Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

विहिवार : ओलीलाई ‘सामन्ती निरंकुशताको एजेन्ट’को संज्ञादेखि मोर्चाबन्दी बनाउनुपर्ने अभिव्यक्तिसम्म

nepal_readers nepal_readers
माघ १६, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्ध बिहीबारपनि विभिन्न सभा सम्मेलनसहित विरोधका कार्यक्रमहरू भए । रुपन्देहीको बुटवलमा बिहीबार विशाल जनसभाको आयोजना भयो । त्यस कार्यक्रममा नेकपा प्रचण्ड–माधव समूहका नेताहरूले संसद विघटविरुद्ध अभिव्यक्ति दिएका छन् भने अन्य ठाउँमा विभिन्न कार्यक्रहरू भए ।

    ओली सामन्ती निरंकुशताको एजेन्ट जस्तै : प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीको निरंकुशता केही महिनामै ध्वस्त हुने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधव समूहले बिहीबार बुटवलमा गरेको विरोधसभामा अध्यक्ष प्रचण्डले ओलीलाई आफँैले प्रस्ताव गरेर अध्यक्ष र प्रधानमन्त्री बनाएको स्मरण गर्दै प्रचण्डले केपी ओली सामन्ती निरंकुशताको एजेन्टजस्तो देखिएको बताए । प्रचण्डले अदालतमाथि विश्वास भएको उल्लेख गर्दै सबैभन्दा ठूलो अदालत भने जनता भएको बताए ।

    ओलीको भविष्यवाणी असफल हुन्छ : माधकुमार नेपाल

    बिहीवार बुटवलमै भएको सभालाई सम्बोधन गर्दै नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले वैशाखमा चुनाव हुने प्रधानमन्त्री ओलीको भविष्यवाणी असफल हुने बताएका छन् । ओलीले गणतन्त्र ल्याउनु र बयलगाडा चढेर अमेरिका पुग्नु उस्तै हो भनेर गरेको भविष्यवाणी असफल भएको स्मरण गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । केपी ओलीले कहिल्यैपनि न्यायपूर्ण आन्दोलनको नेतृत्व नगरेको भन्दै नेपालले ओलीले सधैं पछाडि बसेर अरुको कुरा काट्ने, बदख्वाँई गर्ने र खुट्टा तान्ने गरेको आरोप लगाए ।

    ओलीको कदमविरुद्ध मोर्चा बनाउनुपर्छ : उपेन्द्र यादव

    जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले ओली सरकारले चालेको प्रतिगमनकारी कदमविरुद्ध मोर्चा बनाएर अघि बढ्नु पर्ने बताएका छन् । बिहीबार अवधी पत्रकार संघ, बाँकेले नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले ओलीलाई घोक्रोठ्याक लगाउन सबै दल मिलेर मोर्चाबन्दी गर्नुपर्ने बताएका हुन् । उनले अदालतकै सेटिङमा प्रतिगमनकारी कदम चालिएको आशंका गरे ।

    ओलीले जबजको मुद्दा कुल्चिएः योगेश भट्टराई

    नेकपा प्रचण्ड–माधव समूहका नेता योगेशकुमार भट्टराईले जनताको बहुदलीय जनवाद (जबज) को मुद्दालाई प्रधानमन्त्री ओलीले नै कुल्चिएको आरोप लगाएका छन् । इलाम सदरमुकाममा नेकपाका कार्यकर्तासँगको छलफलमा नेता भट्टराईले कानून मान्दा र लोकतान्त्रिक व्यवस्था स्वीकार्दा मात्रै जबज लागू हुने बताए । अनेक प्रयत्नबाट सम्भव भएको पार्टी एकता मूल्यवान भएको भन्दै उनले ओलीले गल्ती स्वीकारेमा एकता सम्भव रहेको जिकिर गरे ।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.