Wednesday, March 3, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home विमर्शका लागि

चीन वा चीनियाँ जनताहरुलाई सकारात्मक सहयोग र सुझाव दिने चाहना छैन भने मुख मात्र बन्द गर्नुहोस्

by नेपाल रिडर्स
February 12, 2020
- विमर्शका लागि, समाचार
चीन वा चीनियाँ जनताहरुलाई सकारात्मक सहयोग र सुझाव दिने चाहना छैन भने मुख मात्र बन्द गर्नुहोस्
Share on FacebookShare on TwitterEmail

मित्रहरु! यहाँ कुराहरु ठीकसँग भएका छैनन् है। सन् २०२० को चीनको कोविद १९ भाइरसलाई सन् २००० को अमेरिकी एच १ एन १ भाइरसको महामारीसँग दाजौं

मारियो काभोलोः सन् २०००मा  संयुक्त राज्य अमेरिकामा एच १ एन १ स्वाइन फ्लू भाइरस महामारी भएका बखत त्यसले ६ करोडलाई संक्रमण गर्यो र  शुरुमा नै कम्तिमा १८,४४९ को ज्यान लिएको बताइयो।  तर एच १ एन १ विश्व महामारीको अन्तिम परिणाम पहिले बताइएको भन्दा ज्यादै दुखदायी थियो। सन् २०१२ मा सरुवा रोग नियन्त्रण केन्द्रले पुरै रिपोर्ट गर्दा त्यो महामारीको कारण करीव ३ लाखको मृत्यु भएको बताइएको थियो। त्यसैबारे म केही बताउन गइरहेकोछु।

मध्य  चीनको वुहानमा शुरू भएको हालको कोविद १९ को महामारी विरुद्ध आक्रामक मोर्चामा संलग्न रहेको चीन र चिनियाँ जनतालाई कस्ता घिनलाग्दो नकारात्मक शक्तिहरुले आक्रमण गरिररहेकाछन्– म घोत्लिरहेको छु । मलाई केहि प्रश्नहरू सोध्न र उत्तर दिन बाध्य पारिएको छ।

सन् २००९ एच१एन१ महामारीका बेला, अमेरिकी जातिविरुद्ध घृणा फैलाउने हमलाहरू विश्वमा भएका कुरा मैले कतै सुनिन, के तपाईंहरुले सुन्नु भएको थियो? वास्तवमा, के तपाईंहरुलाई सम्झना छ, अमेरिकामा राष्ट्रिय आपतकालिन घोषणा गर्न नै ६ महिना लागेको थियो? अन्तर्राष्ट्रिय आपतकालीन विश्वव्यापी महामारी घोषित भएको अप्रिल २००९ देखि २०१० को अप्रिल अझ जून महिनासम्म सम्म नै भनौ न, विश्वका कुनै सरकारले आफ्ना नागरिकहरूलाई अमेरिका छोड्नु पर्छ भनेर सूचना पठाएका थिए? या कुनै देशले अमेरिकी यात्रीहरूको लागि सिमाना बन्द गरेका थिए?  अहँ, काहीँ पनि यस्ता वारदात भएका थिएनन्।

जस्तो मैले भने, मित्रहरु यहाँ केही कुराहरु ठीक भएको छैन है। कोविद १९ का संक्रमणका बारेमा म पढ्दै छु कि चिनियाँ सरकारले संक्रमितको संख्यालाई जानाजानी रिपोर्ट गरिरहेको छैन। तर बुझ्नु पर्छ कि अमेरिकामा फ्लुको महामारी हुँदा त्यहाँको सिडीसीले पनि रिपोर्ट गर्न सकेको थिएन। अमेरिकाको एच १ एन १ स्वाइन फ्लूको संख्या तीन वर्षसम्म अत्यन्त कम रहेको अनुमान गरिएको थियो। त्यसअवधिसम्म अपडेट गर्न नै सकेको थिएन किनभने हे मेरा प्यारा साथीहरु, त्यस्तो भाइरल महामारी आइहाल्ने कुरा कुनै देशले कल्पना गरेको हुँदैन । पर्याप्त जनशक्ति कहिलै पनि हुँदैन, पर्याप्त परीक्षण किट्स पनि हुँदैनन्। पर्याप्त औषधि वा  मेडिकल उपकरण/औजारहरु संचित गरिएको हुँदैन।  चीनले यी कठिनाइहरूलाई लुकाउन खोजेको छैन, तिनीहरूबारे राम्ररी सूचित गरिएका छन् र चीनका दैनिक समाचारहरूमा रिपोर्टिङ हुँदैछन् ।  विश्वका एकतिहाइ जनसंख्या छ, दिनहुँ धेरै जन्मन्छन् र धेरैको मृत्यु पनि हुन्छ । हरेक मृत्युलाई खास भाइरसका कारणले भन्न सकिदैंन। तथ्यहरू के हुन् भने कुनै पनि स्वास्थ्य समस्या चीनको स्वास्थ्य प्रणाली वा सरकारको लागि अद्वितीय छैन।

यो कुनै षडयन्त्र होइन, केवल त्रासदी हो

अमेरिकाको एच १ एन १ भाइरस महामारीको ३ वर्षपछि जून २७, २०१२ अनुसन्धान रिपोर्ट पढ्नु भयो भने तपाईंले त्यस महामारीको विश्वभरको मृत्यु संख्या थाहा पाएर विचलित हुनु हुनेछ। यसबारे ‘सेन्टर फर इन्फेक्सियस डिजिज रिसर्च एण्ड पोलिसी’ को वेबसाइटको एक आर्टिकलमा उल्लेख गरिएको छ,  सिडिसिको कुल मृत्यु संख्या १८,४४९  “… वास्तविकता भन्दा धेरै कम भएको भनिन्छ, किनभने फ्लू सम्बन्धी कारणहरुले मरेकाहरुको के कारणले मरे भनेर टेस्ट गरिएका थिएनन्।” त्यसोभए २००९ को महामारीका बेला के कसैले अमेरिकी मेडिकल र सरकारी अधिकारीहरूले उक्त नम्बर लुकाएको आरोप लगाएका थिए? के कुनै अमेरिकीहरूले वास्तवमा महामारीले कतिको ज्यान लिइरहेको छ भनेर प्रमाणित गर्न  मायो क्लिनिकमा क्यामेराहरू लुकाएर धर्ना दिएका थिए ? के केरा बुझ्नु पर्छ भने कोविद १९ भाइरस वा अरु कुनैबाट संक्रमित न्यूमोनिया दुवैको उपचार विधि भनेको थप स्वास्थ्य समस्या रोक्ने सहयोगी उपचार नै हो।

मित्रहरु यहाँ केही कुराहरु ठीक भएको छैन है। विश्वले चीनको यस महामारी विरुद्ध चालेको अभूतपूर्व, फराकिलो, आक्रामक अनुक्रियाको सराहना गर्नुपर्दछ। (विश्व स्वास्थ्य संघका अधिकारीहरू र विश्वका अन्य धेरै सरकारी र स्वास्थ्य सेवा अधिकारीहरू छन्।) म यहाँ चीनको भूमिमा यहाँ आफ्नै आँखाले हेरिरहेको छु र यो कुनै पनि उपायबाट अतुलनीय छ, ठूलो आर्थिक त्यागको उल्लेख नगरी।

म तपाईंहरुलाई केही थप कुरा बताउँछु: “सीडीसीका अनुसन्धानकर्ताहरूले गरेको अनुमान अनुसार २००९ को एच१ एन१ महामारीले २ लाख १ हजार २००को श्वासप्रश्वास समस्याको कारणले मृत्यु भयो र एच१ एन १ संक्रमणसँग सम्बन्धित हृदय रोगबाट ८३ हजार ३०० भन्दा बढी मृत्यु भयो।” कुल: २ लाख ८४ हजार को मृत्यु भयो। उफ्  कति दुखद, हैन त?

  • के त्यसबेला अमेरिका आउने र जाने यात्रा प्रतिबन्ध गरिएको थियो?
  • के चीन, जर्मनी, जापान वा अन्य कुनै देशले अमेरिकी यात्रुहरूलाई आफ्नो सीमा बन्द गरेका थिए?

आज मैले अपडेटमा हेरेँ कि संयुक्त राज्य अमेरिकाको विदेश विभागले संयुक्त राज्य अमेरिकाका नागरिकहरुलाई चीन छाड्ने सल्लाह दिएपछि बेलायती दूतावासले पनि यस्तै सूचना जारी गर्यो।

  • २००९ मा, अमेरिकामा रहेका बेलायती नागरिकलाई अमेरिका छोड्न यस्तो सूचना दिइएको थियो?  अहँ थिएन।
  • अमेरिकाको सीमाना बन्द गरौं ! के विश्वमा कसैले अमेरिकाबाट टाढा रहन राख्न सुझाव दिइयो? अहँ त्यस्तो सोच्दा पनि सोचिएन।
  • के अमेरिकीहरूबाट चिनियाँले हाल अनुभव गरिरहेको जस्तो अमेरिकी जातिप्रति घृणा गर्दै आक्रमण र लक्षित गरियो?  अहँ, त्यस्तो गरिएन।

भन्दा नपत्याउन सक्नु हुन्छ यदि तपाईं वुहानबाहेक चीनका अन्य स्थानमा हुनुहुन्छ भने, तपाईं यहाँबाट भाग्नु भन्दा सम्भवतः सुरक्षित, आरामपूर्वक र अझ सुनिश्चत हुनुहुन्छ । तपाईं यस देशमा भन्दा अन्यत्र सुरक्षित हुन सक्नुहुन्न किनकि यहाँ प्रायः सबैजना घरमै बस्दै छन् र सचेतताका साथ कर्तव्यपरायण भई वचावट उपायहरु अपनाइरहेका छन्। चिनियाँ सरकारले सयौं अरबौंको आर्थिक मूल्य चुकाउँदै समाज, परिवार, जनताको सुरक्षा गर्ने निर्णयको यहाँ उल्लेख नगरौं।

मेरो एक मित्र  एरिजोनाको मेसामा छन्। उनले मलाई भने- चिनका ठूला शहरका व्यस्त होटलहरुमा कुनै ग्राहक देखिदैनन्। के त्यसले कुनै अर्थ राख्छ?

तर्कसंगत हुनका लागि हाम्रा तर्क­ क्षमताको परीक्षण गरौः

यदि तपाईं मियामीमा हुनुहुन्थ्यो र इटालीको दक्षीणको समुद्री किनारमा रहेको एक इटालियन रेस्टुरेन्टमा पार्टी आयोजना गर्न बुकिङ्ग गर्नु भएको थियो तर तपाईंले मध्य इटालीको मिलान शहरमा भाइरस महामारी सुरु भएको कुरा सुन्नुभयो भने, के तपाईं त्यस देशको दक्षीणको समुद्री किनारमा रहेको पार्टी रद्द गर्नुहुन्थ्यो? म भन्छु – तपाईं त्यसो गर्नु हुन्नथ्यो।

यदि तपाईं सिंगापुरमा हुनुहुन्थ्यो र सिंगापुरको ह्युस्टनको मालिकले टेक्सासको कुनै दक्षिण क्षेत्रमा एक रात्रि भोज निश्चित गरेको थियो । यसैबेला मध्य अमेरिकाको टेक्सासको डलासमा भाइरसको प्रकोप भएको तपाईंले सुन्नुभयो भने, के तपाईं टेक्सासको दक्षिण क्षेत्रमा रहेको बीबीक्यू रेस्टुरेन्टको सेकुवा खान जान रोकिनु हुन्छ?

के तपाईं शिकागोका सडकमा गहुँगोरो छाला र कालो कपाल भएको इटालीयन जस्तो देखिने मानिसहरूलाई तिरस्कार गर्नुहुन्छ? के तपाईं काउव्वाई टोपी लगाउनेहरूलाई तिरस्कार गर्नुहुन्छ, किनकि तिनीहरू सिंगापुरमा टेक्सासको दक्षिण क्षेत्रबाट आएका थिए किनकि टेक्सासको डलासमा भाइरसको महामारी छ र त्यो भर्खर विमानभित्र पसेको हुन सक्छ? आजको समाजमा एक अनौंठो मूर्खतापूर्ण र बकवासपूर्ण चरमपन्थ र अभियान चल्ने गरेकोछ र तपाईंहामीहरुले यसतो कुकार्यलाई रोक्न सक्दो प्रयास गर्नुपर्दछ। म अनुरोध गर्छु कसैले पनि कुनै जातिप्रति तिरस्कार गर्ने कार्यमा सबै सहभागी नहोऔं।

जेनोफोबिया अब रोक्न आवश्यक छ। जे होस् दुई हप्ता वा १ महिना पछि, यो नराम्रो प्रकारको फ्लू कोविद १९ भाइरसको संक्रमण कम हुन थाल्नेछ र वसन्त बहार हुनेछ। यसबीचमा तपाईंसँग चीन वा चिनियाँ जनताहरुलाई सकारात्मक सहयोग र सुझाव दिने चाहना र कामना छैन भने केही दिनका लागि मुख मात्र बन्द गरिदिए पनि सहयोग हुन्छ।

मारियो काभोलोः चिनस्थित एक फ्रिल्यान्सर पत्रकार हुन्। 

स्रोतः कम्वोडियाबाट प्रकाशित हुने खमेर टाइम्समा ११ फरवरी २०२० मा प्रसारित।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
नेपाल रिडर्स

नेपाल रिडर्स

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Connect with us

Recommended

हिन्दु धर्म होइन, संस्कृति हो ! नेपाली समाजको प्रारम्भिक इतिहासको खोजी

हिन्दु धर्म होइन, संस्कृति हो ! नेपाली समाजको प्रारम्भिक इतिहासको खोजी

4 years ago
प्रिय अफ्रिकीहरू! यूरोपियन र अमेरिकी विचारहरूले हामीलाई बचाउन सक्दैन – केवल हाम्राले मात्र सक्छ

प्रिय अफ्रिकीहरू! यूरोपियन र अमेरिकी विचारहरूले हामीलाई बचाउन सक्दैन – केवल हाम्राले मात्र सक्छ

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.