Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025
Thursday, December 11, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

पूँजीवाद सामु घुँडा टेकिनेछैन्, समाजवादको झण्डा झुक्न दिइनेछैन – प्रचण्ड (भिडियोसहित)

नेपाल रिडर्स नेपाल रिडर्स
भदौ २१, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    लामो समयदेखि अर्थ राजनीतिको अध्ययन गर्दै आएका लेखक तथा नेकपाका नेता डीपी ढकालद्वारा लिखित ‘पूँजीवाद र समाजवाद अर्थराजनीतिक विकासक्रम’ पुस्तक काठमाडाै‌ैमा एक भव्य कार्यक्रमकाबीच विमाेचन गरिएको छ। नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा आयोजना गरिएको उक्त कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, नेकपाका स्थायी समिति सदस्य घनश्याम भूसाल, त्रिभुवन विश्वविद्यालयका समाजशास्त्र र अर्थशास्त्र विषयका प्रमुख, विभिन्न विश्लेषक, नेता, कार्यकर्ता तथा अर्थराजनीतिमा चासो राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति कार्यक्रममा थियो । कार्यक्रममा उपस्थित सबैले लेखक ढकालद्वारा लिखित पुस्तकको आ–आफ्नै तरिकाले टिप्पणी गरे ।

    तत्कालिन नेकपा माओवादीले सुरु गरेको १० वर्षे जनआन्दोलनकै बेलामा आफ्नो राजनीतिक यात्रा सुरु गरेका ढकालले राजधानीको भक्तपुरलाई राजनीतिक थलो बनाएका छन् । ढकालद्वारा लिखित उक्त पुस्तक विमोचन कार्यक्रममा सत्तारुढ नेकपाका दुई नेताबीच भएको सवाल जवाफले कार्यक्रमलाई खुब रोमाञ्चक बनाएको थियो । कार्यक्रम सुरु भएको केहीसमयमा नै आफ्ना कुरा राखेका नेता घनश्याम भूसालले नेकपा अध्यक्ष प्रचण्डमाथि गरेको प्रश्नलाई हलमा उपस्थित सबैले तालिको गडगडाहटबाट समर्थन गरे । अध्यक्ष प्रचण्डको नाम नै लिएर नेता भूसालले गरेको प्रश्नको जवाफको खोजिमा सिंगो हल थियो । प्रमुख अतिथिको हैसियतमा जब प्रचण्ड सम्बोधनका लागि ड्यासमा पुगे, बन्द गरिएका क्यामेरा खुले, छरिएको मान्छेको दिमाग एकीकृत भयो, सबैको कान प्रचण्डको भाषणमा केन्द्रीत भयो । प्रचण्डले भुसालको जवाफ दिने हुन वा होइनन् भन्ने जिज्ञासा सबैमा थियो । यद्यपी, प्रचण्डले नेता भूसालको नामै लिएर जवाफ दिन छुटाएनन् ।

    नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु जिवित छंदै विश्वलाई नेपाली समाजवादको मोडल प्रस्तुत गर्ने प्रतिवद्धता जनाएका छन् । डिपी ढकालद्वारा लिखित पुस्तक ‘पूँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम’को सार्वजनिकीरण समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले आम नेता कार्यकर्तालाई समेत समाजवादको बाटोमा लाग्न अपिल गरे । अध्यक्ष प्रचण्डले भने, ‘नेपालमा समाजवादी मोडल कस्तो हुने भन्ने ग्रेट डिबेटमा हामी छौं । अन्य देशले अबलम्बन गरेका मोडल हामी सजिलै भन्न छक्छौं । तर हामीले २१ औं सताब्दीमा कस्तो मोडल प्रस्तुत गर्ने भन्ने कुराको बहसमा हामी छौं । हामी दलाल पुंजी र नोकरशाही पुंजीवादका अघि आत्मसर्मपण गर्छौ वा समाजवादी कित्ता बनाउछौं रु लडाई यहीं छ । तपाई कुन कित्तामा हो? म चै समाजवादी कित्तामा हो । म समाजवादी कित्तामा उभिन अपिल गर्न चाहान्छु । नेपालबाट नयाँ समाजवादी मोडल दिन सक्छौं । नेकपाका ९, १० लाख कम्युनिष्ट कार्यकर्ताको बीचमा हुने ग्रेट डिबेटले नयाँ मोडल दिन सक्छ । हामीले हिम्मत हार्नु हुंदैन ।’

    भिडियो:

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.