Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

गरिबी बुझ्ने अर्थशास्त्री दम्पती जसले नोबेल पुरस्कार पाए

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
कार्तिक ३, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    बितेको दुई दशकमा विश्वका सबैभन्दा प्रतिष्ठित अर्थशास्त्री दम्पतीले गरिबहरूको जीवन बुझ्ने प्रयास गरे।उनीहरूको ‘जटिलता र सहजता’ भित्र छिरेर ती दम्पतीले गरिबी केलाए।गरिबीको अपर्याप्त बुझाइले कसरी त्यसविरुद्धको लडाइँलाई असर पार्‍यो भनेर उनीहरूले बुझे।गत सोमवार ५८ वर्षीय अभिजित बनर्जी र ४६ वर्षीया एस्टेर डुफ्लोले अर्थशास्त्रतर्फ नोबेल पुरस्कार पाए।

    अर्थशास्त्री मिखाइल क्रेमरसँगै ‘विश्वब्यापी गरिबी निवारणसम्बन्धी प्रयोगात्मक शैली’ का लागि उनीहरूले उक्त पुरस्कार पाएका हुन्।विश्व ब्याङ्कका अनुसार ७० करोड मानिसहरू चरम गरिबीमा बाँचिरहेका छन्।

    को हुन् बनर्जी र डुफ्लो?
    बनर्जी र डुफ्लो दुवै जना म्यासचूसिट्स इन्स्टिट्यूट अफ टेक्नोलजी (एमआईटी) का प्राध्यापक हुन्।श्रीमती डुफ्लो अझ अर्थशास्त्रमा नोबेल पुरस्कार पाउने दोस्रो महिला हुन्।भारतमा जन्मिएका बनर्जी फ्रान्समा जन्मिएकी डुफ्लो पूरै भिन्न संसारमा हुर्किए।

    मदर टेरेसासम्बन्धी चित्रकथा पढ्दा एस्टेर डुफ्लो छ वर्षकी थिइन्। त्यो पुस्तकमा जसमा कोलकातालाई एउटा निकै भिडभाडयुक्त सहरको रूपमा चित्रित गरिएको थियो।त्यहाँ प्रत्येक मानिस १० वर्ग फिटको क्षेत्रमा बस्ने त्यसमा लेखिएको थियो।

    चौबीस वर्षको उमेरमा एमआईटीको विद्यार्थीका रूपमा कोलकाता पुग्दा उनले त्यहाँ रूख र खाली सडकहरू देखिन्।उनले उक्त कमिकमा देखाइए जस्तो उराठलाग्दो दृश्य निकै कम मात्र देखिन्।छ वर्षको उमेरमा अभिजित बनर्जीले गरिब मानिसहरू ठ्याक्कै कहाँ बस्छन् भन्ने थाहा पाए, कोलकातामा रहेको उनको घर पछाडिको झुपडीमा।

    उनलाई त्यहाँका बालबालिकासँग खेल्न निकै समय भए झैँ लाग्थ्यो।उनलाई ती बालबालिकाले आफूलाई सबैजसो खेलमा हराउन सक्छन् भन्ने सोचेरै ईर्ष्या पनि लाग्थ्यो।

    गरिबी के हो?
    ‘गरिबहरू घटाउने आवश्यकताको कुरा हामीकहाँ त्यति बेलादेखि छ जहिलेदेखि गरिबी हामीसँग थियो। सामाजिक सिद्धान्त र त्यसबारे लेखिएका अध्ययन र लेखहरूमा गरिबहरू अल्छी वा उद्यमी, सिर्जनशील वा चोर, रिसाहा वा निष्क्रिय, केही गर्न अक्षम वा आत्मनिर्भरको रूपमा देखिन्छन्,’ बनर्जी र डुफ्लोले गरिब अर्थशास्त्रबारेको आफ्नो महत्त्वपूर्ण अध्ययनमा लेखेका छन्।

    त्यसमा गरिबीको वास्तविक प्रकृति र गरिबहरूले आफूले पाउने सहायतालाई कसरी हेर्छन् भनेर खोजिएको छ। ‘यो कुनै अचम्मको कुरा होइन कि गरिबहरूको यो धारणाको प्रतिनिधित्व सामान्य सूत्रमा खोजिएको हुन्छस् ‘गरिबहरूका लागि खुला बजार’, ‘मानव अधिकारलाई प्राथमिकता दिनु’, ‘सुरुमा द्वन्द्वसँग सङ्घर्ष गर्नु’, ‘निकै गरिबहरूलाई अझ धेरै पैसा दिनुु, ‘विदेशी सहायताले विकासलाई मार्छु जस्ता कुराहरू।’

    यी दम्पतीको भनाइमा समस्या भनेको गरिबहरू प्रशंसित हुनु वा उनीहरूले सान्त्वना पाउनु हो।उनीहरू ज्ञानवान् छन् भन्ने सोच्दा पनि सोचिँदैन। र, उनीहरूको आर्थिक अस्तित्वबारे केही रोचक कुरा छैन भन्ने ठानिन्छ।

