले बनेको छ। त्यहाको २०% जमिन मात्र खेतियोग्य छ।  जसमा छ महिना मात्र खेति गर्न सकिन्छ।  र बाँकि ६ महिना चिसो र तुषारो परेर खेति गर्न सम्भव हुदैन।  जसको कारणले त्यहाँ १ बालि मात्र लगाउन मिल्छ। तसर्थ उत्तर कोरिया खाद्ध्यान्न उत्पादनमा आत्मनिर्भरता हासिल गर्नु साधारण अवस्थामा पनि सधै नै चुनौतिपूर्ण नै हुन्छ।  अझ यस्तो विषम परिस्थितिमा त झनै गार्हो हुने नै भयो। उत्तर कोरियामा खेति गर्नको लागि सिचाई बिद्युतबाट संचालित पम्पिंग प्रणालीमा आधारित थियो।  यसको लागि निरन्तर बिद्युतको प्रवाह चाहिन्छ। तर बाढी र खडेरीले जलबिधुत उत्पादन केन्द्रहरुलाई बिगारिदिएको थियो। इन्धन बगेर सिचाई गर्ने पम्पहरु सचालन गर्न सकिदैन।  त्यस्तै बाढीको कारण उत्तर कोरियाका प्राय सबै कोइला खानीहरुमा पानी भरिएका थिए। पेट्रोलियम पदार्थ र बिजुली बेगर यी खानीहरुबाट पानी तानेर नफालुनजेल सम्म संचालन गर्न सकिदैन थियो। त्यस्तै कोइलाको उत्खनन बेगर खेति गर्नको लागि रासायनिक मल उत्पादन गर्न सकिदैन थियो। जसका कारण बर्षौसम्म उत्तर कोरियाका खेतहरुमा कुनै कृषि उत्पादन हुन सकेन। यो समयलाई उत्तर कोरियनहरुले कठिन अभियान (Arduous March ) अभियानको रुपमा लिन्छन्।  खानाको अभावमा मानिसहरुले घास र रुखका बोक्राहरु समेत खाए। यो क्रममा लाखौ मानिसहरु मरे। बिदेशबाट खाद्यान्न सहायता त आयो तर त्यसले उत्तर कोरियाले भोगेको समस्याको दिर्घकालिन समाधान हुन सक्दैन थियो। यो समस्या समाधान उत्तर कोरियाले आफ्नै तरिकाले गर्न थाल्यो।  उत्तर कोरियाका नेता किम इल सुंगको एउटा प्रमुख सिद्धान्त छ जुछे, जसको अर्थ हुन्छ आत्मनिर्भरता। जुछेको वास्तविक अर्थ हुन्छ कसैले पनि आफ्नो समस्याको समाधान आफैले र  आफ्नो संसाधनमा आधारित भएर गर्नु पर्छ कुनै बिदेशी शक्तिमा निर्भर भएर होइन।

    उत्तर कोरियाले फेरि आफ्नो कृषि ब्यबस्थालाई संचालन गर्नका लागि पहाडमा परेको पानीलाई कुलोहरु बनाएर बेशीमा रहेको खेत सम्म पुर्‍याउन गुरुत्वआकर्षणलाई प्रयोग गर्ने योजना बनाए।  उनीहरुले पहाडमा पानि संचय गर्ने जलाशयहरु बनाए र जसलाई  कृषियोग्य जमिनसम्म पुर्‍याउन कुलो, सुरुङ्ग र नहर जस्ता जलमार्गहरु बनाए। उत्तर कोरियासँग यी संरचना बनाउन चाहिने भारी मेसिनहरु ती क्षेत्रमा पुर्‍याउन र संचालन गर्न इन्धन पनि थिएन। उत्तर कोरिया ती सम्पूर्ण संरचनाहरु मानव श्रम शक्ति प्रयोग गरेर नै निर्माण गर्‍यो। हजारौ मानिसहरु यो काममा लागे।  यसरी त्यहाँ सरकारले सयौ किलोमिटर लामो सिचाई प्रणाली निर्माण बनायो। उत्तर कोरियालाई पहिलेको रुपमा फर्किन १५ बर्ष जति लाग्यो। जसले गर्दा यो देश बल्ल खाद्य आत्मनिर्भरताको नजिक पुग्यो।

