प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज पुनः सिंगापुर जाने भएका छन्। प्रधानमन्त्री ओली थाई एयरबाट दिउसो साढे १ बजे सिंगापुर जाने कार्यक्रम तय भएको बताइएको छ। यसअघि साउन १८ गते उनी स्वास्थ्य उपचारका सिंगापुर गई एक साताको उपचारपछि स्वदेश फर्किएका थिए। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीको क्रियाटिनिनको मात्रा अझै घट्न नसकेको कारण समस्या भइरहेको छ। प्रधानमन्त्री ओलीले सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराउने बताइएको छ।
०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन
नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...