Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

दरबारमार्ग भेला : ओलीले ‘अनौठा’ घोषणा गर्छन् भन्ने अपेक्षामा आए केही मान्छे

nepal_readers nepal_readers
माघ २४, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओली समूहले संचारकर्मीलाई पार्टी कार्यालय धुम्बाराही बोलायो। उक्त समूहले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई काउन्टर दिँदै जनप्रदर्शन कस्तो हुन्छ, त्यसको ट्रेलर देखाउने भन्दै माघ २३ का लागि प्रदर्शन गर्ने बारे जानकारी दियो। उक्त पत्रकार भेटघाटलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल र शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठले सम्बोधन गरे।

    सत्तामा बसेर आन्दोलन केका लागि भन्दै संचारकर्मीले प्रश्न गरेपछि उपप्रधानमन्त्री ईश्वर पोखरेलले भनेका थिए, गलत प्रवृति विरुद्ध, पाखण्डीपन, स्थायीत्व र समृद्धिका लागि हाम्रो जनपरिचालन हो। आन्दोलन होइन।

    २३ गतेका लागि तय भएको आमसभा ओलीइतरका नेताहरुले नेतृत्व गरेको नेकपाको जस्तो भद्रगोल नहुने बरु सभा सभ्य र भव्य हुने दावी पोखरेलले गरेका थिए। शिक्षा मन्त्री श्रेष्ठले भने नेताहरुले भाषण गर्दा तुच्छ शैलीमा गाली गलौज नगर्ने उद्घोष गरेका थिए। उनले ३ घण्टा मात्रै कार्यक्रम हुने, प्रधानमन्त्री ओलीले ‘सरप्राइज’ दिने दाबी गरे। अनि मिडियामा समाचार बन्यो २३ गते ओलीले सरप्राइज दिने
    ११ दिनपछि नारायणहिटी दरबारलाई ब्याक्ग्राउण्ड राखेर ओली समूले जनप्रदर्शन गरे। तर, सोचे झै जनप्रदर्शन भएन। ओलीले जनप्रदर्शन कस्तो हुन्छ ट्रेलर देखाउने बताएपनि आज उनको उद्घोष असफल देखियो। ओलीइतरकै नेताले गरेजस्तै उनको सभा पनि भद्रगोल देखियो।

    खै सरप्राइज?

    धेरैको आशा थियो, ओलीले देश हल्लिने गरी सरप्राइज देलान्। तर भयो उल्टो। न सरप्राइज आयो न उनको भाषण पहिला झै सुनियो। मन्त्री श्रेष्ठले सरप्राइज दिने ‘हिन्ट’ दिएका थिए। त्यसैको आधारमा प्रचण्ड र नेपाल नेतृत्वको नेकपाले ओलीले नारायणहिटीअघि उभिएर हिन्दुराष्ट्र घोषणा गर्न सक्नेु भन्दै शंका व्यक्त गरेका थिए। नेता सुरेन्द्र पाण्डले ओलीले २३ गते हिन्दराष्ट्र घोषणा गर्ने दावी नै गरेका थिए।

    पाण्डेको दावी ओलीले झुटो सावित गरिदिए। ओलीले आजको सभामा आफू गणतन्त्रवादी भएको भन्दै हिन्दुराष्ट्र र राजतन्त्र वकालत गर्नेहरुले भ्रम फैलाएको प्रस्टाए। सरप्राइज यसैमा आउलान् भन्ने ओली समूहका नेताको दावी पनि झुटो सावित भयो। ओलीले कुनै सरप्राइज दिएनन्। बरु उनको भाषण प्रचण्ड-नेपाल समूहका नेताहरुलाई गर्ने कटाक्षेकै पुनरावृति बन्यो। सभामा उपस्थितहरुले भने ओलीले कुनै सरप्राइज नदिएको प्रति गुनासो गर्दै गरेको देखिए। सरप्राइज भनेर भिड बढाउने काम गरेको उनीहरुको आरोप थियो।

    फ्लप फिल्म

    सामाजिक संजालमा ओलीको आजको जनप्रदर्शनको निकै चर्चा थियो। तर ओलीको सभालाई धेरैले ुफ्लप फिल्मु को संज्ञा दिए।
    ओलीले आज आफू विरोधी नेतालाई कटाक्ष गरे तर खिसिट्युरी गर्दै ठट्टा गर्ने ओली शैली आज देखिएन। सभालाई पहिला झै रमाइलो बनाउन सकेनन् उनले। उनको सम्बोधनको क्रमसम्म धेरै मानिस बाहिरिसकेका थिए महेन्दरको शालिक हुँदै।

