Date
शुक्र, अशोज १२, २०८०
Fri, September 29, 2023
Friday, September 29, 2023
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

१ लाख टन मल भारतमै रोकियो, नेपाल भित्राउन प्रयास जारी

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
बुधबार, जेष्ठ २८, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कृषि तथा पशुपन्क्षी मन्त्रालयले एक लाख टन मल भारतमै रोकिएको भन्दै ल्याउन कूटनीतिक पहल जारी रहेको बताएको छ ।बन्दरगाह बन्द र मजदुर अभावका कारण तेश्रो मुलुकबाट कलकत्तामा आइसकेको ५० हजार मेट्रिक टन मल १ महिना १५ दिनसम्म अलपत्र परेको भन्दै जेठको पहिलो हप्ता आइपुग्नु पर्ने मल हालै मात्र भारतमा लकडाउन खुकुलो भएपछि आउने क्रम सुरु भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

    कृषि सचिव राजेन्द्र प्रसाद भारीले आज जारी गरेको विज्ञप्तिमा गुजरातको कान्डला बन्दरगाहमा पनि २१ हजार ५ सय मेट्रिक टन युरिया मल १ महिना १५ दिनदेखि रोकिएको उल्लेख छ ।

    कलकत्ता बन्दरगाह बन्द भएकाले उक्त मल कान्डला बन्दरगाहबाट नेपाल ल्याउन गरिएको प्रयास असफल विज्ञप्तिमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली राजदुतावासको निरन्तर कूटनीतिक प्रयासका बाबजुद पनि हालसम्म उक्त परिमाणको मल ल्याउन नसकिएको सचिव भारीले जनाएका छन् ।

    नेपालमा लकडाउनले गर्दा असार दोश्रो साता नेपाल आइपुग्ने गरी ठेक्का प्रक्रिया पुरा भएको ५० हजार मेट्रिक टन युरिया मल हालै मात्र चलान हुने प्रक्रियामा रहेको भन्दै मन्त्रालयले भारतको कलकत्ता हुंदै नेपाल आईपुग्न अझै डेढ महिना लाग्न सक्ने जनाएको छ ।

    यस वर्षको वर्षे सिजन शुरु भएसँगै रासायनिक मलको मागमा अत्याधिक वृद्धि भएको समेत मन्त्रालयले जनाएको छ । मन्त्रालयले भनेको छ,‘चालु आर्थिक वर्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट ४ लाख ५० हजार मेट्रिक टन अनुदानित रासायनिक मल आपूर्ति गरी किसानलाई वितरण गर्ने कार्यक्रम रहेको छ । जुन गत आर्थिक वर्षको भन्दा १ लाख मेट्रिक टन बढी हो ।’

    यसवर्ष रासायनिक मलको आपूर्ति र वितरण कार्य नियमित भइरहेको अवस्थामा विश्वव्यापी रुपमा कोरोना महामारी फैलिदा समस्या भएको कृषि मन्त्रालयको भनाई छ । नेपालमा रासायनिक मल चीन र खाडी मुलुकबाट आयात हुन्छ र भारतको कलकत्ता बन्दरगाह प्रयोग गरी नेपाल ल्याउने गरिन्छ ।

    नेपाल लगायत रासायनिक मल आयात गर्ने सबै देशहरु कोरोनाबाट नराम्ररी प्रभावित भए र महामारीबाट बच्न सबै देशहरु लकडाउनमा गए । नेपाल र भारतमा गत चैत्रबाट सँगसँगै जस्तो लकडाउन सुरु भएको थियो भने चीनमा पहिलेदेखि नै लकडाउन जारी थियो ।

    रासायनिक मल बढी आवश्यक पर्ने समय असार दोश्रो सातासम्म सबै परिमाणको मल आयात गरी किसानलाई वितरण गर्ने योजना अनुसार सम्पूर्ण काम समयमै पुरा गरिसकेको भएपनि १ लाख मेट्रिक टन मल कोरोना महामारीका कारणले हालसम्म बाटोमा नै रोकिएकोे कृषि मन्त्रालयको भनाई छ ।

    मन्त्रालयले विज्ञप्तिमा भनेको छ,‘यद्यपी गत आर्थिक वर्षको तुलनामा यसवर्ष कूल परिमाणमा २५ हजार मेट्रिक टन भन्दा बढी मल आयात तथा वितरण गरिसकिएको छ र लक्ष्य अनुरुप प्रकृयामा रहेका रासायनिक मल समयमै आयात गर्ने सबैखाले प्रयास भइरहेको छ ।’

    रासायनिक मल युरिया, डिएपी र पोटास मध्ये कृषकहरुको बढी रोजाईमा युरिया मात्र पर्ने गरेको उल्लेख गर्दै मन्त्रालयले आफ्नो विज्ञप्तिमा भनेको छ,‘ तर युरिया मल मात्र धेरै प्रयोग गर्दा माटोको गुणस्तर बिग्रने र मलबाट प्राप्त हुने फाइदा पनि कम हुने कुरालाई ध्यानमा राख्दै तीन वटै प्रकारका रासायनिक मल सन्तुलित मात्रा मिलाएर प्रयोग गर्न यस मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।’

