प्रधानमन्त्री केपी ओलीले आज (बिहीबार) संसदमा गर्न लागेको सम्बोधन स्थगित भएको छ । संसद अधिवेशन अन्त्य हुने भएकाले बिहीबार दुवै सदनमा उनले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । दिउँसो साढे २ बजे प्रतिनिधि सभा र त्यसपछि राष्ट्रिय सभामा सम्बोधन गर्ने भनिएको थियो । प्रधानमन्त्रीले ओलीले शुक्रबार टुँडिखेलमा आयोजना हुने संविधान दिवसको मुल राष्ट्रिय कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ।
०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन
नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...