    ओली भाषणका क्रममा हसाउँन मात्रै माहिर छैनन् विपक्षीप्रति कडा प्रहार गर्न पनि निकै सिपालु छन्। उनले माघ ९ को प्रचण्ड(नेपाल समूहको आमसभालाई कटाक्ष गर्दै त्यो आमसभा नै नभएको दलिल प्रस्तुत गरेका थिए। आमसभा भनेको कस्तो हुन्छरु त्यसको झलक आफूले देखाउने दावी गरेका थिए ओलीले। तर ओलीले प्रचण्ड(नेपाललाई काउन्टर दिँदै झलक देखाउन असफल रहे। ओली समर्थकले ३ देखि ५ लाखसम्म मानिस दरबारमार्ग पुग्ने र पुगेको दाबी गरिरहेका छन्। तर त्यहाँको दृश्य उनीहरुले दाबी गरे झैं देखिएन।

    ठूलो तामझाम र व्यापक प्रचार गरिएको भएपनि व्यवस्थापन भने राम्रो देखिएन। हजारौं सहभागीलाई एउटै घुम्ति शौचालयमा जानुपर्ने बाध्यता। आएकाहरुलाई कहाँ के भइरहेको छ थाहा थिएन। सभामा भाषण भन्दा रमिता हेर्न आएका थिए धेरै देखिए। अस्तवस्त नै थियो सभा स्थल।

    गृहमन्त्री बादलको घोषणा ‘तेस्रो जनआन्दोलन’

    पुष ५ मा संसद विघटन भएपछि नेकपा राजनीतिक रुपमा विभाजन भएको छ। निर्वाचन आयोगले कानुनी मान्यता भने दिएको छैन। पूर्व माओवादी तर्फबाट गृहमन्त्री बनेका रामबहादुर थापा बादल प्रचण्डसँग टाढिए। प्रतिनिधिसभा विघटनपछि केही समय मौन रहेका उनी अन्ततस् ओलीको साथ दिए। प्रचण्डले उनलाई आफ्नै समूहमा आउन फकाए पनि काम भने लागेन। बादल ओलीतिरै गएपछि प्रचण्डले भने उनीप्रति व्यंग गरेका थिए।

    पुष १४ को प्रचण्ड-नेपाल समूहको सभामा प्रचण्डले आफ्नो सभाका लागि तयार पारेको भाषण बालुवाटारको सभामा सुनाएको कटाक्ष गरेका थिए। शुक्रवार पनि प्रचण्डको व्यंगलाई बल पुग्नेगरी नै बादलले भाषण गरे।

    उनले देशमा प्रतिगमनु भएको बताए। तर के कारणले प्रतिगमन भयो भन्नेबारे भने बादलले केही बताएनन्। प्रचण्डले ओलीले संसद विघटन गरेर प्रतिगमन गरेको भन्दै फागुन पहिलो साताबाट तेस्रो जनआन्दोलन सुरु हुने दावी गर्दै आएका छन्।

    उनले लोकतन्त्रिक गणतन्त्र र संविधान पनि धरापमा परेको भन्न भ्याए। तेस्रो जनआन्दोलन सुरु भएको बादलको भनाई थियो। आन्दोलनलाई चुनाव मार्फत निष्कर्षमा पुर्‍यायने बादलले बताए। उनले प्रचण्ड(नेपाल समूहका नेताको भाषणसँगै मिल्दोजुल्दो भाषण गरे।

    आजको प्रदर्शनमा प्रचण्डप्रति भने बादल आक्रामक देखिए। बादलले प्रचण्डले हिसांत्मक आन्दोलन गरे जेलमा थुन्ने सम्मको चेतावनी दिए। प्रचण्डले मांसाहारी आन्दोलन गर्ने भनेको भन्दै आपत्ति जनाएका बादलले आफ्नो अभिव्यक्तिले संसद विघटन विरुद्ध भइरहेको आन्दोलन भडकिएलाकी भन्ने वास्ता भने गरेनन्।

    मौसमको डर

    शुक्रवार दरबारमार्गको सभाको लागि पनि सुरक्षा व्यवस्था कडा पारिएको थियो। मञ्च वरिपरिका घरका छत(छतमा सुरक्षाकर्मी थिए भने ओली नआउँदै तालिमप्राप्त कुकुरबाट मञ्चको खानतलासी गराइयो। यतिले पनि ओलीलाई सुरक्षा नपुग्ने भन्दै युवा संघका कार्यकर्तालाई ब्यापक परिचालन गरिएको थियो। महेश बस्नेत वाकीटकी लिएर सम्वन्य गर्दै गरेका देखिए।

    मञ्च र सहभागीको दुरी पनि निकै टाढाको राखिएको थियो। प्रधामन्त्रीलाई आफू सुरक्षित भएको महसुस गराउन हर सम्भवका प्रायस गरिएको थियो। कार्यक्रम संचालन गर्नेलाई भने एउटै डर थियो(मौसमको। कार्यक्रम सुरु नहुँदै आकास धुम्म भएपछि आयोजक बागमती प्रदेश कमिटीका नेता केही हतारिए।