    मल अभावको विद्यमान अवस्थामा केही डिलर/सहकारीहरुले बढी मूल्य लिई रासायनिक मल बिक्री वितरण गरेको भन्ने गुनासो आएको भन्दै मन्त्रालयले कारवाही गर्ने चेतावनी दिएको छ ।

    मन्त्रालयले भनेको छ,‘कानून विपरितको त्यस्तो कार्य नगर्न र अटेर गरी यस्ता कार्य जारी राखेमा प्रचलित कानून वमोजिम कडा कारवाही हुने जानकारी गराइन्छ ।’लुम्बिनी सञ्चार

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      प्रश्न गर्नु सामाजिक परिवर्तनका लागि महत्वपूर्ण छ 

      प्रश्न गर्नु सामाजिक परिवर्तनका लागि महत्वपूर्ण छ 

      शेषनाथ वर्नवाल
      शुक्रबार, अशोज १२, २०८०

      जहाँ जिज्ञासा छ त्यहाँ प्रश्न छ। जहाँ प्रश्न छ त्यहाँ भक्ति वा अन्धश्रद्धा नभइ ज्ञान र अनुभवको सुरुवात हुन्छ। जहाँ...

      सर्वोच्चको फैसला: फेवा बचाउने सुनौलो अवसर

      सर्वोच्चको फैसला: फेवा बचाउने सुनौलो अवसर

      नेपाल रिडर्स
      बुधबार, अशोज १०, २०८०

      सर्वोच्च अदालतले फेवा तालको क्षेत्रफल र मापदण्डका सम्बन्धमा गरेको फैसलाको पूर्णपाठ आएसँगै यस सम्बन्धमा रहेका सबै पुराना विवादहरु किनारा लाग्ने...

      झिँगा

      झिँगा

      राजेन्द्र पराजुली
      शनिबार, भदौ ३०, २०८०

      (राजेन्द्र पराजुली पछिल्लो समयका सक्रिय कथाकार हुन। कथाकार, पत्रकार र साहित्यिक पत्रकारका रुपमा उनले लामो समय नेपाली भाषाको सेवामा बिताएका...

      संविधानसभा अध्यक्ष नेम्वाङको निधनपछि कसले के भने?

      संविधानसभा अध्यक्ष नेम्वाङको निधनपछि कसले के भने?

      नेपाल रिडर्स
      मङ्लबार, भदौ २६, २०८०

      वरिष्ठ राजनीतिज्ञ तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा निधन भएको छ। हृदयघातका कारण गएराती निधन भएका नेम्वाङ...

      जनवादी क्रान्ति सम्पन्न भैसक्यो, अब समाजवादी कार्यक्रम चाहिन्छ

      छुवाछुतको पुस्तान्तरण: मेरो परिवारको भोगाइ

      गणेश लम्साल
      बुधबार, भदौ ६, २०८०

      बितेका २८ वर्षदेखि मैले र मेरो परिवारले कुनै न कुनै रुपमा जातीय विभेदको सामना गरिरहेको छ। माघ ०५२ मा मेलै...

      किन हिमाल उक्लिँदैछ बाढी?

      किन हिमाल उक्लिँदैछ बाढी?

      डा. विमल रेग्मी
      मङ्लबार, साउन ३०, २०८०

      पहिले हिमाल र पहाडबाट उत्पत्ति भएका नदीमा जल सतह बढेपछि तराई क्षेत्रमा मात्रै बाढी आउँथ्यो। अहिले भने नदी-खोलाको मुहानमै बाढीले...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      शीत युद्धमा भारत र क्यानाडा
      विश्व

      शीत युद्धमा भारत र क्यानाडा

      नरेश ज्ञवाली
      शुक्रबार, अशोज ५, २०८०

      थप पढ्नुहोस्
      जनवादी क्रान्ति सम्पन्न भैसक्यो, अब समाजवादी कार्यक्रम चाहिन्छ
      अन्तर्वार्ता

      जनवादी क्रान्ति सम्पन्न भैसक्यो, अब समाजवादी कार्यक्रम चाहिन्छ

      नेपाल रिडर्स
      बिहिबार, भदौ ७, २०८०

      थप पढ्नुहोस्
      कसले जितिरहेको छ युक्रेन युद्ध?
      विश्व

      कसले जितिरहेको छ युक्रेन युद्ध?

      रोहेज खतिवडा
      सोमवार, भदौ ४, २०८०

      थप पढ्नुहोस्
      अझै छातीमा आगो निभेको छैनः भूपाल राई
      अन्तर्वार्ता

      अझै छातीमा आगो निभेको छैनः भूपाल राई

      नेपाल रिडर्स
      शनिबार, भदौ २, २०८०

      थप पढ्नुहोस्

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist