Monday, April 12, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

उत्तर कोरियाका नेता किम जोङ्ग उन सार्वजनिक कार्यक्रममा देखिए

by पत्रपत्रिकाबाट
May 2, 2020
- समाचार
उत्तर कोरियाका नेता किम जोङ्ग उन सार्वजनिक कार्यक्रममा देखिए

This picture taken on May 1, 2020 and released from North Korea's official Korean Central News Agency (KCNA) on May 2, 2020 shows North Korean leader Kim Jong Un (2nd R) attending a ceremony to mark the completion of Sunchon phosphatic fertilizer factory in South Pyongan Province, North Korea. (Photo by STR / KCNA VIA KNS / AFP) / - South Korea OUT / ---EDITORS NOTE--- RESTRICTED TO EDITORIAL USE - MANDATORY CREDIT "AFP PHOTO/KCNA VIA KNS" - NO MARKETING NO ADVERTISING CAMPAIGNS - DISTRIBUTED AS A SERVICE TO CLIENTS / THIS PICTURE WAS MADE AVAILABLE BY A THIRD PARTY. AFP CAN NOT INDEPENDENTLY VERIFY THE AUTHENTICITY, LOCATION, DATE AND CONTENT OF THIS IMAGE --- / (Photo by STR/KCNA VIA KNS/AFP via Getty Images)

Share on FacebookShare on TwitterEmail

उत्तर कोरियाका नेता किम जोङ्ग उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । उनको स्वास्थ्यसँग जोडेर विभिन्न अड्कलबाजी भइरहेको बेला किम जोङ्ग उन एक रासायनिक मलको कारखाना उदघाटन कार्यक्रममा सहभागी भएका हुन् ।

उनले रिबन काटेर सो कारखाना उदघाटन गरेको तस्वीर उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले सार्वजनिक गरेको छ ।समाचार एजेन्सी केसीएनएका अनुसार उनी सार्वजनिक हुँदा कार्यक्रममा सहभागीहरुले ताली बजार स्वागत गरेका थिए । उनी आफ्नी बहिनी किम यो जोङ्ग र सरकारका वरिष्ठ अधिकारीहरुसँगै कार्यक्रममा सहभागी थिए ।

यसअघि उनी १२ अप्रिलमा सार्वजनिक कार्यक्रममा देखिएका थिए । लामो समयसम्म उनी कार्यक्रमहरुमा नदेखिएपछि गम्भीर बिरामी भएको अड्कलबाजीसहित समाचारहरु सार्वजनिक भएका थिए ।खासगरी अमेरिकी अधिकारीहरुले उनी कोमामा गएको दाबी गरेका थिए । तर, दक्षिण कोरियाली नेताहरुले भने किम जोङ्ग उन गम्भीर रुपमा बिरामी भएको कुरा सत्य नभएको बताउँदै आएका थिए ।

१५ अप्रिलमा हजुरबुवा (उत्तर कोरियाका संस्थापक नेता किम इल सुङ्ग) को जन्मदिनको समारोहमा उपस्थित नभएपछि किम जोङ्ग उनबारे चासो बढेको थियो । उत्तर कोरियामा किम इल सुङ्गको जन्मदिनमा सबैभन्दा ठूलो समारोह आयोजना गरिन्छ, तर त्यही कार्यक्रममा किम जोङ्ग उनको अनुपस्थितिलाई लिएर अड्कलबाजी सुरु भएको थियो ।

सरकारी मिडियाहरुले १२ अप्रिलमा लडाकु विमानहरुको निरीक्षण गरिरहेको किम जोङ्ग उनको तस्वीर सार्वजनिक गरेका थिए । सोही दिन उनले पार्टीको बैठकको अध्यक्षता गरिरहेको तस्वीर पनि सार्वजनिक भएको थियो । त्यसपछि उनी कतै देखिएका थिएनन् ।

दुई हप्ता अगाडि उत्तर कोरियाली मिडियाहरुले मिसाइल परीक्षण गरेको जानकारी दिए । त्यहाँ पनि किम जोङ्ग उन देखिएनन् । खासगरी उनी यस्ता कार्यक्रमहरुमा जहिले पनि देखिने गर्दथे ।त्यसपछि अनेक अड्कलबाजीको बीच उनको मुटुको शल्यक्रिया गरेको र गम्भीर बिरामी परेको समाचारहरु सार्वजनिक भएका थिए । कतिपय मिडियाहरुले त गुप्तचर स्रोतलाई उद्धृत गर्दै किम जोङ्ग उनको मृत्यु भइसकेको दाबी गरेका थिए ।

किम जोङ्ग उन सार्वजनिक कार्यक्रममा नदेखिएको यो पहिलो पटक भने होइन । सन् २०१४ मा पनि उनी ४० दिनसम्म कतै नदेखिँदा धेरै अफवाह फैलिएको थियो । त्यतिबेला त उनलाई सत्ताच्युत गरिएका सामाचारहरु आएका थिए ।त्यसपछि उनले लठ्ठी हातमा लिएको तस्वीर सार्वजनिक भयो । सरकारी मिडियाले जोर्नी दुख्ने समस्याबाट उनी पीडित भएको समाचार दिएका थिए । तर सत्ताच्युतको समाचारहरुबारे भने खण्डन वा स्पष्टीकरण केही पनि आएको थिएन ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

संयुक्त राज्य अमेरिका र चीनका बीचको पहिलो शसस्त्र मुठभेट

संयुक्त राज्य अमेरिका र चीनका बीचको पहिलो शसस्त्र मुठभेट

1 year ago
रुस र चीन : शुरुवाती जम्काभेटहरु

रुस र चीन : शुरुवाती जम्काभेटहरु

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.