Date
शुक्र, अशोज १२, २०८०
Fri, September 29, 2023
Saturday, September 30, 2023
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

रिसाएर राष्ट्रपति भण्डारीले प्रचण्डलाई सोधिन्ः माधव नेपालसँग पार्टी एकता गर्न लागेको हो?

सहयोगीबाट सहयोगीबाट
बिहिबार, असार ३१, २०७८
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओली अनेक रुपमा अरु भन्दा फरक देखिए। तर आफ्ना उत्तराधिकारीका रुपमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको शपथ ग्रहण समारोहमा उपस्थित नभएर ‘शिष्टाचार’ अवहेलनामा नयाँ कीर्तिमान स्थापित गरेका छन्।

    अहिलेसम्मको नेपाली राजनीतिको अभ्यासमा प्रधानमन्त्रीको मृत्यु भएको अवस्थामा बाहेक उत्तराधिकारीको शपथ ग्रहण समारोह कुनै पनि निवर्तमान प्रधानमन्त्रीले बहिस्कार गरेको उदाहरण नभएको जानकारहरु बताउँछन्।

    देउवाको शपथ ग्रहण समारोहमा ओलीको अनुपस्थितिले ‘शिष्टाचार’ र मर्यादाको अभावसँगै यसलाई राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको अपमानका रुपमा हेरिएको छ।

    यसको उनको पार्टी एमालेभित्रै पनि आलोचना सुरु भएको छ। सामाजिक सञ्जालमा उनको यो शैलीलाई लिएर आक्रोशहरु पोखिएका छन्।

    ‘परिस्थिति जस्तोसुकै भएपनि उहाँ (ओली) हिजो शितलनिवास जानु पर्ने थियो। यो मर्यादाको कुरा पनि हो। तर किन जानुभएन, यसको कारण बुझ्न सकिएन,’ एमाले नेता भीम आचार्यले भने।

    प्रधानामन्त्रीको शपथ ग्रहण समारोह राष्ट्राध्यक्षको निमन्त्रणमा उनको कार्यालयमा हुने परम्परा छ। उक्त समारोहमा सहभागी हुनेहरुको सूचीलाई उक्त कार्यालयले अनुमोदन गर्ने चलन छ। देउवाको शपथग्रहण समारोहमा ओली अनुपस्थित भएकोबारे उनको पार्टी या सचिवालयले कुनै औपचारिक स्पष्टीकरण दिएको छैन। सुरुमा देउवाको शपथ ग्रहण समारोह साँझ ६ बजे निर्धारण गरिएको थियो।

    तर राष्ट्रपति कार्यालयले जारी गरेको प्रधानमन्त्रीमा देउवालाई नियुक्तिबारे विज्ञप्ति त्रुटिपूर्ण भएपछि देउवा, उनीसँगै सत्ता साझेदारी गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं संसद पुनःस्थापना र देउवालाई प्रधानमन्त्री बनाउने अभियानमा सँगै रहेपनि हालै गठबन्धमा रहन नसक्ने घोषणा गरेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई विज्ञप्ति सच्याउन माग गरेका थिए।

    विज्ञप्ति सच्चिन समय लागेपछि साँझ ६ बजे शपथका लागि तयार भएका देउवाले राति ८ बजेर २५ मिनेटमा शपथ ग्रहण गरेका थिए। शपथ ग्रहण समारोहमा ओलीको उपस्थितिको अपेक्षा धेरैले गरेका थिए। तर उनी देखिएनन्। देउवाको शपथ ग्रहणको सुरुवातमा निर्धारित समय भन्दा ४ घण्टा अगाडि ओलीले राष्ट्रका नाममा सम्वोधन गरेका थिए।

    त्यतिबेला उनले आफूलाई जनादेशले प्रधानमन्त्री बनाएको तर देउवालाई सर्वोच्चको परमादेशले बनाएको भन्दै सर्वोच्चको फैसलाप्रति असन्तुष्टि जनाएका थिए। उनले विश्वमै पहिलो पटक सर्वोच्चले प्रधानमन्त्री चुनेको भन्दै यसले निम्त्याउने राजनीतिक अस्थिरताप्रति समय खर्च गरेका थिए।

    तर उनले सर्वोच्चद्वारा पदमुक्त भइसकेपछि सरकारी सञ्चारमाध्यम प्रयोग गरेर राष्ट्रका नाममा सम्बोधन गर्नु पनि अनाधिकृत भएको भन्दै आलोचना भएको छ। सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका एक उच्च अधिकारीका अनुसार ओलीको हैसियत स्वैच्छिक राजीनामा गरी पदमुक्त भएका अन्य प्रधानमन्त्री भन्दा फरक थियो, त्यस्तो अवस्थामा सरकारी सञ्चारमाध्यमको प्रयोग गर्नु अनाधिकृत हो।

    ‘सरकारी सञ्चारमाध्यमद्वारा प्रधानमन्त्रीबाट पदमुक्त भइसकेका व्यक्तिले सर्वोच्च अदालतप्रति अपमानजनक र आलोचनात्मक अभिव्यक्ति दिनु पनि आफैमा अर्को आपत्तिजनक आचारण हो,’ ती अधिकारीले भने।

