Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026
Saturday, August 29, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

फैसला आउनै लाग्दा ओलीले भने, ‘जे भए पनि हाम्रो राजनीति सिद्धिदैँन’

सहयोगीबाट सहयोगीबाट
फाल्गुन ११, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    संसद् विघटनलाई आफ्नो राजनीतिक बाध्यता भएको भन्दै अदालतले यसलाई सदर गर्ने दाबी गर्दै आएका प्रधानमन्त्री केपी ओलीले तीन महत्वपूर्ण सन्दर्भसहित पहिलोपटक संसद् पुनस्र्थापनाको सम्भावनातर्फ संकेत गरेका छन् । कञ्चनपुरमा औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले पुनस्र्थापना भए नयाँ प्रधानमन्त्रीको खोजी सुरु हुने, यसले आफ्नो राजनीतिमा कुनै फरक नपर्ने र कहिलेकाहीँ न्यायालयबाट अनुपयुक्त निर्णय हुने गरेको सन्दर्भ जोडेर संसद् पुनस्र्थापनाको सम्भावना औँल्याएका छन् ।

    ‘यदि पुनस्र्थापना हुने हो भने के हुन्छ रु यसो कल्पना गरौँ । पुनस्र्थापना हुने हो भने प्रधानमन्त्री खोज्न हिँड्नुपर्छ, प्रधानमन्त्री खोज्न पार्टी खोज्न हिँड्नुपर्छ । कुनै पार्टीको बहुमतको सरकार हुँदैन । त्यसो भएपछि समीकरणका अनेक खेल र सांसद किनबेचका खेल हुन्छन् । कसलाई कुन पद, कसलाई कुन पद, भागबन्डा यही तमासाको राजनीति फेरि सुरु हुन्छ,’ संसद् विघटनविरुद्धको रिटमाथिको सुनुवाइ सकिएको तीन दिनपछि प्रधानमन्त्री ओलीले भने ।

    ओलीले कहिलेकाहीँ न्यायालयले समेत अनुपयुक्त निर्णय गर्ने गरेको भन्दै संसद् पुनस्र्थापनाको अर्को सम्भावनातिर संकेत गरे । ‘कुन समयमा न्यायालयले न्याय निरुपण कति गर्न सक्छ, त्यो बेग्लै कुरा हो । न्यायालयका सबै निर्णय सबै समयमा उपयुक्त नहुन पनि सक्छन् । त्यसै कारण मान्छेले पुनरावेदन गर्छन् । किन पुनरावेदन गर्छ रु पुनरावेदनबाट किन जित्छ फेरि रु कहिले–कहिले न्यायालयका फैसलाहरू उपयुक्त नहुन पनि सक्दारहेछन् । यो न्यायालयसँग सम्बन्धित कुरा हो,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसको न्यायिक प्रक्रिया आफ्नो छ, तर हामी न्यायालयमाथि विश्वास गर्दछौँ ।’ उनले आफूले लोकतन्त्रमा न्यायालयलाई दबाब दिने, धम्क्याउनेमा विश्वास नगर्ने गरेको पनि सुनाए । ‘लोकतन्त्र, शक्ति पृथकीकरणको सिद्धान्त, स्वतन्त्र न्यायालयको मर्यादा र त्यसमाथिको विश्वास आदिमा लोकतन्त्र बाँचेको हुन्छ,’ ओलीले भने ।

    प्रधानमन्त्री ओलीले तेस्रो सन्दर्भका रूपमा अदालतबाट जस्तो फैसला आए पनि आफ्नो राजनीति नसिद्धिने बताए । ‘मैले विराटनगरमा बोल्दा भनेको थिएँ, केही मान्छेहरू यसो भयो भने त आफ्नो राजनीति नै सिद्धिन्छ भनेर छटपट–छटपट गरिराख्या छन् । हामी देश बनाउने अभियानमा छौँ, जस्तो भए पनि हाम्रो राजनीति सिद्धिदैन, केही भए पनि सिद्धिदैन । देश बनाउने हाम्रो अभियान र लोकतन्त्रलाई बलियो बनाउने आन्दोलन अगाडि बढिरहन्छ मैले भन्या हुँ,’ प्रधानमन्त्री ओलीले भने ।

    शनिबार विराटनगर पुगेर ‘सेटिङ’मा संसद् पुनस्र्थापना भए आन्दोलन हुने चेतावनी दिएका ओलीले कञ्चनपुरमा पुगेर भने सफाइ दिए, ‘आन्दोलन भनेको उनीहरूले नाराजुलुस, ढुंगामुढा हान्ने के–के बुझेछन् । मैले त देश बनाउने आन्दोलन, लोकतन्त्रलाई सुदृढ बनाउने आन्दोलन भनेको थिएँ । लोकतान्त्रिक आन्दोलन भनेको समग्र राष्ट्रिय परिवर्तनको अग्रगामी आन्दोलन हो,’ ओलीले भने, ‘मैले हाम्रो आन्दोलन निरन्तर अगाडि बढिरहन्छ भनेँ । अरूले आन्दोलन गर्छु भनेर धम्की दियो भने । मैले कसैलाई धम्की दिइरहनुपर्ने कुनै आवश्यकता छैन । अदालतलाई हामीले धम्की दिने बानी पनि छैन । हामी स्वतन्त्र न्यायालय, शक्ति पृथकीकरणको सिद्धान्तलाई मान्छौँ ।’

    प्रधानमन्त्री ओलीले अहिले आफूहरूको ध्यान विकासतर्फ केन्द्रित भएको बताए । प्रधानमन्त्री ओलीले नयाँ नक्सा जारीपछि मित्रराष्ट्र भारतसँग तथ्य, प्रमाणका आधारमा वार्ता गरिरहेको पनि सुनाए । ‘नेपालकै भूमि नक्सामा सामेल भएको, संवाद र वार्ताको विषय बनेको छ । छाङरूमा बिओपी राखेका छौँ, त्यहाँ जाने बाटो बनाउँदै छौँ । छाङरू दुर्गम थियो, अब रहँदैन । दार्चुलाबाट तिंकरको होस् वा उरैको नाकामा ध्यान दिएका छौँ,’ प्रधानमन्त्री ओलीको भनाइ थियो ।

    प्रधानमन्त्री ओलीले अहिले जेमा पनि फोहोरी राजनीतिको खेल खेल्ने र तमासाको प्रवृत्ति आएको बताए । ‘समाजमा केही आपराधिक तत्व पनि छन् । विकृत मनस्थिति भएका तत्व पनि छन् । उनीहरूले अपराध कर्म गर्छन् । भर्खरै भागरथी भट्टको बलात्कार र हत्या भयो । केही मान्छेले त्यो दुःखद घटनामा राजनीति गर्ने चेष्टा गरे,’ प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘अब निर्मला पन्तका हत्यारालाई पनि अविलम्ब सार्वजनिक गर्नोस् र अपराधीलाई न्यायको कठघरामा उभ्याउनोस् ।’-नयाँ पत्रिका

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.