Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025
Thursday, December 11, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

चीन वा चीनियाँ जनताहरुलाई सकारात्मक सहयोग र सुझाव दिने चाहना छैन भने मुख मात्र बन्द गर्नुहोस्

नेपाल रिडर्स नेपाल रिडर्स
माघ २९, २०७६
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मित्रहरु! यहाँ कुराहरु ठीकसँग भएका छैनन् है। सन् २०२० को चीनको कोविद १९ भाइरसलाई सन् २००० को अमेरिकी एच १ एन १ भाइरसको महामारीसँग दाजौं

    मारियो काभोलोः सन् २०००मा  संयुक्त राज्य अमेरिकामा एच १ एन १ स्वाइन फ्लू भाइरस महामारी भएका बखत त्यसले ६ करोडलाई संक्रमण गर्यो र  शुरुमा नै कम्तिमा १८,४४९ को ज्यान लिएको बताइयो।  तर एच १ एन १ विश्व महामारीको अन्तिम परिणाम पहिले बताइएको भन्दा ज्यादै दुखदायी थियो। सन् २०१२ मा सरुवा रोग नियन्त्रण केन्द्रले पुरै रिपोर्ट गर्दा त्यो महामारीको कारण करीव ३ लाखको मृत्यु भएको बताइएको थियो। त्यसैबारे म केही बताउन गइरहेकोछु।

    मध्य  चीनको वुहानमा शुरू भएको हालको कोविद १९ को महामारी विरुद्ध आक्रामक मोर्चामा संलग्न रहेको चीन र चिनियाँ जनतालाई कस्ता घिनलाग्दो नकारात्मक शक्तिहरुले आक्रमण गरिररहेकाछन्– म घोत्लिरहेको छु । मलाई केहि प्रश्नहरू सोध्न र उत्तर दिन बाध्य पारिएको छ।

    सन् २००९ एच१एन१ महामारीका बेला, अमेरिकी जातिविरुद्ध घृणा फैलाउने हमलाहरू विश्वमा भएका कुरा मैले कतै सुनिन, के तपाईंहरुले सुन्नु भएको थियो? वास्तवमा, के तपाईंहरुलाई सम्झना छ, अमेरिकामा राष्ट्रिय आपतकालिन घोषणा गर्न नै ६ महिना लागेको थियो? अन्तर्राष्ट्रिय आपतकालीन विश्वव्यापी महामारी घोषित भएको अप्रिल २००९ देखि २०१० को अप्रिल अझ जून महिनासम्म सम्म नै भनौ न, विश्वका कुनै सरकारले आफ्ना नागरिकहरूलाई अमेरिका छोड्नु पर्छ भनेर सूचना पठाएका थिए? या कुनै देशले अमेरिकी यात्रीहरूको लागि सिमाना बन्द गरेका थिए?  अहँ, काहीँ पनि यस्ता वारदात भएका थिएनन्।

    जस्तो मैले भने, मित्रहरु यहाँ केही कुराहरु ठीक भएको छैन है। कोविद १९ का संक्रमणका बारेमा म पढ्दै छु कि चिनियाँ सरकारले संक्रमितको संख्यालाई जानाजानी रिपोर्ट गरिरहेको छैन। तर बुझ्नु पर्छ कि अमेरिकामा फ्लुको महामारी हुँदा त्यहाँको सिडीसीले पनि रिपोर्ट गर्न सकेको थिएन। अमेरिकाको एच १ एन १ स्वाइन फ्लूको संख्या तीन वर्षसम्म अत्यन्त कम रहेको अनुमान गरिएको थियो। त्यसअवधिसम्म अपडेट गर्न नै सकेको थिएन किनभने हे मेरा प्यारा साथीहरु, त्यस्तो भाइरल महामारी आइहाल्ने कुरा कुनै देशले कल्पना गरेको हुँदैन । पर्याप्त जनशक्ति कहिलै पनि हुँदैन, पर्याप्त परीक्षण किट्स पनि हुँदैनन्। पर्याप्त औषधि वा  मेडिकल उपकरण/औजारहरु संचित गरिएको हुँदैन।  चीनले यी कठिनाइहरूलाई लुकाउन खोजेको छैन, तिनीहरूबारे राम्ररी सूचित गरिएका छन् र चीनका दैनिक समाचारहरूमा रिपोर्टिङ हुँदैछन् ।  विश्वका एकतिहाइ जनसंख्या छ, दिनहुँ धेरै जन्मन्छन् र धेरैको मृत्यु पनि हुन्छ । हरेक मृत्युलाई खास भाइरसका कारणले भन्न सकिदैंन। तथ्यहरू के हुन् भने कुनै पनि स्वास्थ्य समस्या चीनको स्वास्थ्य प्रणाली वा सरकारको लागि अद्वितीय छैन।

    यो कुनै षडयन्त्र होइन, केवल त्रासदी हो

    अमेरिकाको एच १ एन १ भाइरस महामारीको ३ वर्षपछि जून २७, २०१२ अनुसन्धान रिपोर्ट पढ्नु भयो भने तपाईंले त्यस महामारीको विश्वभरको मृत्यु संख्या थाहा पाएर विचलित हुनु हुनेछ। यसबारे ‘सेन्टर फर इन्फेक्सियस डिजिज रिसर्च एण्ड पोलिसी’ को वेबसाइटको एक आर्टिकलमा उल्लेख गरिएको छ,  सिडिसिको कुल मृत्यु संख्या १८,४४९  “… वास्तविकता भन्दा धेरै कम भएको भनिन्छ, किनभने फ्लू सम्बन्धी कारणहरुले मरेकाहरुको के कारणले मरे भनेर टेस्ट गरिएका थिएनन्।” त्यसोभए २००९ को महामारीका बेला के कसैले अमेरिकी मेडिकल र सरकारी अधिकारीहरूले उक्त नम्बर लुकाएको आरोप लगाएका थिए? के कुनै अमेरिकीहरूले वास्तवमा महामारीले कतिको ज्यान लिइरहेको छ भनेर प्रमाणित गर्न  मायो क्लिनिकमा क्यामेराहरू लुकाएर धर्ना दिएका थिए ? के केरा बुझ्नु पर्छ भने कोविद १९ भाइरस वा अरु कुनैबाट संक्रमित न्यूमोनिया दुवैको उपचार विधि भनेको थप स्वास्थ्य समस्या रोक्ने सहयोगी उपचार नै हो।

    मित्रहरु यहाँ केही कुराहरु ठीक भएको छैन है। विश्वले चीनको यस महामारी विरुद्ध चालेको अभूतपूर्व, फराकिलो, आक्रामक अनुक्रियाको सराहना गर्नुपर्दछ। (विश्व स्वास्थ्य संघका अधिकारीहरू र विश्वका अन्य धेरै सरकारी र स्वास्थ्य सेवा अधिकारीहरू छन्।) म यहाँ चीनको भूमिमा यहाँ आफ्नै आँखाले हेरिरहेको छु र यो कुनै पनि उपायबाट अतुलनीय छ, ठूलो आर्थिक त्यागको उल्लेख नगरी।

    म तपाईंहरुलाई केही थप कुरा बताउँछु: “सीडीसीका अनुसन्धानकर्ताहरूले गरेको अनुमान अनुसार २००९ को एच१ एन१ महामारीले २ लाख १ हजार २००को श्वासप्रश्वास समस्याको कारणले मृत्यु भयो र एच१ एन १ संक्रमणसँग सम्बन्धित हृदय रोगबाट ८३ हजार ३०० भन्दा बढी मृत्यु भयो।” कुल: २ लाख ८४ हजार को मृत्यु भयो। उफ्  कति दुखद, हैन त?

    • के त्यसबेला अमेरिका आउने र जाने यात्रा प्रतिबन्ध गरिएको थियो?
    • के चीन, जर्मनी, जापान वा अन्य कुनै देशले अमेरिकी यात्रुहरूलाई आफ्नो सीमा बन्द गरेका थिए?

    आज मैले अपडेटमा हेरेँ कि संयुक्त राज्य अमेरिकाको विदेश विभागले संयुक्त राज्य अमेरिकाका नागरिकहरुलाई चीन छाड्ने सल्लाह दिएपछि बेलायती दूतावासले पनि यस्तै सूचना जारी गर्यो।

    • २००९ मा, अमेरिकामा रहेका बेलायती नागरिकलाई अमेरिका छोड्न यस्तो सूचना दिइएको थियो?  अहँ थिएन।
    • अमेरिकाको सीमाना बन्द गरौं ! के विश्वमा कसैले अमेरिकाबाट टाढा रहन राख्न सुझाव दिइयो? अहँ त्यस्तो सोच्दा पनि सोचिएन।
    • के अमेरिकीहरूबाट चिनियाँले हाल अनुभव गरिरहेको जस्तो अमेरिकी जातिप्रति घृणा गर्दै आक्रमण र लक्षित गरियो?  अहँ, त्यस्तो गरिएन।

    भन्दा नपत्याउन सक्नु हुन्छ यदि तपाईं वुहानबाहेक चीनका अन्य स्थानमा हुनुहुन्छ भने, तपाईं यहाँबाट भाग्नु भन्दा सम्भवतः सुरक्षित, आरामपूर्वक र अझ सुनिश्चत हुनुहुन्छ । तपाईं यस देशमा भन्दा अन्यत्र सुरक्षित हुन सक्नुहुन्न किनकि यहाँ प्रायः सबैजना घरमै बस्दै छन् र सचेतताका साथ कर्तव्यपरायण भई वचावट उपायहरु अपनाइरहेका छन्। चिनियाँ सरकारले सयौं अरबौंको आर्थिक मूल्य चुकाउँदै समाज, परिवार, जनताको सुरक्षा गर्ने निर्णयको यहाँ उल्लेख नगरौं।

    मेरो एक मित्र  एरिजोनाको मेसामा छन्। उनले मलाई भने- चिनका ठूला शहरका व्यस्त होटलहरुमा कुनै ग्राहक देखिदैनन्। के त्यसले कुनै अर्थ राख्छ?

    तर्कसंगत हुनका लागि हाम्रा तर्क­ क्षमताको परीक्षण गरौः

    यदि तपाईं मियामीमा हुनुहुन्थ्यो र इटालीको दक्षीणको समुद्री किनारमा रहेको एक इटालियन रेस्टुरेन्टमा पार्टी आयोजना गर्न बुकिङ्ग गर्नु भएको थियो तर तपाईंले मध्य इटालीको मिलान शहरमा भाइरस महामारी सुरु भएको कुरा सुन्नुभयो भने, के तपाईं त्यस देशको दक्षीणको समुद्री किनारमा रहेको पार्टी रद्द गर्नुहुन्थ्यो? म भन्छु – तपाईं त्यसो गर्नु हुन्नथ्यो।

    यदि तपाईं सिंगापुरमा हुनुहुन्थ्यो र सिंगापुरको ह्युस्टनको मालिकले टेक्सासको कुनै दक्षिण क्षेत्रमा एक रात्रि भोज निश्चित गरेको थियो । यसैबेला मध्य अमेरिकाको टेक्सासको डलासमा भाइरसको प्रकोप भएको तपाईंले सुन्नुभयो भने, के तपाईं टेक्सासको दक्षिण क्षेत्रमा रहेको बीबीक्यू रेस्टुरेन्टको सेकुवा खान जान रोकिनु हुन्छ?

    के तपाईं शिकागोका सडकमा गहुँगोरो छाला र कालो कपाल भएको इटालीयन जस्तो देखिने मानिसहरूलाई तिरस्कार गर्नुहुन्छ? के तपाईं काउव्वाई टोपी लगाउनेहरूलाई तिरस्कार गर्नुहुन्छ, किनकि तिनीहरू सिंगापुरमा टेक्सासको दक्षिण क्षेत्रबाट आएका थिए किनकि टेक्सासको डलासमा भाइरसको महामारी छ र त्यो भर्खर विमानभित्र पसेको हुन सक्छ? आजको समाजमा एक अनौंठो मूर्खतापूर्ण र बकवासपूर्ण चरमपन्थ र अभियान चल्ने गरेकोछ र तपाईंहामीहरुले यसतो कुकार्यलाई रोक्न सक्दो प्रयास गर्नुपर्दछ। म अनुरोध गर्छु कसैले पनि कुनै जातिप्रति तिरस्कार गर्ने कार्यमा सबै सहभागी नहोऔं।

    जेनोफोबिया अब रोक्न आवश्यक छ। जे होस् दुई हप्ता वा १ महिना पछि, यो नराम्रो प्रकारको फ्लू कोविद १९ भाइरसको संक्रमण कम हुन थाल्नेछ र वसन्त बहार हुनेछ। यसबीचमा तपाईंसँग चीन वा चिनियाँ जनताहरुलाई सकारात्मक सहयोग र सुझाव दिने चाहना र कामना छैन भने केही दिनका लागि मुख मात्र बन्द गरिदिए पनि सहयोग हुन्छ।

    मारियो काभोलोः चिनस्थित एक फ्रिल्यान्सर पत्रकार हुन्। 

    स्रोतः कम्वोडियाबाट प्रकाशित हुने खमेर टाइम्समा ११ फरवरी २०२० मा प्रसारित।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.