    आपत्तिजनक आचरण प्रदर्शन गर्ने सूचीमा मंगलबार ओली मात्रै परेनन्। ओलीसँग राजनीतिक रुपमा निकट मानिएकी राष्ट्रपति भण्डारीले पनि देउवाको शपथ ‘ग्रहण’का मामिलामा सामान्य ‘शिष्टाचार’ नअपानाएको भन्दै आलोचना भएको छ।

    प्रधानमन्त्रीमा देउवालाई नियुक्तिका मामिलामा सुरुमै राष्ट्रपति कार्यालयले त्रुटिपूर्ण विज्ञप्ति निकाल्यो। तीव्र विरोध भएपछि मात्रै त्यसलाई सच्याउन कार्यालय तयार भयो। अर्कोतर्फ देउवालाई बधाई नदिकनै सपथग्रहण समारोहबाट राष्ट्रपति भण्डारी बाहिरिन्। यसबाट भण्डारीको असंयोगात्मक रवैया प्रदर्शन भएको भन्दै आलोचना भएको छ। यसलाई राष्ट्रको उच्चतम संवैधानिक तहबाट भएको ‘शिष्टाचार’को उल्लंघनका रुपमा हेरिएको छ।

    -दिपा दाहाल/देशसञ्चार

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      प्रश्न गर्नु सामाजिक परिवर्तनका लागि महत्वपूर्ण छ 

      प्रश्न गर्नु सामाजिक परिवर्तनका लागि महत्वपूर्ण छ 

      शेषनाथ वर्नवाल
      शुक्रबार, अशोज १२, २०८०

      जहाँ जिज्ञासा छ त्यहाँ प्रश्न छ। जहाँ प्रश्न छ त्यहाँ भक्ति वा अन्धश्रद्धा नभइ ज्ञान र अनुभवको सुरुवात हुन्छ। जहाँ...

      सर्वोच्चको फैसला: फेवा बचाउने सुनौलो अवसर

      सर्वोच्चको फैसला: फेवा बचाउने सुनौलो अवसर

      नेपाल रिडर्स
      बुधबार, अशोज १०, २०८०

      सर्वोच्च अदालतले फेवा तालको क्षेत्रफल र मापदण्डका सम्बन्धमा गरेको फैसलाको पूर्णपाठ आएसँगै यस सम्बन्धमा रहेका सबै पुराना विवादहरु किनारा लाग्ने...

      झिँगा

      झिँगा

      राजेन्द्र पराजुली
      शनिबार, भदौ ३०, २०८०

      (राजेन्द्र पराजुली पछिल्लो समयका सक्रिय कथाकार हुन। कथाकार, पत्रकार र साहित्यिक पत्रकारका रुपमा उनले लामो समय नेपाली भाषाको सेवामा बिताएका...

      संविधानसभा अध्यक्ष नेम्वाङको निधनपछि कसले के भने?

      संविधानसभा अध्यक्ष नेम्वाङको निधनपछि कसले के भने?

      नेपाल रिडर्स
      मङ्लबार, भदौ २६, २०८०

      वरिष्ठ राजनीतिज्ञ तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा निधन भएको छ। हृदयघातका कारण गएराती निधन भएका नेम्वाङ...

      जनवादी क्रान्ति सम्पन्न भैसक्यो, अब समाजवादी कार्यक्रम चाहिन्छ

      छुवाछुतको पुस्तान्तरण: मेरो परिवारको भोगाइ

      गणेश लम्साल
      बुधबार, भदौ ६, २०८०

      बितेका २८ वर्षदेखि मैले र मेरो परिवारले कुनै न कुनै रुपमा जातीय विभेदको सामना गरिरहेको छ। माघ ०५२ मा मेलै...

      किन हिमाल उक्लिँदैछ बाढी?

      किन हिमाल उक्लिँदैछ बाढी?

      डा. विमल रेग्मी
      मङ्लबार, साउन ३०, २०८०

      पहिले हिमाल र पहाडबाट उत्पत्ति भएका नदीमा जल सतह बढेपछि तराई क्षेत्रमा मात्रै बाढी आउँथ्यो। अहिले भने नदी-खोलाको मुहानमै बाढीले...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      शीत युद्धमा भारत र क्यानाडा
      विश्व

      शीत युद्धमा भारत र क्यानाडा

      नरेश ज्ञवाली
      शुक्रबार, अशोज ५, २०८०

      थप पढ्नुहोस्
      जनवादी क्रान्ति सम्पन्न भैसक्यो, अब समाजवादी कार्यक्रम चाहिन्छ
      अन्तर्वार्ता

      जनवादी क्रान्ति सम्पन्न भैसक्यो, अब समाजवादी कार्यक्रम चाहिन्छ

      नेपाल रिडर्स
      बिहिबार, भदौ ७, २०८०

      थप पढ्नुहोस्
      कसले जितिरहेको छ युक्रेन युद्ध?
      विश्व

      कसले जितिरहेको छ युक्रेन युद्ध?

      रोहेज खतिवडा
      सोमवार, भदौ ४, २०८०

      थप पढ्नुहोस्
      अझै छातीमा आगो निभेको छैनः भूपाल राई
      अन्तर्वार्ता

      अझै छातीमा आगो निभेको छैनः भूपाल राई

      नेपाल रिडर्स
      शनिबार, भदौ २, २०८०

      थप पढ्नुहोस्

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist