Wednesday, March 3, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

धरानबाट टेकु रिफर भएका विरामीलाई कोरोना संक्रमण नभएको पुष्टि, भोली डिस्चार्ज गरिदै

by पत्रपत्रिकाबाट
February 2, 2020
- समाचार
धरानबाट टेकु रिफर भएका विरामीलाई कोरोना संक्रमण नभएको पुष्टि, भोली डिस्चार्ज गरिदै
Share on FacebookShare on TwitterEmail

कोरोना भाइरस संक्रमण भएको आशंकामा राजधानीको टेकु अस्पताल रिफर भएका धरानका एक विरामीलाई कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।कोरियाबाट करिब एक साताअघि घर फर्किएका ती व्यक्तिलाई ३ दिनदेखि निरन्तर उच्च ज्वरो र घाँटी दुखेपछि प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार गर्न पुगेका थिए । प्रतिष्ठानका चिकित्सकहरुले उनलाई कोरोना संक्रमणको आशंकामा टेकु रिफर गरेको थियो । उपचारको लागि टेकु पुगेका ती विरामीको वाइट ब्लड सेल बढेको र छातीको एक साइडमा इन्फेक्सन भएर निमोनिया भएको पाइएको छ ।

विरामीका श्रीमतिले कपुरीन्यूजसँग मोवाइल सम्पर्कमा आफ्नो श्रीमान्को स्वास्थ्य जाँचपछि कोरोना भाइरस होइन भन्ने रिपोर्ट आएको बताइन् । त्यसैले अस्पतालले विरामीलाई आइसोलेसनमा नराखी जनरल वार्डमा नै राखेर उपचार गरेको थियो । ‘वाइट ब्लड सेल बढेको र छातीमा एक साइडमा इन्फेक्सन भएर निमोनिया भएको रहेछ, कोरोना होइन भन्ने रिपोर्ट आइसकेको छ,’उनले भनिन्,‘विरामी एकदम फिट हुनुहुन्छ, नर्मल भइसक्नुभयो । आज डिस्चार्ज गर्न डाक्टरले नभ्याएर आइतबार भोली हुदैछ ।’

उनले वीपी प्रतिष्ठानजस्तो ठुलो अस्पतालले पनि यति सामान्य कुरा पनि पत्ता नलगाई रिफर गरेर अनावश्यक तनाव दिएको उनले बताइन् । कतिपय मिडियाहरुमा विरामीको पहिचान खुल्ने गरी नाम,ठेगानासमेत उल्लेख गरेर समाचार प्रकाशन भएर आफुहरुले ठुलो मानसिक तनाव खेप्नुपरेको पनि उनले बताइन् । ‘सजग गराउनको लागि समाचार लेख्नु ठिक छ, तर नाम पनि खुलाएर हुदै नभएको कुरामा तनाव दिने काम भयो,’असन्तुष्टी पोख्दै उनले भनिन् । कपूरी न्यूज

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Facebook Twitter Youtube

© 2021 Nepal Readers

No Result
View All Result
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे

© 2021 Nepal Readers

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.