ओली कदमले पार्टी एकतामा कुनै असर पर्दैन : प्रचण्ड

0
89

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा नेकपाकै अर्का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले ‘संसद विघटन गरेको’ प्रस्तावतर्फ संकेत गर्दै त्यस कदमले पार्टी एकतामा कुनै असर नपर्ने बताउनुभएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनताविरोधी कार्यले आफूहरूको पार्टी एकतामा कुनै प्रकारको असर नपर्ने बताउनुभएको हो ।

सत्तारुढ नेकपा विभाजन हुनसक्ने आँकलन भइरहेका बेला उहाँको यस्तो अभिव्यक्ति आएको हो । ‘म पार्टीका सम्पूर्ण नेता, पार्टी पंक्ति र आम जनसमुदायलाई के तथ्य स्पष्ट पार्न चाहन्छु भने हाम्रो पार्टी एकताबद्ध छ ।’ अध्यक्ष प्रचण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनताविरोधि यसप्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने छैन ।’

उहाँले प्रधानमन्त्री ओलीको कदमलाई पार्टीले अस्वीकार गर्ने र उनलाई अनुशासनको कारवाहीका लागि स्पष्टिकरण माग्ने निर्णय गरेको विषय सार्वजनिक भइसकेको समेत स्पष्ट पार्नुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया