Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

गरिबी र महिलाको संघर्षलाई लिएर किन रोमान्टिसाइज गरिन्छ?

सीमान्तकृत परिवारका समस्याहरूलाई बुझ्नका लागि उनकै ठाउँमा बसेर जमिनस्तरमा काम र अनुसन्धान गर्न आवश्यक छ। गरिबी आर्थिक विषय मात्रै होइन, यो सामाजिक समस्या पनि हो र यो मुद्दा कुनै एउटा लिङ्गसँग मात्रै सम्बन्धित छैन।

मलाबिका धर मलाबिका धर
मंसिर १, २०७९
- समाचार, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    गरिब हुनु कसैको रहर होइन, गरिबी बाध्यता हो। यही बाध्यताको श्रृंखलाहरूलाई झेल्न अभ्यस्त भइसकेकाहरूको एउटा झलक जब कुनै महंगो क्यामेरामा कैद हुन्छ र त्यो समाजिक सञ्जालको दुनियाँमा पुग्छ भने त्यसले धेरैको ध्यान खिच्ने गर्छ। गरिबी, अभाव, दुःख र छाक टार्नका लागि मात्रै गरिएका कठिन परिश्रमहरू देखिने तस्बिहरू सामाजिक सञ्जालमा देखेर कतिले दुःख पोख्छन् त कतिले निम्नस्तरको जीवनशैलीमा पनि खुशी हुन सकेको भन्दै प्रशंसा गर्छन्, शेयर गर्छन् र भाइरल बनाउँछन्।

    सामान्यतः सामाजिक सञ्जालमा हुनेखानेहरूकै पहुँच हुन्छ। जो गरिब भएकै कारण भाइरल हुन्छन्, ती मध्ये कतिले त आफूमाथि गरिएका टिप्पणी समेत सुन्न र देख्न पाएका हुँदैनन्। यसमा पनि खासगरी गरिब र सीमान्तकृत वर्गका महिलाहरूको कठिनपूर्ण जीवन र भोगाईले सामाजिक सञ्जालमा बढी चर्चा पाएका मात्रै हुँदैनन्, तिनको रोमान्टिसाइज पनि गरिएको हुन्छ।

    बाध्यता वा महानता?
    कुनै समय अमूल इन्डियाको प्रसिद्ध विज्ञापन(‘दुध की नदिया बहती जाए’ नारासहितको)मा महिलाहरू आफ्नो सिरमा मट्का लिएर कोशौं हिँडेको देखाइन्छ। यस्तै केही महिना अघि इस्न्टाग्राममा भाइरल भएकी निलो आँखा भएकी बालिकालाई धेरैले देखेको हुनुपर्छ। उनले कहिले रोटी बनाइरहेको र कहिले प्याज काटिरहेको भिडियो भाइरल भएका थिए।

    यस्तै बहिउड नायिक अनुष्का शर्मा गर्भवती हुँदा खिचिएका तस्बिर एक साधारण महिलासँग तुलना गरेर भाइरल बनाइएको थियो। उक्त तस्बिरलाई लिएर गर्भावस्तामा पनि कठिन परिश्रम गर्न बाध्य महिलाको महिमामण्डन गरियो भने नायिका अनुष्का शर्माको पहिरनलाई लिएर भद्दा गाली गरिएको थियो।

    Now you know why India makes the most two-wheelers in the world. We know how to carry the highest volume of cargo per square inch of wheel…We are like that only… #Sunday pic.twitter.com/3A0tHk6IoM

    — anand mahindra (@anandmahindra) April 3, 2022

    सामाजिक सञ्जालमा चर्चित हुने यस्ता भिडियो तथा तस्बिर र यीमाथि आएका टिप्पणी हेर्दा लाग्छ, महिलाले कसैबाट प्रशंसा र माया पाउनका लागि गरिब वा दुःखी नै हुनुपर्छ। यहाँसम्म कि गर्भावस्थामा पनि आफूलाई मनपर्ने क्रियाकलाप मात्रै होइन आफू र बच्चाको स्वास्थ्यको ख्यालै नगरी मेहनत गर्ने हो भने मात्रै उनलाई प्रशंसाको हकदार मानिँदो रहेछ।

    यी सारा उदाहरणहरूमा गरिब र सीमान्तकृत वर्गका महिलाहरूलाई आदर्श नारी वा नायिका बनाइएको छ। निम्न सामाजिक र आर्थिक तहका महिला भएकै कारण दाउरा बालेर खाना बनाउनु, भारी बोक्नु, पानीका लागि घन्टौंसम्म उकालीओराली गर्नुजस्ता कठिनाईहरूलाई लिएर आजको ‘डिजिटलाइज्ड’ दुनियाँले रोमान्टिसाइज गर्ने गरेको सामाजिक सञ्जालहरूमा देख्न सकिन्छ।

    जब समाजिक सञ्जालमा यस प्रकारका तस्बिर सार्वजनिक गरिन्छ, तब मानिस वास्तविक समस्यादेखि टाढा रहेर गरिबीको महिमामण्डनमैं रुमालिएको देखिन्छ। गरिबी एउटा व्यापक समस्या हो र यसलाई निमिट्यान्न पार्नका लागि वर्षौं लाग्न सक्छ। यसका लागि सबैभन्दा सुरुमा गरिबीलाई सही दृष्टिकोणबाट बुझ्न आवश्यक छ।

    उनका बाध्यतालाई संस्कृति, सभ्यता र महिलाको माहनताको नाम दिइन्छ। गरिबीसँग महिला र बिना भुक्तानको पारिश्रमको गहिरो सम्बन्ध छ। सामान्यता महिलाहरूले गर्ने घरेलु श्रमलाई ममता, त्याग, समर्पण, माया, कर्तव्य र परिवारवादसँग जोड्ने गरिन्छ। यति मात्रै होइन, गरिब र बेसहारा महिलाहरूलाई चलचित्र तथा कथा कहानीका ‘नायिका’ वा आदर्श पात्रका रुपमा चित्रित गरिन्छ।

    केही महिनाअघि महिन्द्रा एण्ड महिन्द्राका अध्यक्ष आनन्द गोपाल महिन्द्राको एक ट्वीट चर्चाको विषय बन्यो। जसमा क्षमताभन्दा बढी सामान बोकेको मोटरसाइकलमा सवार एउटा जोडीको तस्बिर देखिन्छ। मोटरसाइकल पछाडि ठाउँ उपलब्ध नभएपछि महिला तेलको ट्याकीमाथि बसेको देखिएको छ। महिन्द्राले फोटो पोस्ट गर्दै भनेका छन्, ‘यसबाट यो बुझ्न सकिन्छ कि भारत विश्वमै सबैभन्दा बढी दुईपांग्रे साधन किन बनाउँछ।’ उनको यो ट्विट आर्थिक संकटका कारण ती दम्पत्तिले सामना गर्नुपरेको बाध्यता र ती महिलाको सुरक्षा तथा सुविधाका विषयमा मौन थियो। उनले सामान राख्ने तौरतरिकाको मात्रै प्रशंसा गरेका छन् र उनको ट्विटमा आएका हजारौं टिप्पणी पनि यो अनौठो व्यवस्थापनमा मात्रै केन्द्रित देखिन्छन्।

    यस्तै ‘मास्टरसेफ इन्डिया’मा निर्णायक रहिसकेका सेफ कुणाल कपूरले एक महिलाले फुटेको भाँडो प्रयोग गरेर रोटी पकाउँदै गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरे। यो भिडियोमा पनि अधिकांश मानिसले यसलाई नयाँ प्रविधि बताउँदै तारिफ गरे। फुटेको माटोको भाँडोले यो स्पष्ट हुन्छ कि उनी समाजको तल्लो तहमा बाँचिरहेकी महिला हुन्।

     

    View this post on Instagram

     

    A post shared by Kunal Kapur (@chefkunal)

    ग्रामीण क्षेत्रमा आजपनि परम्परागत चुल्होमा खाना पकाउनु आर्थिक संकट र संसाधनसम्म पहुँच नभएका कारण निम्तिएको बाध्यता हो। सामाजिक सञ्जालमा हेर्ने हो भने यस्ता हजारौं ट्विट्स्, इन्टाग्रामका रिल्स तथा टिकटकका भिडियोहरू बन्छन्, जहाँ परम्परा र नवीनताका नाममा चरम गरिबी र बिना भुक्तानको कामलाई लिएर रोमान्टिसाइज गरिन्छ। ट्विटर र इन्स्टाग्राम प्रयोग गर्नेहरूको डेमोग्राफिक्स हेर्ने हो भने गरिब र दलितसमुदायका मानिसका लागि कुनै स्थान छैन भन्ने प्रष्ट हुन्छ। सायद यसैकारण यहाँ ती मुद्दामाथि कम चर्चा हुन्छ, जसमा विशेषाधिकार प्राप्त मानिसहरू सहज अनुभूति गर्दैनन्।

    दोहोरो मारमा महिला
    आर्थिक रुपले वञ्चित परिवारहरूमा महिलाहरू पढेलेखेको नहुनु आम कुरा हो। त्यसैले यस्ता परिवारका महिलाहरू स्वभाविक रुपमा शरीरिक मेहनत आवश्यक पर्ने काम नै रोज्ने गर्छन्। सीमान्तकृत परिवारका महिलाहरूसँग आफ्नो रोजाईको काम चुन्ने विशेषाधिकार हुँदैन। घरेलु काम, दैनिक ज्यालादारी काम, कृषि वा कुनै असंगठित क्षेत्रमा काम गर्न यी महिलाहरू बाध्य हुन्छन्। यस्ता क्षेत्रमा कम पारिश्रामिक हुन्छ भने कति ठाउँमा समयको निश्चित सीमा हुँदैन।

    यसका अलावा आधारभूत आवश्यकता तथा साधनहरू जस्तैः पानी, बिजुली वा ग्याँसको सुविधा नभएकाले घरेलू काम बढी कठिन र धेरै समय खर्च गर्नुपर्ने खालको हुने गर्छ। यस्तै विषयलाई लिएर भारतीय व्यवसायी हर्ष गोयन्काले गरेको एउटा ट्विट निकै चर्चित बन्यो। एक महिलाले बच्चा बोकेर कुनै वैवाहिक कार्यक्रममा गएर काम गरेको तस्बिर उनले सेयर गरेका थिए।

    I feel like I put in too much effort sometimes. And then I saw this photo! My salute! pic.twitter.com/i8vUbLybB6

    — Harsh Goenka (@hvgoenka) March 21, 2021

    यस तस्बिरमाथि आएका कयौं टिप्पणीपछि उनले आफूलाई बचाउँ गर्दै बच्चाप्रति एउटी महिलाको ममताको महिमामण्डन गरे। उनले एउटी आमाले गर्ने साहसको कुरा गरे। तर यी तस्बिरलाई हेरेर सायदैले प्रश्न गरे होलान् कि उनको यो ममता र साहस हो वा बाध्यता। सदियौंदेखि घरेलु काम र बालबालिकाको हेरचाहको काम महिलाबाट मात्रै अपेक्षा गर्ने यो समाजमा आजपनि महिला एउटी ‘आदर्श नारी’ बन्नका लागि उनी दुःखी वा गरिब हुनुपर्छ या त उनले दोहोरो/तेहोरोकामको बोझ उठाउनुपर्छ।

