प्रा.डा. दिव्या सिंह शाहलाई डिन बनाएपछि अनेरास्ववियुले गर्‍यो आइओएममा तालाबन्दी

प्राडा दिब्या सिंह शाहलाई त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान (आइओएम) को डीन बनाउने निर्णय तत्काल सच्याउनुपर्ने माग राख्दै नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिवि आइओएम कार्यलयमा तालाबन्दी गरेको छ।

वरिष्ठता र कार्यकुशलताको मापदण्ड मिचेर राजनीतिक पहुँचको आधारमा प्रा.डा. सिंहलाई नियुक्ति गरिएको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको क्याम्पस इकाईले तालाबन्दी गरेको हो। प्रा.डा. प्रेम ज्ञवाली नेतृत्वको सर्च कमिटीले नाम सिफारिस गरे लगत्तै बुधबार त्रिवि सर्च कमिटीले डा. शाहलाई डीनमा नियुक्ति गरेको थियो।

शाहले प्रधानमन्त्री केपी ओलीको निजी चिकित्सक समेत हुन्। वरिष्ठताको क्रम मिचेर डीन पद हत्याउन प्रधानमन्त्रीबाटै पावर लगाएको भन्ने समेत विद्यार्थीहरुले आरोप लगाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here