    ‘दुर्भाग्यवश, यिनै गतल बुझाइले मुख्य रूपमा विश्वव्यापी गरिबीविरुद्धको लडाइँलाई कमजोर पारेको छस् सामान्य समस्यासँग सामान्य समाधान हुन्छ। गरिबीविरुद्धको नीति बनाउने क्षेत्र तत्काल कायापलट हुने जसरी उपायका चाङले भरिएको छ, तर ती उपायहरू कायापलट गर्न निकै अपर्याप्त छन् भन्ने प्रमाणित भइसकेको छ।’

    आवश्यकता के थियो भने उनीहरूलाई हेर्नुपर्थ्यो, ‘गरिबहरूलाई कार्टूनका पात्रमा लैजानुभन्दा उनीहरूको जीवनलाई उनीहरूकै जटिलता र सहजताका दृष्टिले वास्तविक रूपमा बुझ्नुपर्थ्यो।’

    कस्तो अध्ययन?
    त्यही गरिबी अध्ययनका लागि उनीहरूले एमआईटीमा सन् २००३ मा ‘अब्दुल लतिफ जमिल पोभर्टी एक्शन ल्याब’ स्थापना गरे।सन् २०१५ मा विवाह गर्नुभन्दा अघि धेरै वर्ष उनीहरूले सँगै काम गरे। उनीहरूले भारत र अफ्रिकामा विभिन्न तरिकाले गरिबीलाई जाँच्ने प्रयास गरे।उनीहरूले गरिबहरूले सफलता पाउन सकेको कुरा के हो र उनीहरूलाई के कारण कहाँ सहायता चाहिएको छ भन्ने ठम्याउने प्रयास गरे।

    उनीहरू जुनसुकै देशमा ‘७० देखि ८० वटा विभिन्न प्रयोगहरू’मा संलग्न भए।उनीहरूले गरिबहरूले के किन्छन्, आफ्ना छोराछोरीको स्वास्थ्यबारे उनीहरू के गर्छन्, उनीहरू कति सन्तान चाहन्छन्, उनीहरूका सन्तान के कारण विद्यालय जान्छन् र पनि खासै धेरै सिक्दैनन्, लघुवित्त के कारण उपयोगी छ जस्ता विभिन्न पक्ष हेरे।

    गरिबहरूले के राम्ररी वा पर्याप्त खाइरहेका छन् भन्ने पनि उनीहरूको अध्ययनको पाटो थियो।गरिब परिचयपत्रस् कसले ‘दुरुपयोग’ गर्दैछ

    ‘सरकारले परिचयपत्र बाहेक केही दिएन’
    गरिबहरूको खाने बानीसम्बन्धी उनीहरूका केही काम साँच्चै रोचक थिए। गरिबहरूले सक्ने जति खान्छन् भन्ने अनुमानलाई उनीहरुले प्रश्न गरे।पोषणको कुरा विकासोन्मुख देशहरूमा अझै रहस्यमय छ। यी दम्पती के ठान्छन् भने जीवनलाई कम दिक्कलाग्दो बनाउने सामानहरू सधैँ गरिबहरूको प्राथमिकतामा पर्छ।उदाहरणका लागि टेलिभिजन वा केही मिठो र विशेष खानेकुरा।

    ‘पुनर्विचार आवश्यक’

    त्यसैले आफ्ना अध्ययनहरूका आधारमा उनीहरू सरकारी र अन्तर्राष्ट्रिय निकायहरूले आफ्ना खाद्यनीतिबारे पुनर्विचार गर्नुपर्ने ठान्छन्।खाद्य सुरक्षासम्बन्धी निकायहरूले जसरी खाद्य सामग्री वितरण गर्छन् त्यसले गरिबहरूलाई राम्ररी खान सघाइरहेको हुँदैन।

    उनीहरूको समस्या क्यालरी नभई अन्य पोषणयुक्त खानेकुरा हो। उनीहरूले भारतमा गरेको अध्ययनले पैसा धेरै दिँदा वा उनीहरूको आम्दानी बढाउँदा मात्र खानेबानीमा सुधार आउँदैन।

    खानासँगै उनीहरूमाथि अन्य आवश्यकताको दबाव हुन्छ। यी दम्पती के कुरामा विश्वास गर्छन् भने गरिबी उन्मूलन गर्ने कुनै जादुको छडी हुँदैन।तर कुनै सानो सूचनाले पनि ठूलो प्रभाव पार्न सक्छ, हामीसँग भएकै ज्ञानका भरमा सही कुरा गर्न सक्नुको अर्थ उत्तिकै छ। र, जीवन सहयोगी गराउने नयाँनयाँ उपायको उत्तिकै अर्थ छ।

    गरिब देशहरू असफल हुनु तिनको दुर्भाग्यपूर्ण इतिहासका कारण होइन भन्ने उनीहरुको मान्यता छ।त्यसो भए के कुरासँग सङ्घर्ष गर्नुपर्छ त?उनीहरू को उत्तर स्पष्ट छ। ‘अज्ञानता, विचार र निष्क्रियतासँग।’बीबीसी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.