    कार्यक्रमको सुरुवात नै यही डरका बीचबाट भयो। कार्यक्रम संचालनको जिम्मा पाएका ओली समूहका नेता आनन्द प्रसाद पोखरेलले र्‍याली सभास्थलमा नपुगेको भएपनि कार्यक्रम सुरु भएको बताए। कार्यक्रमको अध्यक्षता गरेका शिक्षा मन्त्री मन्त्री कृष्ण गोपाल श्रेष्ठलेपनि मौसमबारे बोल्न भ्याए। सुरुवातमै भाषण गरेका उनले मौसमले सुन्दरता थपेको बताए। ुकार्यक्रममा मौसमले पनि यसैगरी सुन्दरता थप्ने छ। हामीलाई मौसमले साथ दिनेछ,ु उनले भने। फाटफुट पानी परेपनि मौसमले सभालाई साथ नै दियो१

    मञ्चभन्दा पनि अग्ला ओली

    हामीले जति ठूलो ठाउँमा गर्दा पनि ठाउँ सानो हुन्छ, उनीहरुलाई सानो ठाउँमा गर्दा पनि ठाउँ ठुलो हुन्छु ओलीले प्रचण्ड नेपालमाथि व्यंग गर्दै भने।  सडकभर ओलीको पूर्ण कदको फोटो राखिएको थियो। मञ्चमा पनि मञ्चभन्दा अग्लो ओलीको तस्बिर राखिएको थियो। प्रचार प्रसार शैली पनि ओलीको अरु नेताहरुको भन्दा आक्रामक नै थियो।

    स्वंयम सेवकले लगाएको ज्याकेटमा सूर्यचिन्ह भित्र ओलीको फोटो थियो। सडकका छेउँछाउमा टाँसिएका प्रचार पम्पलेटमा पनि ओलीकै फोटोले नै बढि ठाउँ ओगट्यो।

    फुरेन ओलीलाई उखान टुक्का

    कार्यक्रमा ओली अरु सबै नेता भन्दा ढिला गरि नै प्रवेश गरे। सहभागी देखेर मख्ख परेका ओली हसिला देखिन्थे। ओली प्रवेशसँगै उनको समूहका नेता आनन्द पोखरेलले केपी ओली जिन्दावाद, राजनेता केपी ओली, अस्थाको धरोहर केपी ओली लगायतका नारा लगाए। अरु नेताले पनि भाषणका क्रममा ओलीको बखान गरे। आफ्नो पक्षलाई बलियो भएको देखाउन आक्रामक भइहाल्ने ओलीले आज भने त्यसो गरेनन्।

    उनको अरु दिनको भाषण भन्दा शुक्रवारको संयमित नै सुनियो। उनी आफू विरोधीलाई कमजोर करार गर्न उखान टुक्काको साहार लिन्छन। त्यसलाई नेकपाको विवादसँग जोडदै आक्रमण गर्ने ओलीको शैली पुरानै हो। तर, शुक्रवार भने ओलीलेले उखान टुक्काबाट आफू विरोधिलाई आक्रमण गरेनन्। उनले प्रचण्ड नेपालले ज्यादती गरेको, आम हडतालको नाममा ट्याक्सि जलाएर हिंसा गरेको, निर्वाचनको विरोध गरेर लोकतन्त्र खतरामा पारेको लगायतका आरोप लगाएका थिए।

    दावी एकातिर काम अर्कैतिर

    ओली समूहका नेताले प्रचण्ड(नेपालको जनप्रदर्शनले नागरिकले दुस्ख पाएको भन्दै आलोचना गर्दै सामाजिक सञ्जालमा भडास पोख्ने गरेका छन्। यसैलाई मध्यनजर गरी उनीहरुले आफूले नागरिकलाई दुख नदिने बताएका थिए। ओली समूहका नेता आनन्द पोखरेलले नागरिकलाई सास्ती नहोस भनेरै नाराणहिटी अगाडी सभा गरेको बताएका थिए।

    हामीले नारायणहिटी अगाडी सभा गर्नुको अरु कुनै अर्थ छैन्। त्यता गर्दा अरु ठाउँमा गरेको भन्दा जनजीवन अलि कम प्रभावित होला भनेर हो, केही दिन अघि उनले भनेका थिए। उनले नागरिकलाई दुस्ख नै नदिने बताएपनि शुक्रवारको सभाले भने चक्रपथ भित्रका मुल सडकको सवारी प्रभावित भयो। राजधानीका विभिन्न सोह्र ठाउँबाट निकालिएका जुलुसले घण्टौं सम्म सर्वसाधरणले सडकमै पर्खनुपर्‍यो।-प्रकाश भण्डारी/pahilopost.com

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.