Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

चितम्बरम काण्ड : मोदी असफलता ढाकछोपको पछिल्लो कडी

नेपाल रिडर्स नेपाल रिडर्स
भदौ ७, २०७६
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    भारतीय अर्थव्यवस्था पछिल्लो ७० वर्ष यता कै खराब हालतबाट गुज्रिरहेको रिपोर्टहरु आइरहेका छन्। मोदी हिन्दु भीरुताले उत्पादन गरेको सामाजिक, आर्थिक दुष्परिणामहरुको परिणतिको रुपमा भारतीय समाज, अर्थव्यवस्था लगभग तहसनहसको अवस्थामा पुगेको सूचनाहरु आइरहेका छन्। ठीक यही बेला, मोदी सरकार भने कहिले काश्मीर काण्ड घटाउनमा तल्लीन हुन्छ भने हाल पी चितम्बरम काण्डको नक्कली नाटक मञ्चन गरेर बिकाउ मिडिया मार्फत आम जनताको ध्यान मोड्न खोजिरहेको देखिन्छ।

    हाल, भारतीय कँग्रेसको केन्द्रीय नेता, पूर्व गृह तथा अर्थ मन्त्री पी चितम्बरमलाई आईएनएक्स मिडिया काण्डमा दोषी देखाउँदै भारतीय जाँच एजेन्सी मार्फत गिरफ्तार गराएर यसरी शोरगुल मच्चाइएको छ, मानौं मोदी सरकारले यस्तो अपराधीलाई समातेको छ, जसले समग्र भारतीय ढुकुटीको हण्डी कब्जा गरेको थियो। मानौ कि अपराधीलाई समातेपछि ढुकुटीको हण्डी फिर्ता हुनेछ र भारतमा तत्काल खुसहाल भैहाल्नेछ। वा, यस्तो अपराधीलाई दण्ड दिलाउनु नै हाल सरकारको एकमात्र मुख्य उद्देश्य र सफलता हो, जुन पहिल्यै किटान गरिएको थियो।

    अघिल्लो कार्यकालको रक्षामन्त्री निर्मला सीतारमणलाई हालको क्याबिनेटमा डमी अर्थमन्त्रीको रुपमा उभ्याइएको छ। हुन त, निर्मलाको शैक्षिक पृष्ठभूमि अर्थशास्त्र रहेतापनि अतिवादको भूत सवार सँस्थाभित्र एक व्यक्तिको पहलकदमी नगण्य हुनजान्छ। भारतीय रिजर्भ बैंकको गर्भनरबाट रघुराम राजनलाई हटाएपछि मोदी सरकारको भारतीय अर्थव्यवस्थामाथि बेलगाम दोहन यात्रा तेजगतिमा अघि बढिरहेको छ भने निर्मलाले उक्त गतिमा स्पिडब्रेकरको भूमिका खेल्न बिल्कुल असमर्थ हुनु सामान्य कुरा हुने नै भयो।

    कतिपय भारतीय मिडियामा १४ वर्ष पुरानो शोहराबुद्धिन शेखको नक्कली इन्काउन्टर केसमा तत्कालीन केन्द्रीय गृहमन्त्री रहेका पी चितम्बरमले तत्कालीन गुजरातका गृहराज्यमन्त्री रहेका अमित शाहलाई फसाएको रिसइबी साँध्न हालका गृहमन्त्री रहेका शाहले चितम्बरममाथि यो मुद्धा र काण्ड उछालेका हुन् भनिएको छ। अमित शाहको अपराधिक पृष्ठभूमि हेर्ने हो भने, उनी गृहराज्यमन्त्री रहेकै बेला बलात्कार र हत्याको आरोपमा उनी जेल चलान भएका थिए, पछि केन्द्रमा मोदी सरकार आएपछि मात्रै सर्वोच्च अदालतबाट उनले सफाइ पाएका थिए। ठीक त्यसरी नै शोहराबुद्धिन केस हेर्ने सर्वोच्च अदालतका एक न्यायधिशलाई गायब पारिएको थियो भने अर्का न्यायधिशले लाचारी व्यक्त गर्दै अमित शाह लगायत सबैलाई सफाइ दिलाइएको थियो। तथापि, यो विषय सहायक मात्रै हुनसक्छ, किनकि, अनुसन्धानको अभियोग लगाइएको जुन आइएनएक्स मिडिया काण्ड छ, त्यसमा ३०५ करोड विदेशी मुद्रा प्रवाहको लागि कानुनी अड्चनलाई सहज बनाउनलाई तत्कालीन अर्थमन्त्री रहेका चितम्बरमको छोरा कार्ति चितम्बरम् मार्फत् १० लाख दिएको कुरा आइएनएक्सका मालिक इन्द्राणी मुखर्जीले बताएको कुरालाई आधार बनाइएको छ। जबकि, हाल इन्द्राणी र उनको पति पिटर मुखर्जी आफ्नै छोरी बीना शोरा हत्याको मुद्दामा जेलमा छन्। यसै अनुमान लगाउन सकिन्छ कि, शक्तिशाली गृहमन्त्रीको दबाबमा जेलमा रहेका अभियुक्तलाई के कस्तो विषय बकाउन सकिन्छ।

    विषय अर्को पनि छ, हाल नेतृत्वहीन र आवाजविहीन रहेको विपक्षी कँग्रेस पार्टीभित्र मोदी सरकारको हालको नाकाम र अतिवादी नीति विरुद्ध पी चितम्बरम पहिलो लहरको आलोचना गर्ने नेता हुन्। तसर्थ, चितम्बरम यसै मोदी सरकारको खतराको घण्टी हुनु कुनै नौलो कुरा रहेन।

    तथापि, सबै विषय, घटना, परिवेश आदिको आधारमा जसरी पी चितम्बरम काण्ड मच्चाएर जस्तो होहल्ला मच्चाइएको छ, यो मूलतः विगतका घटना, भ्रष्टाचार आदि भन्दा पनि मोदी सरकारको नालायकी ढाकछोप उद्देश्य केन्द्रित रचिएको पछिल्लो मञ्चन हो भन्ने कुरा बुझ्न धेरै कसरत गरिरहनु पर्दैन।

    चितम्बरम सन् २००४–२००८ सम्मको आफ्नो अर्थमन्त्री कालमा आर्थिक वृद्धि र राज्यकोषको घाटा कम गराउने उत्तम अर्थमन्त्रीको रुपमा कार्य सम्पादन गरिसकेका पात्र मानिन्छन्। र, हाल विश्व अर्थबजारसँग सम्वाद गर्ने र भारतीय अर्थतन्त्रलाई जोगाएर दिशा दिने अधिकांश अर्थशास्त्री, विज्ञ, प्रशासकहरुलाई लखेटेर मोदी सरकारले राज्यको ढुकुटी दोहन गर्नको लागि सहज कारिन्दाहरु भर्ती गरेर जसरी ७० वर्ष यता कै खराब अवस्थामा भारतीय अर्थतन्त्रलाई पुर्यासएको छ, यसको तीखो आलोचना पूर्व अर्थमन्त्रीको हैसियतले चितम्बरमले गर्नु सामान्य कुरा थियो। तथापि मोदी सरकारको अतिवादी चिन्तन र नीति यस्तो हुनु स्वभाविक छ कि, ३०५ करोडको कारोबारमा अर्थमन्त्रीको हैसियतले तेस्रो व्यक्ति मार्फत १० लाख घुस लिएको आरोपमा यसरी अपराधी करार गरिएको छ, जसको आधार जेलमा रहेको अभियुक्तको कबुलियतनामालाई बनाइएको छ।

    तसर्थ, मोदी सरकार आफ्नो कमजोरी, नालायकी र असफलताहरु ढाकछोप गर्न यस्ता काण्डहरु अरुपनि घटाउँदै जानेछन् जसले भारतीय अर्थतन्त्रमात्रै ध्वस्त बनाउने छैन, क्षेत्रीय तथा आर्थिक सन्तुलनमा समेत असरहरु पैदा गर्नेछ। यसरी इतिहासमा हरेक नाकाम शासकले विभिन्न नाटकहरु मञ्चन गरिहन्छन् जसले समाज, राज्य र व्यवस्थाको सही उपचार र समाधान गर्ने भन्दापनि सामाजिक दुश्चक्रको पूर्नउत्पादनमा कृत्यनामा घटाइरहन्छन्।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.