    यो आर्थिक र खाद्य संकटको सँगसँगै उत्तर कोरियाले सुरक्षा संकट पनि व्यहोरिरहेको थियो।  अमेरिकासँग सन् १९९४ मा भएको आणविक मामिला सम्बन्धी सहमतिले कुनै गति लिन सकेको थिएन। आफ्नो सुरक्षालाई भरपर्दो बनाउन तत्कालिन नेता किम जोङ्ग इल ले सेनालाई पहिलो प्राथमिकता (सोङ्गगुन) दिने नीति अघि सारे। यस नीति अन्तर्गत सेना र रक्षा मामिलालाई पहिलो प्राथमिकता दिइयो। उत्तर कोरियाले क्षेप्यास्त्रको निर्माण र परिक्षण गर्ने कामलाई तिब्रताका साथ गर्न थाल्यो। सन् २००२ अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले उत्तर कोरिया, इरान र इराकलाई शैतानको धुरी (axis of evil ) भनेर नामकरण गरेका थिए। अझ सन् २००३ मा अमेरिकाले इराक माथि हमला गरेर सद्दाम हुसेनलाई मारेपछि उत्तर कोरिया आफ्नो सुरक्षाप्रति सतर्क हुनु स्वभाविक नै थियो। यसै क्रममा यो देशले सन् २००६ मा पहिलो एटम बमको परिक्षण गर्‍यो। अमेरिकी सरकारको धम्कि र नाकाबन्दीको बाबजुद पनि उत्तर कोरिया हतियार बिकाशको क्रममा तल्लिन रह्यो।  त्यसपछि सन् २०१७ सम्ममा ६ चोटी आणविक हतियारको परिक्षण गरिसकेको छ।  जसमा सन् २०१७ मा गरियो हाइड्रोजन बम समेत सामेल छ।  त्यस्तै त्यहि बर्ष उसले अमेरिकासम्म पुग्न सक्ने अन्तरमहाद्पीय ब्यालेसटिक क्षेप्यास्त्रको सफलता पुर्बक परिक्षण गर्यो।

    र सन् २०१७ को डिसेम्बर ३१ मा उत्तर कोरियाली नेता किम जोङ्ग उनले घोषणा गरे उत्तर कोरियाले आणविक रक्षा क्षमता हासिल गरेको छ।  उत्तर कोरियाले रक्षा क्षेत्रमा हासिल गरेको क्षमताको विश्लेषण गर्दै रुसका रास्ट्रपति भ्लादिमिर पुटिनले भनेका थिए – मलाई लाग्छ किम जोङ्ग उनले यो पटक निश्चित रुपमा जितेका छन्। उनले आफ्नो रणनीतिक कार्य सम्पन्न गरेका छन्। किम सँग अब आणविक हतियार र १३,००० किलोमिटरसम्म मार हान्न सक्ने क्षेप्यास्त्र छ जुन बिश्वको कुनै पनि ठाउमा पुग्न सक्छ।

    यो सामरिक क्षमता बिकाशको प्रभाव नाटकीय रुपमा उत्तर कोरियाको अमेरिका र चीनसँगको सम्बन्धमा देखिन थाल्यो। सन् २०१८ मा अमेरीकाले ट्रंप-किम सिखर बार्ता हुने घोषणा गर्‍यो। यो घोषणाको प्रभाव उत्तर कोरियाको चीनसँगको सम्बन्धमा पनि पर्‍यो।  किम जोङ्ग उन उत्तर कोरियाका नेता भएपछि ६ बर्षसम्म पनि चीनको भ्रमणमा गएका थिएनन्।  जबकि उनका हजुरबुवा किम इल सुंग र बुवा किम जोङ्ग इल चीनको पटक पटक भ्रमणमा जान्थे। माओ त्से तुङ्ग पालामा चीन र उत्तर कोरियाको सम्बन्धलाई ओठ र दाँतको रुपमा हेरिन्थ्यो। कोरियाली युद्धको क्रममा चीनले नै उत्तर कोरिया लाई आफ्ना लाखौ सैनिकको बलमा अमेरिकी सेनाबाट बचाएको थियो। यस क्रममा लाखौ चिनिया सैनिकको मृत्य भएकाे थियो।  जसमध्ये माओ त्से तुङ्गका जेठा छोरा माओ अनाइंग पनि थिए।  तर किम जोङ्ग उनको पालामा चीनसँगको सम्बन्ध धेरै हदसम्म चिसिएको थियो।  चीन उत्तर कोरियाको लगातारको मिसायल र आणविक परिक्षणबाट आजित हुन थालिसकेको थियो। र अमेरिकाले उत्तर कोरिया विरुद्ध नाकाबन्दी लगाउन राष्ट्र संघमा ल्याउने प्रस्तावलाई समर्थन दिन थालेको थियो।  चीनका संचार माध्यममा उत्तर कोरिया र किमलाई आलोचना गरेका खबर छापिन थालेका थिए।  त्यस्तै उत्तर कोरियामा पनि चीन बिरुद्ध असन्तुष्टिपूर्ण खबरहरु छापिन थालेका थिए।  तर उत्तर कोरियाले चीन लाई बेवास्था गरि अमेरिकासँग सम्बन्ध बढाउनु चीनलाई लाजमर्दो अवस्था हुन्थ्यो।  तसर्थ चीनले किम जोङ्ग उनलाई ट्रंपसँगको शीखरवार्ता अघि आफ्नो देश आउन निम्तायो।  त्यस यता किम र सी जिन्पिंग बीच ५ चोटि भेटघाट भैसकेको छ। चीनले नै किम जोङ्ग उन र अमेरिकी रास्ट्रपति ट्रंप बीच सिंगापुरमा हुने शिखरवार्ताको लागि आफ्ना प्रधानमन्त्रिले चड्ने जेट समेत उपलब्ध गराएको थियो।

    किम जोङ्ग उन र ट्रंपबीच सिंगापुरमा सन् २०१८ जुन १२ का दिन शिखर वार्ता भयो। यो वार्ता उत्तर कोरियाको लागि यसकारण महत्वपुर्ण थियो कि बहालवाला कुनै पनि अमेरिकी राष्ट्रपतिसँग कोरियाका नेताको पहिलो भेट थियो। उत्तर कोरियाली नेताहरुले बिगत लामो समय देखि अमेरिकी रास्ट्रपतिसँग सिधा वार्ता गर्ने चाहना राखेका थिए। तर यस प्रकारको शिखरवार्ता गर्न न त किम जोङ्ग उन का बुवा किम जोङ्ग इल न उनका हजुरबुवा नै सफल भएका थिए। सिंगापुर शिखरवार्ता पछि फेरि सन् २०१९ फेब्रुवरी २७-२८ मा भियतनामको राजधानी हनोईमा अर्को ट्रंप-किम भेटघाट भयो।  तर यो पूर्णरुपमा असफल भयो।  त्यहि वर्ष फेरि जुन ३० मा यी दुई बीच कोरियाली सिमानामा भेटघाट भयो।  जुन क्रममा अमेरिकी रास्ट्रपति ट्रंप उत्तर कोरियामा पाइला टेक्ने पहिलो बहालवाला अमेरिकी रास्ट्रपति बने।  भलै यसको सांकेतिक महत्व मात्र छ।  यी विभिन्न रक्षा सम्बन्धी उपलब्धि र शिखरवार्ताका बाबजुद पनि उत्तर कोरिया आर्थिक रुपमा बलियो हुन संघर्षरत छ।  उस माथि अमेरिकाले संयुक्त राष्ट्रसंघका विभिन्न प्रस्ताव मार्फत लागु गरेका नाकाबन्दीको थुप्रो छ।  उसले आयात गर्ने इन्धनमा ९० प्रतिसतसम्म रोक लगाइएको छ र उसको प्रमुख निर्यात कोइलामाथि ९० प्रतिसतसम्म प्रतिबन्ध लगाइएको छ। तर यसको बाबजुद पनि उत्तर कोरिया दृढताकासाथ उभिएको छ।

    उत्तर कोरियाको यो आत्मनिर्भरताको कथा नेपालको लागि पनि उपयोगी हुन सक्छ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      केदार सिटौला

      केदार सिटौला

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.