फिलिपिन्सले अमेरिकासँगको सुरक्षा सम्बन्धी सम्झौता रद्ध गर्ने निर्णय गरेको छ । यसअघि भएको सम्झौतामा फिलिपिन्स र अमेरिकाबीच संयुक्त तालिम गर्ने सहमति भएको थियो ।
चीनसँगको पछिल्लो निकटासँगै फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुर्टेटेले अमेरिकासंगको सम्झौता तोड्ने चेतावनी दिंदै आउनुभएको थियो । फिलिपिन्सको विदेशमन्त्रालयले भ्रमणकारी सैन्य दल सम्बन्धी सम्झौताको सुचना अमेरिकालाई पठाइ सकिएको जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ । सुचना अनुसार अबको १ सय ८० दिनमा सम्झौता स्वत रद्द हुनेछ । फिलिपिन्सको पछिल्लो कदमले दुई मुलुकबीचको सम्बन्ध प्रभावित हुने अमेरिकाले चेतावनी दिएको छ ।