Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

प्रधानमन्त्री ओलीले उ‌द्घाटन गरेका तर सञ्चालनमा नआएका ५ काम

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
अशोज १८, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    निर्माण सम्पन्न भएपछि देशका कार्यकारी प्रमुखले उ‌द्घाटन गरेका त्यस्ता निर्मित संरचना नियमित काममा आउँछन् भन्ने सर्वसाधारणलाई लागेको हुन्छ।कार्यकारी प्रमुखले उ‌द्घाटन गरेको मात्र नभई सम्पन्न भएका विकासका संरचना सञ्चालनमा आउनै पर्छ। नेपालमा भने त्यस्ता धेरै संरचना छन् जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगेर उ‌द्घाटन गराइएका छन् तर काममा भने करिब एक वर्ष पुग्न लाग्दा पनि आउन सकेका छैनन्।

    प्रधानमन्त्री ओलीले उ‌द्घाटन गरेका तर काममा नआएका विकासका कामहरूः

    १. काठमाडाैंमा उ‌द्घाटन गरिएका बिजुली बस
    गत वर्ष कार्तिक ६ गते लुम्बिनीमा सञ्चालन गर्नका लागि भनेर ल्याइएका बिजुली बसको उ‌द्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।उनले ‌उ्दघाटन मात्र गरेनन् त्यही बसमा चढेर सिंहदरबारको यात्रा पनि गरेका थिए।तर तिनै बस अहिले थन्किएर बसेका छन्।ती बस एशियाली विकास ब्याङ्कको सहयोगमा खरिद गरिएका हुन्।पर्यटन मन्त्रालयका अनुसार ती बस गुणस्तरीय छैनन्।

    मन्त्रालयका उपसचिव गोपीचन्द्र भण्डारीका अनुसार बसका पार्टपुर्जा र ‘बडी’ फरकरफरक देशमा बनेको पाइएकोले ती बस सञ्चालन गर्ने पक्षमा मन्त्रालय छैन।उनले भने, ‘हामी बस नै फिर्ता लगेर अरू गुणस्तरका बस ल्याउनुपर्छ भन्दा ठेकेदारले मर्मत गरिदिन्छु भनेकाले कुरा मिलेको छैन।’मन्त्रालयले खोजेको गुणस्तरका बस ल्याउन नसकेको अवस्था ठेक्का तोड्ने मनस्थितिमा मन्त्रालय पुगेको बताइएको छ।

    मन्त्रालयका अनुसार अहिले त्यस्ता पाँचवटा बस ग्यारेजमा थन्किएका छन्।मन्लालयले खोजेको गुणस्तरको बसको मूल्य करिब डेढ करोड नेपाली रुपैयाँ पर्ने मन्त्रालयका उपसचिव भण्डारीले बताए।

    २. विराटनगर नजिकको कृषि बजार
    विराटनगरनजिक कटहरी गाउँपालिका १ मा बनेको कृषि बजार प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत ३ गते उ‌द्घाटन गरेका थिए।उनले उ‌द्घाटन गरेको ६ महिना बितिसक्दा पनि उक्त बजार सञ्चालनमा आएको छैन।

    स्थानीय जनप्रिय माध्यमिक विद्यालयको ५ बिघा २ धुर जग्गामा १३ करोड ७६ लाख ५४ हजार ७ सय १० रुपैयाँ लागतमा उक्त बजार निर्माण भएको हो।कटहरी गाउँपालिका कार्यालयका अनुसार उक्त बजार कस्ले सञ्चालन गर्ने भन्ने विषय नै टुङ्गो लागेको छैन।गाउँपालिकाकी उपप्रमुख मन्जिताकुमारी सरदारले निर्माण गर्ने कम्पनीले जिम्मा नलगाएका कारण उक्त बजार उ‌द्घाटन भए पनि प्रयोगमा आउन नसकेको बताइन्।उनले भनिन्, ‘अहिले त त्यो विषयमा चर्चा पनि छैन।’

    ३. विराटनगरको बायोग्यास प्लान्ट
    गत साल भदौ ५ गते विराटनगरको श्रीकृष्ण गौशालाले निर्माण गरेको बायोग्यास प्लान्ट उ‌द्घाटन गर्दा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘अब घररघरमा पाइपबाट ग्यास।’

    उनले उक्त बायोग्यास प्लान्ट उ‌द्घाटन गरेपछि अन्य कुनै पनि घरमा ग्यास जडान भएको छैन।उ‌द्घाटनका बेला ३२ घरमा उक्त प्लान्टबाट ग्यास जडान गरिएको थियो।अहिले पनि त्यति नै रहेको गौशालाका अध्यक्ष शङ्करलाल अग्रवालले बताए।

    उनले भने, ‘हामीले जे सोचेर बायोग्यास उ‌द्घाटन प्रधानमन्त्री ओलीबाट गरायौँ। सो अनुसारको काम अगाडि बढेन। जहाँ थियो त्यहीँ छ। हाम्रो क्षमता चाहिँ करिब ७० घरधुरीको हो।’अग्रवालले सर्वसाधारणले चासो नदिएकाले पनि ग्यास वितरणको प्रक्रिया अगाडि बढ्न नसकेको बताए।

    ४. भद्रपुरमा बनेको मेची पुल
    भारतको पश्चिम बङ्गाल र बिहार तथा पूर्वी दक्षिण झापा जोड्ने भद्रपुरमा मेची नदीमा बनेको पुल गत माघ १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे पनि अहिलेसम्म उक्त पुलमा सवारी सञ्चालन हुन सकेको छैन।

    बाइक, टेम्पो तथा हल्का सवारी साधन सञ्चालन भए पनि अन्य ठूला यात्रु तथा मालवाहक सवारी साधन सञ्चालन भएका छैनन्। ३५ करोड ९५ लाख रुपैयाँको लागतमा नौ वर्षमा उक्त पुल बनेको हो।

    भारतीय पक्षले पुल जोड्ने करिब ४०० मिटर सडक नबनेको र नेपालतर्फ बन्ने सडकमा मुआब्जा विवाद रहेको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले बताए।उनले भने, ‘यस्ता संरचना बन्नलाई धेरै वर्ष लाग्ने गर्छ। त्यसबीचमा बाटो बनाउन सकिन्थ्यो। हाम्रै अदूरदर्शिताका कारण समस्या भयो। प्रधानमन्त्रीले उद्घाटन गर्नुभयो तर सञ्चालन गर्न सकिएन।’

    ५. प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रको पशु बजार
    प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा बनाइएको पशु बजार उनले नै गत साल चैत्र १८ गते उद्घाटन गरेका थिए।नयाँ आर्थिक वर्ष शुरू भएर तीन महिना बित्न लाग्दा पनि उक्त बजार सञ्चालनमा आएको छैन।दमक नगरपालिका वार्ड नं ७ स्थित पशुहाट परिसरमा रहेको करिब १५ करोड लागतमा व्यवस्थित पशुपक्षी बजारका लागि कम्पाउण्ड घेरा गरी बनाइएको भवन तथा अन्य संरचना प्रयोगविहीन छन्।

    विश्व ब्याङ्कको सहयोगमा व्यवसायिक कृषि तथा व्यापार आयोजनाले निर्माण गरेको पशु बजार प्रयोगमा आउन ढिलाई भएको मात्रै छैन पशुहाट परिसरबाहिर हरेक बुधवार सडकमा आवागमनमै अवरोध हुने गरि पशुपक्षी किनबेचका लागि राखिँदा सर्वसाधारणको आवागमनमा असहज हुने गरेको छ।

    दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाका अनुसार उक्त भवन उद्घाटन भए पनि प्रयोगमा आउनेगरी बनाउन केही काम बाँकी रहेकाले प्रयोगमा ल्याउन नसकिएको हो।उनले भने, ‘ठेकेदारले पानी निकास, बिजुली जडानलगायत केही काम गर्न बाँकी रहेकाले प्रयोगमा आउन नसकेको हो।’बीबीसीकाे सहयोगमा।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.