ई लाई भेट्न पारस पुगे, ओली पनि पुगेका थिए

पूर्व युवराज पारस शाहले सत्याग्रहमा बसेका इशान अधिकारी ‘ई’ र पुकार बमलाई अस्पतालमै पुगेर भेट गरेका छन् । शुक्रबार दिउँसो पारस सत्याग्रहीलाई भेट्न अस्पताल पुगेका हुन् ।

इनफ इज इनफ अभियानका अधिकारी आठ दिनदेखि पाटन दरबार स्क्वायर परिसरमा सत्याग्रहमा बसेका थिए। कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने माग राख्दै उनी सत्याग्रहमा बसेका हुन् ।बिहीबार उनको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि उनलाई उपचारका लागि राजधानीको मण्डिखाटारस्थित ह्याम्स ‍अस्पताल पुर्‍याइएको थियो।

अर्का सत्याग्रही पुकार बम पनि अस्वस्थ भएपछि उनलाई पनि उपचारका लागि अस्पताल भर्ना गरिएको छ । पोखरामा रहेका पारस बिहीबार मात्रै काठमाडौँ पुगेका थिए । यसअघि बिहीबार साँझ प्रधानमन्त्री ओलीले पनि अस्पतालमै पुगेर सत्याग्रहीहरुसँग भेट गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया