Friday, April 16, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

भारतीय टिभीमा मिठो बोली, मोदीको योजना पच्छ्याउँदै ओली?

by सहयोगीबाट
January 12, 2021
- समाचार
भारतीय टिभीमा मिठो बोली, मोदीको योजना पच्छ्याउँदै ओली?
Share on FacebookShare on TwitterEmail

हुँदाखाँदाको झण्डै दुई तिहाई बहुमतलाई रद्दिको टोकरीमा फ्याँकेर प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा बहुमत ल्याउने भन्दै देश दौडाहा थाल्नुभएको छ । अब फेरि उहाँलाई बहुमत किन चाहियो ? विघटन गर्न ? आगामी दिनमा पनि बहुमत ल्याएको प्रधानमन्त्रीले पुनः संसद विघटन गर्दैन भन्ने के ग्यारेण्टी छ ? छँदाखाँदाको चर्को बहुमतलाई लत्याएर संसद विघटन गर्ने हो भने फेरि बहुमत किन दिने ?

चुनाव भयो भने त्यसपछि कोही न कोही प्रधानमन्त्री अवश्य बन्छ । अनि त्यसलाई पनि पार्टीले आफ्नो कुरो भन्ने भइहाल्यो । संसदीय व्यवस्थामा राजनीतिक पार्टीले आफ्नो संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाउनु र उसलाई पार्टीको नीति तथा कार्यक्रम अघि बढाउन घच्घच्याउनु स्वाभाविक हो । तर,आफ्नो स्वार्थ अनुकूल नहुने बित्तिक्कै संसद विघटन गर्न पाइन्छ भन्ने नजिर अहिलेका प्रधानमन्त्रीले दिइसक्नुभएको छ ।

त्यसैले अब चुनाव किन गर्ने ? फेरि विघटनको लागि ? हुनतः प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गर्नैको लागि भनेर संसद विघटन गर्नुभएको पनि होइन । अनि,चुनाव सम्पन्न गर्नलाई निर्वाचनको मिति तोकेको पनि होइन ।

राजनीतिक विश्लेषकहरूका अनुसार अहिलेको राजनीतिक कदम ‘काष्टिङ्ग’ मात्रै हो । प्रधानमन्त्री ओलीले आफ्ना खास मान्छेहरूलाई भित्रभित्रै चुनाव बैशाखमा होइन,मंसिरमा गर्नुपर्ला भनि सक्नुभएको छ । उहाँले बैशाखको लागि भन्दै तयारीचाँहि मंसिरको लागि गर्न भन्नुभएको हो । अनि मंसिरमा चाँहि निवर्तमान माननीय निरू पालले यसअघि भनेझैँ संघीयता र धर्म निरपेक्षता दुवैलाई मंसिरको चुनावसँगै जनमत संग्रहमा लैजाने योजना बुनिएको हुनसक्छ ।

बालुवाटारको किचेन क्याबिनेटले बनाएको योजना र रणनीतिमा ‘संघीयता र हिन्दू धर्मलाई मिसाउने’ भनिएको छ । उक्त एजेण्डा प्रधानमन्त्रीले बोक्नुहुने भएकाले त्यो सरकारवादी नेकपाको हुने नै भयो । अनि त्यसपछि जो जो संघीयता र धर्म निरपेक्षताको पक्षधर छन्,उनीहरूलाई सिनित्त पारेर बढार्न सजिलो हुने राजनीतिक रोडम्याप कोरिएको बताइन्छ । त्यसपछि हुने भनेको यो वा त्यो नाममा अन्ततः संविधानलाई ध्वस्त बनाउने नै हो ।

उता भारतको सत्तारुढ दल बिजेपीलाई पनि हाम्रो प्रधानमन्त्रीलाईझैँ ती दुईवटा कुरा भित्रैदेखि मन परेको छैन । मन नपरेको कुरो संविधान जारी गर्ने बेलैमा पोखिएको थियो । अहिले बीजेपीको कुरो पनि ठ्याक्कै त्यहि हो ।

बीजेपीको लक्ष्य पनि आगामी चुनावलाई लक्षित गरेर विवादास्पद बाबरी मस्जिद भएको ठाउँमा राम जन्मभूमि अयोध्या मन्दिर बनाउने रहेको छ । हिन्दुत्वलाई अघि बढाउने र मुस्लिमलगायतका धर्मावलम्बीलाई खेद्ने विषयलाई चुनावी रणनीति बनाउन भारतमा बीजेपी कम्मर कसेर लागिसकेको छ ।

अनि यताचाँहि पार्टी विभाजनको क्षति भारतीय सत्तारुढ दललेझैं सरकारवादी नेकपाले हिन्दुत्व पक्षधर र संघीयता बिरोधीहरूबाट भरपुर्ताल हुने अपेक्षा राखेको छ । हुनपनि कोरोनाको मध्य महामारीमा ट्रम्पले गायत्री मन्त्र पाठ गराएका थिए । मोदीले थाल ठटाउन र बत्ती बाल्न लगाए । ओलीले पनि त्यसैगरी बत्ती बाल्न लगाएकै हो । ट्रम्पबाहेक मोदी र ओलीको अन्तर्य हिन्दूत्व र हिन्दू धर्मको प्रवर्धन गर्नु नै हो । किनकि कुनैपनि धर्मको प्रवद्र्धन भनेको त्यो समाजमा रहेका अधिकांश गरिबबाट धनीहरूलाई बचाउने एउटा सजिलो जुक्ति हो ।

यो बाटोबाट प्रधानमन्त्री र उहाँको समूह कम्मर कसेर अघि बढिरहेको देखिन्छ । त्यसबाट मधेशमा हुने क्षतिपूर्ति र पार्टी विभाजनबाट हुने असर हिन्दुत्व र धर्मसापेक्षता एवम् संघीयता विरोधी भावनाबाट ‘क्यास’ हुने विश्वास गरिएको छ । यसलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निकै परसम्मको राजनीतिक सोच भनेरसमेत व्याख्या गरिएको छ ।यो विश्लेषण जनआस्थाको हो।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
सहयोगीबाट

सहयोगीबाट

Connect with us

Recommended

बिफरको खोप जेनरले मात्र होइन, खोज्ने अरु दैंत्यहरु पनि थिए

बिफरको खोप जेनरले मात्र होइन, खोज्ने अरु दैंत्यहरु पनि थिए

1 year ago
के रुस र इरान गठबन्धन–सहयोगीहरु हुन्?

के रुस र इरान गठबन्धन–सहयोगीहरु हुन्?

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.