Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

रिसाएर राष्ट्रपति भण्डारीले प्रचण्डलाई सोधिन्ः माधव नेपालसँग पार्टी एकता गर्न लागेको हो?

सहयोगीबाट सहयोगीबाट
असार ३१, २०७८
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओली अनेक रुपमा अरु भन्दा फरक देखिए। तर आफ्ना उत्तराधिकारीका रुपमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको शपथ ग्रहण समारोहमा उपस्थित नभएर ‘शिष्टाचार’ अवहेलनामा नयाँ कीर्तिमान स्थापित गरेका छन्।

    अहिलेसम्मको नेपाली राजनीतिको अभ्यासमा प्रधानमन्त्रीको मृत्यु भएको अवस्थामा बाहेक उत्तराधिकारीको शपथ ग्रहण समारोह कुनै पनि निवर्तमान प्रधानमन्त्रीले बहिस्कार गरेको उदाहरण नभएको जानकारहरु बताउँछन्।

    देउवाको शपथ ग्रहण समारोहमा ओलीको अनुपस्थितिले ‘शिष्टाचार’ र मर्यादाको अभावसँगै यसलाई राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको अपमानका रुपमा हेरिएको छ।

    यसको उनको पार्टी एमालेभित्रै पनि आलोचना सुरु भएको छ। सामाजिक सञ्जालमा उनको यो शैलीलाई लिएर आक्रोशहरु पोखिएका छन्।

    ‘परिस्थिति जस्तोसुकै भएपनि उहाँ (ओली) हिजो शितलनिवास जानु पर्ने थियो। यो मर्यादाको कुरा पनि हो। तर किन जानुभएन, यसको कारण बुझ्न सकिएन,’ एमाले नेता भीम आचार्यले भने।

    प्रधानामन्त्रीको शपथ ग्रहण समारोह राष्ट्राध्यक्षको निमन्त्रणमा उनको कार्यालयमा हुने परम्परा छ। उक्त समारोहमा सहभागी हुनेहरुको सूचीलाई उक्त कार्यालयले अनुमोदन गर्ने चलन छ। देउवाको शपथग्रहण समारोहमा ओली अनुपस्थित भएकोबारे उनको पार्टी या सचिवालयले कुनै औपचारिक स्पष्टीकरण दिएको छैन। सुरुमा देउवाको शपथ ग्रहण समारोह साँझ ६ बजे निर्धारण गरिएको थियो।

    तर राष्ट्रपति कार्यालयले जारी गरेको प्रधानमन्त्रीमा देउवालाई नियुक्तिबारे विज्ञप्ति त्रुटिपूर्ण भएपछि देउवा, उनीसँगै सत्ता साझेदारी गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं संसद पुनःस्थापना र देउवालाई प्रधानमन्त्री बनाउने अभियानमा सँगै रहेपनि हालै गठबन्धमा रहन नसक्ने घोषणा गरेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई विज्ञप्ति सच्याउन माग गरेका थिए।

    विज्ञप्ति सच्चिन समय लागेपछि साँझ ६ बजे शपथका लागि तयार भएका देउवाले राति ८ बजेर २५ मिनेटमा शपथ ग्रहण गरेका थिए। शपथ ग्रहण समारोहमा ओलीको उपस्थितिको अपेक्षा धेरैले गरेका थिए। तर उनी देखिएनन्। देउवाको शपथ ग्रहणको सुरुवातमा निर्धारित समय भन्दा ४ घण्टा अगाडि ओलीले राष्ट्रका नाममा सम्वोधन गरेका थिए।

    त्यतिबेला उनले आफूलाई जनादेशले प्रधानमन्त्री बनाएको तर देउवालाई सर्वोच्चको परमादेशले बनाएको भन्दै सर्वोच्चको फैसलाप्रति असन्तुष्टि जनाएका थिए। उनले विश्वमै पहिलो पटक सर्वोच्चले प्रधानमन्त्री चुनेको भन्दै यसले निम्त्याउने राजनीतिक अस्थिरताप्रति समय खर्च गरेका थिए।

    तर उनले सर्वोच्चद्वारा पदमुक्त भइसकेपछि सरकारी सञ्चारमाध्यम प्रयोग गरेर राष्ट्रका नाममा सम्बोधन गर्नु पनि अनाधिकृत भएको भन्दै आलोचना भएको छ। सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका एक उच्च अधिकारीका अनुसार ओलीको हैसियत स्वैच्छिक राजीनामा गरी पदमुक्त भएका अन्य प्रधानमन्त्री भन्दा फरक थियो, त्यस्तो अवस्थामा सरकारी सञ्चारमाध्यमको प्रयोग गर्नु अनाधिकृत हो।

    ‘सरकारी सञ्चारमाध्यमद्वारा प्रधानमन्त्रीबाट पदमुक्त भइसकेका व्यक्तिले सर्वोच्च अदालतप्रति अपमानजनक र आलोचनात्मक अभिव्यक्ति दिनु पनि आफैमा अर्को आपत्तिजनक आचारण हो,’ ती अधिकारीले भने।

    आपत्तिजनक आचरण प्रदर्शन गर्ने सूचीमा मंगलबार ओली मात्रै परेनन्। ओलीसँग राजनीतिक रुपमा निकट मानिएकी राष्ट्रपति भण्डारीले पनि देउवाको शपथ ‘ग्रहण’का मामिलामा सामान्य ‘शिष्टाचार’ नअपानाएको भन्दै आलोचना भएको छ।

    प्रधानमन्त्रीमा देउवालाई नियुक्तिका मामिलामा सुरुमै राष्ट्रपति कार्यालयले त्रुटिपूर्ण विज्ञप्ति निकाल्यो। तीव्र विरोध भएपछि मात्रै त्यसलाई सच्याउन कार्यालय तयार भयो। अर्कोतर्फ देउवालाई बधाई नदिकनै सपथग्रहण समारोहबाट राष्ट्रपति भण्डारी बाहिरिन्। यसबाट भण्डारीको असंयोगात्मक रवैया प्रदर्शन भएको भन्दै आलोचना भएको छ। यसलाई राष्ट्रको उच्चतम संवैधानिक तहबाट भएको ‘शिष्टाचार’को उल्लंघनका रुपमा हेरिएको छ।

    -दिपा दाहाल/देशसञ्चार

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.