Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अब ‘जनवाद’ हैन ‘समाजवाद’को कार्यदिशा: युवराज ज्ञवाली

नेपाल रिडर्स नेपाल रिडर्स
अशोज १६, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेकपाका स्थायी समिति सदस्य युवराज ज्ञवालीले अब नेकपाले जनवादी कार्यदिशा हैन समाजवादी कार्यदिशा अवलम्बन गर्नुपर्ने बताएका छन् । ‘स्कूल अफ माक्ससिजम’ले आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले माक्र्स, लेनिनकालीन पुँजीवादी जनवादी क्रान्ति जस्तो पुँजीपतिको नेतृत्वमा नभएपनि विभिन्न चरणका नेपाली क्रान्तिहरुको समुच्चयमा नेपालमा आफ्नै प्रकारको जनवादी क्रान्ति भएको बताएका छन् ।

    अब नेपालमा आधारभूत रुपले जनवादी क्रान्ति सम्पन्न भएको हुनाले नेपालको कम्युनिस्ट आन्दोलनले फेरि जनवादी कार्यदिशा अँगाल्नु उचित नभएको भन्दै उनले समाजवादका विभिन्न चरणबारे बहस हुनसक्ने भएपनि त्यो कार्यनीतिक पक्ष भएको तर रणनीतिक रुपले अब नेकपा समाजवादी कार्यदिशामा अघि बढ्नुपर्ने बताएका हुन् । नेकपाको आगामी चैत्रमा महाधिवेशनमा नेकपाभित्र पार्टी एकताकोताका भनिएको ‘जनताको जनवाद’ पार्टीको कार्यदिशा हुने भनिएको छ भने नेकपाभित्रको ओली खेमाले ‘जनताको बहुदलीय जनवाद’लाई पार्टी कार्यदिशाको रुपमा ब्युँताउन क्रियाशील भइरहेको अवस्थामा नेकपाका शालीन र वैचारिक नेता ज्ञवालीले अब जनताको जनवाद वा जनताको बहुदलीय जनवाद हैन अब समाजवादको कार्यदिशा अवलम्बन गर्नुपर्ने बताएका हुन् ।

    उनले आजको नेपाली समाजको प्रमुख अन्तरविरोधको रुपमा दलाल पूँजीवाद रहेको हुँदा उक्त दलाल पुँजीवाद विरुद्ध समाजवादी कार्यदिशा अनुरुप पार्टी संगठन र आम नेता–कार्यकर्ता परिचालित हुनुपर्ने बताउँदै तत्कालै समाजवादी कार्यक्रम लागू गर्न सम्भव नभएपनि हाललाई अनुत्पादक दलाल पुँजीलाई नियन्त्रण गर्दै उत्पादनशील राष्ट्रिय पुँजीको विकास गर्नुपर्ने कुरालाई औंल्याएका हुन् । यसका लागि उनले शिक्षा, स्वास्थ्य, रोजगारी/उद्यममा राज्यले क्रमशः सरकारीकरणतर्फ अघि बढाउनुपर्ने बताएका हुन् । हाल शिक्षामा भइरहेको चरम नीजिकरणलाई नियन्त्रण गर्दै सार्वजानिक शिक्षालाई प्रोत्साहन र हस्तक्षेपपूर्ण ढंगले राज्य अघि बढाउनुपर्ने भन्दै सरकारले स्वास्थ्यमा पनि सरकारी अस्पताल र स्थानीय तहका प्राथमिक स्वास्थ्य चौकीहरुलाई स्रोतसाधन युक्त बनाउन स्थानीय सरकारहरु अग्रसर हुनुपर्ने कुरालाई ज्ञवालीले जोड दिएका छन् ।

    नेपालको उत्पादनशील श्रमशक्ति विदेशिने क्रमले नेपाललाई झन् जर्जर बनाइरहेको अवस्थामा राज्यले युवा रोजगारी र उद्यममा विशेष प्राथमिकताका साथ योजना र कार्यान्वयनमा जोड दिएमात्र समाजवादको आधार तय हुने भन्दै दलाल पुँजीवादले ध्वस्त पारेको उत्पादक शक्तिको विकासमा ध्यान दिनुपर्ने कुरालाई जोड दिदैँ यसको लागि पार्टी र सरकारको नेतृत्वको हालको कार्यशैली फेरिनुपर्ने नत्र कम्युनिस्ट आन्दोलन विघटनको बाटोमा पुग्ने खतरालाई समेत उनले बताए । यदि नेतृत्व नसच्चिए नेतृत्व फेरेरै भएपनि कम्युनिष्ट आन्दोलन विघटनबाट बचाउनुपर्ने कुरालाई समेत उनले विशेष जोडका साथ बताएका छन् ।

    https://www.facebook.com/nepalreaders/posts/1664338877072436

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.