Wednesday, March 3, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

‘प्राथमिकता गुमाएर आएको नीति तथा कार्यक्रम’ले मुलुकलाई संकटबाट बाहिर ननिकाल्ने – प्रतिपक्षी दलका नेता

by पत्रपत्रिकाबाट
May 15, 2020
- समाचार
‘प्राथमिकता गुमाएर आएको नीति तथा कार्यक्रम’ले मुलुकलाई संकटबाट बाहिर ननिकाल्ने – प्रतिपक्षी दलका नेता
Share on FacebookShare on TwitterEmail

प्रमुख प्रतिपक्षी दलका नेताहरुले ‘प्राथमिकता गुमाएर आएको नीति तथा कार्यक्रम’ले मुलुकलाई संकटबाट बाहिर निकाल्ने नसक्ने प्रतिक्रिया दिएका छन्।

नीति तथा कार्यक्रम सार्वजनि पछि प्रतिक्रिया दिँदै नेताहरुले वर्तमान आवश्यकताको प्रथामिकता सरकारले सम्बोधन गर्न नसकेको प्रतिक्रिया नेताहरुले दिएका हुन्।  नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले सरकारले प्राथमिकता गुमाएर ल्याएको नीति र कार्यक्रमले मुलुकलाई संकटबाट बाहिर निकाल्न नसक्ने बताए।

‘सरकारले प्राथमिकता गुमाएको र प्राथमिकता गुमाएर बनेको कार्यक्रम, नीतिले यो संकटबाट मुलुकलाई बहिर निकाल्न सक्दैन’, उनले भने, ‘त्यसैले ६३ पानाको नीति कार्यक्रम विर्षेर प्राथमिकता तर्फ ध्यान दिन आग्रह गर्दछु। कोरोना महामारीबाट आउने अवशर र चुनौतीको सामना गर्ने कुराका लागि अगाडी बढ्न आग्रह गर्दछु।’ रिजालले सीमा अतिक्रमणको विषयमा सरकारले भरोसा गर्न सकिने कुरा नभनेको बताए।

अन्तिम समयमा आएर अलिकति बोलेपनि सरकारले गम्भिरता नदेखाएको आरोप उनले लगाए। सरकारले काम गरेर प्रमाणि गरे आफुहरुको साथ सधै रहने उनले बताए। कांग्रेसका अर्का नेता शशांक कोइरालाले कोरोना महामारीको अवस्थालाई ध्यान दिनुपर्ने भएपनि ध्यान अन्यतिर गएको बताए। सरकारले कोरोना महामारी नियन्त्रणलाई जति ध्यान दिनुपर्ने हो त्यतातिर ध्यान नगएको उनले बताए।

उनले भने, ‘सरकारले प्राथमिकता नदिएको होइन तर जति महत्वका साथ दिनुपर्ने थियो, त्यति दिएको छैन।’ अर्का नेता प्रदीप गिरिले विश्‍व नै कोरोना संकटसँग जुधिरहेका बेला सरकारले पुरानै कुराहरुलाई दोहोर्‍याएको बताए। कोरोनाको सामना गर्न नेपालसँग पर्याप्त तयारी र स्रोत साधन नभएको उल्लेख गर्दै उनले भने, ‘नीति तथा कार्यक्रममा पुरानै कुरा भनियो। दोहोर्‍यायो। जनतालाई कुनै पनि आत्मविश्वास, आशा र भरोसा नदिने र आन्तरिक रुपमा पुरानै योजना पुरा गरिने छ पूरा गरिने छ भन्‍ने मन्त्र मात्रै जप गर्नु साह्रै हास्यास्पद हो।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले आर्थिक चुनौतीको सामना गर्नुपर्ने बेला ठोस नीति तथा कार्यक्रम नआएको बताए। भ्रष्टाचार निर्मुल गर्ने र नियन्त्रण गर्ने सरकारको प्रगतिवद्धता कमजोर देखिएको उनले बताए।  ‘कोभिडपछि ठूलो संख्यामा बेरोजगारी समस्या उत्पन्‍न हुन्छ। वैदेशिक रोजगारीबाट लाखौ युवाहरु फर्किँदैछन्’, उनले भने, ‘रोजगार प्रवर्द्धन गर्ने ठोस कार्यक्रम देखिएन। आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने कुनै कार्यक्रम छैनन्। आशा जोगाउन सक्ने नीति तथा कार्यक्रम भएन।’थाहाखबर

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

युरी गागारिनको सफलताकी एक प्रेरक महान महिला भ्यालेन्टिनाको देहवसान 

युरी गागारिनको सफलताकी एक प्रेरक महान महिला भ्यालेन्टिनाको देहवसान 

12 months ago
दलाल पुँजीवादलाई बोकेर समाजवाद आउदैन – घनश्याम भूसाल

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला २ (ब्राजिल)

2 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.