Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

उत्तर कोरियाको नयाँ ‘रणनीतिक अस्त्र’ विकास गर्ने घोषणा

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
पुस १६, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    उत्तर कोरियाका नेता किम जङ-अनले पारमाणविक तथा लामो दूरीको बलिस्टिक क्षेप्यास्त्र परीक्षणको स्थगनबाट आफ्नो देश पछि हट्ने घोषणा गरेका छन्।त्यहाँको सरकारी समाचारसंस्थाका अनुसार किमले पारमाणविक अस्त्रको विकासलाई निरन्तरता दिइने र एउटा नयाँ ‘रणनीतिक अस्त्र’ को विकास गरिने सत्तारूढ दलका अधिकारीहरूलाई बताएका हुन्।

    किमले कोरियाली प्रायःद्वीपलाई पारमाणविक अस्त्रमुक्त बनाउने विषयमा अवरुद्ध वार्ता पुनः थाल्न संयुक्त राज्य अमेरिकालाई सन् २०१९ को अन्त्यसम्मको समय दिएका थिए।तर उनले सम्भावित वार्ताका लागि ढोका खुला राखिएको सङ्केत दिएका छन्। उनले क्षेप्यास्त्र परीक्षण अमेरिकी व्यवहारमा भर पर्ने बताएका छन्।

    अमेरिकी प्रतिक्रिया
    किमको चेतावनीपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेताले ‘परमाणु निरस्त्रीकरणबारे एउटा सहमतिमा हस्ताक्षरु गरेको बताए।’मलाई लाग्छ उनी वचन राख्ने मानिस हुन्’ संवाददाताहरूसँग फ्लोरिडामा कुरा गर्दै भने।

    उत्तर कोरियाले सन् २०१९ मा विभिन्न क्षेप्यास्त्र परीक्षण गरेको थियो।किमको घोषणाप्रति प्रतिक्रिया जनाउँदै अमेरिकी रक्षामन्त्री माइक पोम्पेओले युद्धको साटो उत्तर कोरियाले शान्ति र समृद्धि रोज्छ भन्ने आफ्नो विश्वास रहेको बताएका छन्।’यदि किमले राष्ट्रपति ट्रम्पलाई दिएको वचन भङ्ग गरे भने त्यो एकदमै निराशाजनक हुन्छ,’उनले सीबीएसलाई भने।

    उनका अनुसार ट्रम्पले ठूला सैन्य अभ्यास नगर्ने सहमति व्यक्त गरेपछि किमले अस्त्रपरीक्षण नगर्ने वचन दिएका थिए।’हामीले आफ्नो वचन राखेका छौँ। उनले पनि आफ्नो वचन राख्छन् भन्ने हाम्रो अपेक्षा छ,’उनले भने।

    परीक्षण स्थगन
    सन् २०१७ यता उत्तर कोरियाले कुनै पारमाणविक अथवा लामो दूरीको क्षेप्यास्त्रको परीक्षण गरेको छैन।गत एप्रिल महिनामा किमले अमेरिका उचित अभिप्राय लिएर आए राष्ट्रपति ट्रम्पसँग तेस्रो शिखर वार्तामा भाग लिन आफू तयार रहेको बताएका थिए।प्रत्युत्तरमा ट्रम्पले एउटा ट्वीटमार्फत् किमको प्रशंसा गर्दै उनको धारणाको स्वागत गरेका थिए।

    गत फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीचको दोस्रो शिखर बैठक विफल भएको थियो। उत्तर कोरियाविरुद्ध लगाइएका आर्थिक नाकाबन्दीहरू हटाउन अमेरिका तयार नभएपछि भियतनामको हनोईमा भएको वार्ता विनासहमति टुङ्गिएको थियो।उत्तर कोरियाले सन् २०१९ को उत्तरार्धमा विभिन्न क्षेप्यास्त्रको परीक्षण गरेको थियो। अमेरिकालाई दबाव दिन गरिएको उसले त्यसको गरेको भन्ठानिएको छ।

    पारमाणविक अस्त्र र अमेरिकासम्म मार हान्ने क्षमता भएका इन्टर्कन्टिनेन्टल बलिस्टिक मिसाइल(आईसीबीएम) को परीक्षण स्थगन गर्ने उसको निर्णय अमेरिकासँग वार्ता गर्ने एउटा प्रमुख आधार थियो।नयाँ वर्षको पहिलो दिन पार्टीको बैठकमा बोल्दै किमले उत्तर कोरियालाई अस्त्रपरीक्षण स्थगन गर्ने आफ्नो घोषणा पालना गरिराख्न कुन बाध्यता नभएको बताए।अमेरिकाले दक्षिण कोरियासँग सैन्य अभ्यासलाई निरन्तरता दिएकाले उत्तर कोरियाले अस्त्रपरीक्षणसम्बन्धी निर्णय एकतर्फी रूपमा कायम राख्नु आवश्यक नभएको उनको तर्क भएको केसीएनएले जनाएको छ।

    किमले ‘संसारले निकट भविष्यमै नयाँ रणनीतिक अस्त्र देख्ने’ चेतावनी दिए पनि त्यसबारे विस्तृत विवरण दिएनन्।उनी प्योङ्याङमा आयोजित पार्टीका नेताहरूको भेलामा बोलेका थिए।यो समयमा भेला आयोजना गर्नु असामान्य मानिन्छ।पहिला किमले नववर्षको उपलक्ष्यमा भाषण गर्ने गरेका थिए। तर यसपालि त्यसको कुनै सङ्केत देखिएको छैन।

    निरस्त्रीकरणको कुरा
    म्प र किमबीच पहिलो पटक सन् २०१८ मा सिङ्गापुरमा शिखर वार्ता भएको थियो।सिङ्गापुरमा भएको ऐतिहासिक भेटवार्तामा दुई नेताले कोरियाली प्रायःद्वीपलाई निरस्त्रीकरण गर्ने दिशामा मिलेर काम गर्ने सहमति गरेका थिए।त्यसपछि ट्रम्पले उत्तर कोरियाबाट अब ‘पारमाणविक खतरा’ नरहेको टिप्पणी गरेका थिए।

    तर प्योङ्याङको पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रम रोक्ने विषयमा कुनै ठोस प्रतिबद्धताविना सहमति गरेकोमा ट्रम्पको आलोचना भएको थियो।आफ्ना पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई लिएर प्योङ्याङले कैयौँ अन्तर्राष्ट्रिय तथा अमेरिकी प्रतिबन्ध खेप्दै आएको छ।बीबीसी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.