Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

१ लाख टन मल भारतमै रोकियो, नेपाल भित्राउन प्रयास जारी

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
जेष्ठ २८, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

कृषि तथा पशुपन्क्षी मन्त्रालयले एक लाख टन मल भारतमै रोकिएको भन्दै ल्याउन कूटनीतिक पहल जारी रहेको बताएको छ ।बन्दरगाह बन्द र मजदुर अभावका कारण तेश्रो मुलुकबाट कलकत्तामा आइसकेको ५० हजार मेट्रिक टन मल १ महिना १५ दिनसम्म अलपत्र परेको भन्दै जेठको पहिलो हप्ता आइपुग्नु पर्ने मल हालै मात्र भारतमा लकडाउन खुकुलो भएपछि आउने क्रम सुरु भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

कृषि सचिव राजेन्द्र प्रसाद भारीले आज जारी गरेको विज्ञप्तिमा गुजरातको कान्डला बन्दरगाहमा पनि २१ हजार ५ सय मेट्रिक टन युरिया मल १ महिना १५ दिनदेखि रोकिएको उल्लेख छ ।

कलकत्ता बन्दरगाह बन्द भएकाले उक्त मल कान्डला बन्दरगाहबाट नेपाल ल्याउन गरिएको प्रयास असफल विज्ञप्तिमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली राजदुतावासको निरन्तर कूटनीतिक प्रयासका बाबजुद पनि हालसम्म उक्त परिमाणको मल ल्याउन नसकिएको सचिव भारीले जनाएका छन् ।

नेपालमा लकडाउनले गर्दा असार दोश्रो साता नेपाल आइपुग्ने गरी ठेक्का प्रक्रिया पुरा भएको ५० हजार मेट्रिक टन युरिया मल हालै मात्र चलान हुने प्रक्रियामा रहेको भन्दै मन्त्रालयले भारतको कलकत्ता हुंदै नेपाल आईपुग्न अझै डेढ महिना लाग्न सक्ने जनाएको छ ।

यस वर्षको वर्षे सिजन शुरु भएसँगै रासायनिक मलको मागमा अत्याधिक वृद्धि भएको समेत मन्त्रालयले जनाएको छ । मन्त्रालयले भनेको छ,‘चालु आर्थिक वर्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट ४ लाख ५० हजार मेट्रिक टन अनुदानित रासायनिक मल आपूर्ति गरी किसानलाई वितरण गर्ने कार्यक्रम रहेको छ । जुन गत आर्थिक वर्षको भन्दा १ लाख मेट्रिक टन बढी हो ।’

यसवर्ष रासायनिक मलको आपूर्ति र वितरण कार्य नियमित भइरहेको अवस्थामा विश्वव्यापी रुपमा कोरोना महामारी फैलिदा समस्या भएको कृषि मन्त्रालयको भनाई छ । नेपालमा रासायनिक मल चीन र खाडी मुलुकबाट आयात हुन्छ र भारतको कलकत्ता बन्दरगाह प्रयोग गरी नेपाल ल्याउने गरिन्छ ।

नेपाल लगायत रासायनिक मल आयात गर्ने सबै देशहरु कोरोनाबाट नराम्ररी प्रभावित भए र महामारीबाट बच्न सबै देशहरु लकडाउनमा गए । नेपाल र भारतमा गत चैत्रबाट सँगसँगै जस्तो लकडाउन सुरु भएको थियो भने चीनमा पहिलेदेखि नै लकडाउन जारी थियो ।

रासायनिक मल बढी आवश्यक पर्ने समय असार दोश्रो सातासम्म सबै परिमाणको मल आयात गरी किसानलाई वितरण गर्ने योजना अनुसार सम्पूर्ण काम समयमै पुरा गरिसकेको भएपनि १ लाख मेट्रिक टन मल कोरोना महामारीका कारणले हालसम्म बाटोमा नै रोकिएकोे कृषि मन्त्रालयको भनाई छ ।

मन्त्रालयले विज्ञप्तिमा भनेको छ,‘यद्यपी गत आर्थिक वर्षको तुलनामा यसवर्ष कूल परिमाणमा २५ हजार मेट्रिक टन भन्दा बढी मल आयात तथा वितरण गरिसकिएको छ र लक्ष्य अनुरुप प्रकृयामा रहेका रासायनिक मल समयमै आयात गर्ने सबैखाले प्रयास भइरहेको छ ।’

रासायनिक मल युरिया, डिएपी र पोटास मध्ये कृषकहरुको बढी रोजाईमा युरिया मात्र पर्ने गरेको उल्लेख गर्दै मन्त्रालयले आफ्नो विज्ञप्तिमा भनेको छ,‘ तर युरिया मल मात्र धेरै प्रयोग गर्दा माटोको गुणस्तर बिग्रने र मलबाट प्राप्त हुने फाइदा पनि कम हुने कुरालाई ध्यानमा राख्दै तीन वटै प्रकारका रासायनिक मल सन्तुलित मात्रा मिलाएर प्रयोग गर्न यस मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।’

मल अभावको विद्यमान अवस्थामा केही डिलर/सहकारीहरुले बढी मूल्य लिई रासायनिक मल बिक्री वितरण गरेको भन्ने गुनासो आएको भन्दै मन्त्रालयले कारवाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयले भनेको छ,‘कानून विपरितको त्यस्तो कार्य नगर्न र अटेर गरी यस्ता कार्य जारी राखेमा प्रचलित कानून वमोजिम कडा कारवाही हुने जानकारी गराइन्छ ।’लुम्बिनी सञ्चार

पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Related Posts

मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

नेपाल रिडर्स
असार ३, २०८१

मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

सङ्गीत
जेष्ठ २४, २०८१

के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

नेपाल रिडर्स
माघ १०, २०८०

नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

नेपाल रिडर्स
माघ ४, २०८०

कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

गणतन्त्र जोगाउने ३५ काइदा

गणतन्त्र जोगाउने ३५ काइदा

रोहेज खतिवडा
पुस २४, २०८०

१. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

नेपाल रिडर्स
पुस २२, २०८०

विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • प्रवासी नेपाली
  • रिडर्स डिस्कोर्स
  • अन्तर्वार्ता
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

गुगल मार्फत साइन इन गर्नुहोस्
Sign In with Linked In
वा

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

गुगल मार्फत साइन अप गर्नुहोस्
Sign Up with Linked In
वा

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share via
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

Add New Playlist

नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • प्रवासी नेपाली
  • रिडर्स डिस्कोर्स
  • अन्तर्वार्ता
  • मल्टिमिडिया
  • ब्लग

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.