Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

स्थायी कमिटी बैठकमा ओलीको अनुपस्थिति अराजनीतिक संस्कार

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
असार १३, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएकोमा पार्टी बैठककै बेवास्ता गरेको भन्दै सदस्यहरुले अध्यक्ष ओलीको आलोचना गरेका छन्।स्थायी कमिटीको शुक्रबारको बैठकमा सदस्यहरुले अध्यक्ष ओलीको अनुपस्थितिको विषयलाई गम्भीररुपमा उठाएका छन्।

    अध्यक्ष ओली बैठकमा नदेखिएपछि अधिकांश सदस्यहरुले त्यस विषयमा प्रश्न गरेका हुन्।सदस्यहरुले माघमा भएको केन्द्रीय कमिटी बैठकमा पनि अनुपस्थित रहेका प्रधानमन्त्री ओलीले अहिलेको स्थायी कमिटीलाई पनि बेवास्ता गरेको रुपमा अर्थ्याएका थिए।

    ‘धेरै सदस्यले बोल्ने क्रममा प्रधानमन्त्री अनुपस्थित भएको विषयलाई उठाउनु भएको थियो,’ स्थायी कमिटी सदस्य गणेश साहले भने, ‘अध्यक्ष ओलीलाई नदेखेपछि केहीले यो पार्टीको बैठक हो की गोष्ठी हो भनेर प्रश्न समेत गर्नुभएको थियो।’

    बैठकमा महासचिव विष्णु पौडेलले अध्यक्ष ओलीले आफू जरुरी काममा परेकाले अध्यक्ष प्रचण्डको नेतृत्वमा बैठक गर्न सन्देश पठाएको जानकारी गराएका थिए।अध्यक्ष प्रचण्डले पनि त्यस विषयमा बैठकमा जानकारी गराएका थिए।

    ‘वालुवाटारमा बैठक राखेकै प्रधानमन्त्रीलाई सहज होस् र उहाँले पनि कुरा सुन्नुहोस भनेर हो,’ स्थायी कमिटी सदस्य शाहले भने, ‘महत्वपूर्ण बैठकमा यसरी अनुपस्थिति हुनु राजनीतिक संस्कार होइन।’शुक्रबारको बैठकमा बोल्ने १८ जना स्थायी कमिटी सदस्यमध्ये अधिकांशले त्यसबारे बोलेका थिए।सदस्यहरुले प्रधानमन्त्री ओलीले बैठकको संवदेनशीलतालाई ख्याल नगरेको वा महत्व नदिएको ठहर गरेका थिए।

    एजेण्डा परिवर्तन
    बुधबार भएको बैठकले निर्धारण गरेको एजेण्डाको पहिलो नम्बरमै कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका विषयमा छलफल हुने कार्यक्रम थियो।सरकारमा कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी कामको नेतृत्व गरिरहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले बोल्ने विषय र त्यसबारे तथ्यांक नआएको भनेपछि बैठकको एजेण्डा नै परिवर्तन गरिएको थियो।

    त्यसपछि सीमा समस्या र समाधानको विषयलाई पहिलो एजेण्डामा राखेर सोहिअनुसार छलफल अगाडी बढाइएको थियो।बैठकमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतसँग सीमा बिवादसम्बन्धी घट्नाक्रम र त्यसबारे भएका विकासक्रमबारे जानकारी गराएका थिए।ज्ञवाली र कृषि मन्त्री घनश्याम भुसालले चीनले सीमा मिचेको भन्ने कुरा सत्य नभएको जानकारी गराएका थिए। नेपालखबर

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.