नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताद्वय घनश्याम भूसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गरिएको जनाएका छन् । माधव नेपाल र भीम रावललाई पार्टी साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको जनाएको ३ दिनपछि नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि निलम्बन गरिएको हो ।
चार जनै नेतालाई चैत ८ गते ओलीले ‘स्पष्टीकरण’ सोधेको थिए । ‘स्पष्टीकरण’ बुझाएपछि नेपाल र रावललाई १६ गते निलम्बन गरिएको थियो ।भुसाल र पाण्डेले भने ओलीले पार्टी सिध्याउन लागि परेको भन्दै ओलीको कारवाहीलाई ख्याल गरेर भन्दा पनि आम पार्टी पंक्तिलाई सचेत गराउनका लागि भन्दै ढिलो गरी स्पष्टीकरण बुझाएका थिए । तोकिएको ३ दिनभित्र पनि पत्र प्राप्त नभएको भन्दै उनीहरूलाई पुनः ताकेता गरिएको थियो।
यता, भूसाल र पाण्डेलाई गरिएको तथाकथित कारवाहीप्रति अर्का नेकपा एमाले नेता योगेश भट्टराईले प्रतिक्रिया जनाएका छन् । आफ्ना सामाजिक संजालमा उनले लेखेका छन् : ऋृषिमुनी र वुद्धको ज्ञानभूमी अनि मार्क्सवादको उर्वर भूमी नेपालमा आजकाल विद्वान, ईमान्दार र नैतिकवानहरूमाथि कारवाही हुन्छ । मुर्ख, भ्रष्ट र अनैतिकहरु पुरस्कृत हुन्छन। कमरेड घनश्याम र सुरेन्द्रजीमाथि पनि त्यस्तै भद्धा मजाक गरिएको छ।