    चलचित्रले के दिनुपर्छ?
    सिनेमा तथा टेलिभिजन सामाजिक परिवर्तन ल्याउनका लागि सशक्त माध्यमहरू हुन्। जसको पहुँच अन्य कुनैपनि माध्यमभन्दा बढी हुने गर्छ। यसका बावजूद गरिब र गरिबीलाई चलचित्रको दुनियाँमा कहिले पनि मुद्दा बन्न दिइएन। महिलाकेन्द्रित चलचित्र त बने तर आदर्श महिला पात्रलाई देखाउनका लागि उनलाई दुःखी वा गरिब नै बनाउने गरिन्छ। गरिब परिवारका महिलालाई अशिक्षित, न्यायप्रिय, पारिवारिक, परम्परागत पहिरन लगाउने, त्याग र बलिदानको प्रतिमा, ममतामयी र मेहनती देखाइन्छ, जो एक्लै सारा कामको बोझ उठाउँछिन्।

    चलचित्रले यस प्रकारको स्टेरियोटाइपसहितको प्रस्तुति दिनु भन्दा गरिब हुनु वा अभावको सामना गर्नु सामाजिक संरचनाले निम्त्याएको बाध्यता हो भनी बुझाउन सक्नुपर्छ। गरिबीमा रहेका महिलालाई कुनै महनताको प्रतिकका रुपमा भन्दा पनि उनीहरू संरचनागत लाभांशबाट बञ्चित रहेको र हाम्रो सामाजिक संरचनाबाट दोहोरो/तेहेरो मारमा रहेको कुरा बुझाउन हाम्रा चलचित्र तथा टेलिसिरियलहरू आजसम्म किन चुकेका छन्?

    मनोरञ्जनको दुनियाँ महिलालाई गरिबीबाट माथि उठाउन बल गर्नुको सट्टा उनको नैतिकतामा जोड दिन्छ। यद्यपि हाम्रो चलचित्र जगत, सामाजिक सञ्जाल गरिबीबाट पीडित महिलालाई देखाउनमा सफल रह्यो। तर उनले भोग्नुपरेका आर्थिक, मानसिक, सामाजिक वा शैक्षिक स्तरमा उनको संघर्षलाई देखाइँदैन। न संसाधनसम्मको पहुँच, सरकारी नीतिको अभाव, स्वास्थ्य, शिक्षा वा रोजगारको अधिकार जस्ता मुद्दामा बहस हुन्छ।

    सीमान्तकृत परिवारका समस्याहरूलाई बुझ्नका लागि उनकै ठाउँमा बसेर जमिनस्तरमा काम र अनुसन्धान गर्न आवश्यक छ। गरिबी आर्थिक विषय मात्रै होइन, यो सामाजिक समस्या पनि हो र यो मुद्दा कुनै एउटा लिङ्गसँग मात्रै सम्बन्धित छैन।

    गरिबीलाई एउटा समस्याको रुपमा देखाउनका लागि महिलाहरू पितृसत्तात्मक समाजको आधारमा बनाइएको मापदण्डविरुद्ध खरो उत्रिन जरुरी छ। आजको दुनियाँमा सामाजिक अवस्था बुझ्न होस् वा कुनै मुद्दा उठाउनका लागि सामाजिक सञ्जाल एउटा महत्वपूर्ण मञ्च हो। जब समाजिक सञ्जालमा यस प्रकारका तस्बिर सार्वजनिक गरिन्छ, तब मानिस वास्तविक समस्यादेखि टाढा रहेर गरिबीको महिमामण्डनमैं रुमालिएको देखिन्छ। गरिबी एउटा व्यापक समस्या हो र यसलाई निमिट्यान्न पार्नका लागि वर्षौं लाग्न सक्छ। यसका लागि सबैभन्दा सुरुमा गरिबीलाई सही दृष्टिकोणबाट बुझ्न आवश्यक छ।

    (फेमिनिजम इन इन्डियाबाट भावनुवाद)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      मलाबिका धर

      मलाबिका धर

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.