बिहीबार १ सय ६७ जना कोरोनाभाइरसका संक्रमित थपिए, नेपालमा कुल सङ्क्रमितको संख्या १७ हजार २९३ पुग्यो

0
15

नेपालमा बिहीबार कोरोनाभाइरसका एक सय ६७ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार देशभरका २७ वटा प्रयोगशालामा चार हजार ९ सय ४१ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा एक सय ६७ जना संक्रमित थपिएका हुन्।

यो सँगै नेपालमा कुल सङ्क्रमितको संख्या १७ हजार २९३ पुगेको छ । काठमाडौं उपत्यकामा सात जना नयाँ सङ्क्रमित थपिएका छन् ।पछिल्लो चौबीस घण्टामा पाँच हजार ९० जनाको कोभिड–१९ परीक्षणका लागि नमूना सङ्कलन गरिएको छ । हाल २४ हजार ५२७ जना क्वारेन्टाइनमा बसेका छन् । आइसोलेशनमा छ हजार ११३ जना छन् । बिहिबारसम्म तीन लाख तीन हजार जनाको आर टी पीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा ६९७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ११ हजार २५ जना कोरोना मुक्त भई घर फर्केका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here