Thursday, March 4, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

मंगलबारः दमनको आलोचनादेखि ‘व्यवस्थासँग बदला लिन संसद विघटन’सम्म

by nepal_readers
January 27, 2021
- समाचार
मंगलबारः दमनको आलोचनादेखि ‘व्यवस्थासँग बदला लिन संसद विघटन’सम्म
Share on FacebookShare on TwitterEmail

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको नेताहरुले चर्को विरोध गर्दै आएका छन् । नेकपा प्रचण्ड–माधव समूह र नेपाली कांग्रेसका नेताहरुले मंगलबार प्रतिगमनको विरोध गर्नुका साथै सोमबार नागरिक आन्दोलनमाथि भएको दमनको आलोचना गरे ।

दमनले थप उर्जा दिन्छः पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नागरिक समाजको शान्तिपूर्ण विरोध कार्यक्रममा भएको दमनको कडा आलोचना गरेका छन् । तानाशाहले आफ्नो अन्तिम घडीमा यसैगरी दमनमा उत्रने गरेको भन्दै नेता पौडेलले नागरिक आन्दोलनप्रति आफ्नो साथ र समर्थन रहेको बताए । ‘तर, दमनले नागरिकलाई थप उर्जा प्रदान गर्दछ र अझै प्रतिगमनसँग डटेर लड्नका लागि प्रतिगमन विरुद्ध सबै आन्दोलनमा मेरो साथ र समर्थन रहनेछ’ पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘लोकतन्त्र र लोकतान्त्रिक संविधानको रक्षाका लागि हुने आन्दोलनमा म आफैं अघिल्लो मोर्चामा हुनेछु ।’ नागरिक आन्दोलनका अगुवाहरुले सोमबार कमलपोखरीदेखि बालुवाटारसम्म गरेको मार्चपासमा प्रहरीले दमन गरेको थियो ।

संविधानको रक्षा गर्ने दायित्व अदालतको : भूसाल

नेकपा प्रचण्ड–माधव समूहका नेता घनश्याम भूसालले संसद विघटन सदर भए यो व्यवस्था नै प्यारालाइज्ड हुने बताएका छन् । तिलोत्तमाको ड्राइभरटोलमा मंगलबार आयोजित अन्तरक्रियामा नेता भूसालले ओलीले गरेको संसद विघटनलाई सर्वोच्च अदालतले सदर गरेमा न्यायपालिकामाथि आक्रमण हुने समेत बताए । अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासँग बदला लिन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेको नेता भूसालको टिप्पणी छ ।

अन्तरक्रियामा नेकपा केन्द्रीय सदस्य ठाकुर गैरेले संसद विघटनविरुद्धको आन्दोलन प्रचण्ड–माधव पक्षको मात्र नभई संविधान, गणतन्त्र र राष्ट्रियता रक्षाको आन्दोलन भएको बताए ।

प्रहरी दमन निन्दनीयः सिंह

कांग्रेस नेता प्रकाशमान सिंहले पनि सामाजिक सञ्चालमार्फत नागरिक आन्दोलनमाथि बालुवाटारमा भएको प्रहरी दमन निन्दनीय भएको बताएका छन् । नेता सिंहले लेखेका छन् ‘असंवैधानिक कदमविरूद्ध बालुवाटारमा शान्तिपूर्ण विरोध कार्यक्रम गर्नेहरुमाथि भएको प्रहरी दमन निन्दनीय छ । नागरिक आन्दोलनको आवाज दबाउन गरिएको हस्तक्षेपले केपी ओेली नेतृत्वको वर्तमान सरकारको तानाशाही र अधिनायकवादी चरित्र उदांगिएको छ ।’

 

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
nepal_readers

nepal_readers

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Discussion about this post

Connect with us

Recommended

दलाल पुँजीवादलाई बोकेर समाजवाद आउदैन – घनश्याम भूसाल

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला ३ (बोलिभिया)

2 years ago
कोलम्बस भन्दा करीव २५०० वर्ष अघि नै चीनियाँहरू अमेरिका पुगेका थिए

कोलम्बस भन्दा करीव २५०० वर्ष अघि नै चीनियाँहरू अमेरिका पुगेका थिए

3 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.