लामो समयदेखि अर्थ राजनीतिको अध्ययन गर्दै आएका लेखक तथा नेकपाका नेता डीपी ढकालद्वारा लिखित ‘पूँजीवाद र समाजवाद अर्थराजनीतिक विकासक्रम’ पुस्तक काठमाडाैैमा एक भव्य कार्यक्रमकाबीच विमाेचन गरिएको छ। नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा आयोजना गरिएको उक्त कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, नेकपाका स्थायी समिति सदस्य घनश्याम भूसाल, त्रिभुवन विश्वविद्यालयका समाजशास्त्र र अर्थशास्त्र विषयका प्रमुख, विभिन्न विश्लेषक, नेता, कार्यकर्ता तथा अर्थराजनीतिमा चासो राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति कार्यक्रममा थियो । कार्यक्रममा उपस्थित सबैले लेखक ढकालद्वारा लिखित पुस्तकको आ–आफ्नै तरिकाले टिप्पणी गरे ।
तत्कालिन नेकपा माओवादीले सुरु गरेको १० वर्षे जनआन्दोलनकै बेलामा आफ्नो राजनीतिक यात्रा सुरु गरेका ढकालले राजधानीको भक्तपुरलाई राजनीतिक थलो बनाएका छन् । ढकालद्वारा लिखित उक्त पुस्तक विमोचन कार्यक्रममा सत्तारुढ नेकपाका दुई नेताबीच भएको सवाल जवाफले कार्यक्रमलाई खुब रोमाञ्चक बनाएको थियो । कार्यक्रम सुरु भएको केहीसमयमा नै आफ्ना कुरा राखेका नेता घनश्याम भूसालले नेकपा अध्यक्ष प्रचण्डमाथि गरेको प्रश्नलाई हलमा उपस्थित सबैले तालिको गडगडाहटबाट समर्थन गरे । अध्यक्ष प्रचण्डको नाम नै लिएर नेता भूसालले गरेको प्रश्नको जवाफको खोजिमा सिंगो हल थियो । प्रमुख अतिथिको हैसियतमा जब प्रचण्ड सम्बोधनका लागि ड्यासमा पुगे, बन्द गरिएका क्यामेरा खुले, छरिएको मान्छेको दिमाग एकीकृत भयो, सबैको कान प्रचण्डको भाषणमा केन्द्रीत भयो । प्रचण्डले भुसालको जवाफ दिने हुन वा होइनन् भन्ने जिज्ञासा सबैमा थियो । यद्यपी, प्रचण्डले नेता भूसालको नामै लिएर जवाफ दिन छुटाएनन् ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु जिवित छंदै विश्वलाई नेपाली समाजवादको मोडल प्रस्तुत गर्ने प्रतिवद्धता जनाएका छन् । डिपी ढकालद्वारा लिखित पुस्तक ‘पूँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम’को सार्वजनिकीरण समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले आम नेता कार्यकर्तालाई समेत समाजवादको बाटोमा लाग्न अपिल गरे । अध्यक्ष प्रचण्डले भने, ‘नेपालमा समाजवादी मोडल कस्तो हुने भन्ने ग्रेट डिबेटमा हामी छौं । अन्य देशले अबलम्बन गरेका मोडल हामी सजिलै भन्न छक्छौं । तर हामीले २१ औं सताब्दीमा कस्तो मोडल प्रस्तुत गर्ने भन्ने कुराको बहसमा हामी छौं । हामी दलाल पुंजी र नोकरशाही पुंजीवादका अघि आत्मसर्मपण गर्छौ वा समाजवादी कित्ता बनाउछौं रु लडाई यहीं छ । तपाई कुन कित्तामा हो? म चै समाजवादी कित्तामा हो । म समाजवादी कित्तामा उभिन अपिल गर्न चाहान्छु । नेपालबाट नयाँ समाजवादी मोडल दिन सक्छौं । नेकपाका ९, १० लाख कम्युनिष्ट कार्यकर्ताको बीचमा हुने ग्रेट डिबेटले नयाँ मोडल दिन सक्छ । हामीले हिम्मत हार्नु हुंदैन ।’
भिडियो: