Tuesday, April 20, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

अयोध्याबारे प्रधानमन्त्री ओलीको अभिव्यक्ति विवादमा

by पत्रपत्रिकाबाट
July 14, 2020
- समाचार
अयोध्याबारे प्रधानमन्त्री ओलीको अभिव्यक्ति विवादमा
Share on FacebookShare on TwitterEmail

हिन्दुहरूका भगवान् श्रीराम भारतमा नभई नेपालमै जन्मिएका थिए भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति विवादमा परेको छ।प्रधानमन्त्री ओलीको उक्त भनाइको सत्तारूढ दल, प्रतिपक्षी नेताहरू र नागरिकले पनि विरोध गरेका छन्।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्रीका बोलीले सीमा नाघ्दै गएको उल्लेख गरेका छन्।भट्टराईले ट्वीट गर्दै भनेका छन्- अति गरे खति हुन्छ भन्छन्। प्रधानमन्त्रीका बचन/कर्मले सीमा नाघ्दैछन्। संसदमा सिंहमेव जयते र बेसार पुराणदेखि अयोध्या पुराणसम्म आउँदा उहाँको चिन्तनप्रणाली स्वस्थ देखिन्न। संसद स्थगन गरेर अध्यादेश/संकटकालको खड्गसमेत उहाँको हातमा छ। उहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ, उपचार खोजौं।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भूराजनीतिक संवेदनशीलताप्रति सचेत हुनुपर्ने उल्लेख गरेका छन्।श्रेष्ठले ट्वीट गर्दै भनेका छन्- हाम्रो भुराजनीतिक संवेदनशीलताप्रति हामी सचेत हुनै पर्छ। स्वतन्त्र परराष्ट्र नीतिमा आधारित कुटनीतिक श्रेष्ठताले मात्र हामीले हाम्रो भुराजनीतिक अवस्थितिको लाभ लिन सक्छौं, अन्यथा देश बाह्य शक्तिहरुको कृडास्थल बन्ने र राष्ट्रिय सार्वभौमिकता नै खतरामा पर्न सक्ने ठूलो जोखिमको चुनौती छ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्रीले उट्पट्याङ कुरा गरेको बताएका छन्। थापाले ट्वीट गर्दै भनेका छन्- प्रधानमन्त्रीको स्तरबाट यस्ता उटपट्याङ, अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त छैन। भारतसँग सम्बन्ध सुधार्नेभन्दा बिगार्नेतर्फ प्रमको ध्यान गए जस्तो लाग्छ। नक्सा प्रकाशित गरेर अतिक्रमित भूमि फिर्ता ल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनावश्यक विवाद सिर्जना गर्नु राम्रो होइन।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले प्रधानमन्त्रीले अध्योध्याबारे विवादास्पद र गैरजिम्मेवार अभिव्यक्ति दिएको उल्लेख गरेका छन्।‘प्रधानमन्त्रीले अयोध्याको बारेमा अप्रमाणित, बिवादास्पद र गैरजिम्मेवार अभिव्यक्ति दिएर दुई देशको कुटनीति खल्बल्याउने मात्रै नभई नेपाली र भारतीय जनताबीचको आपसी धार्मिक र सांस्कृतिक सम्बन्ध बिगार्ने काम गरेका छन्,’ कोइरालाले फेसबुकमा लेखेका छन्, ‘जसरी गौतम बुद्ध र लुम्बिनीका बारेमा हामी कसैसँग सम्झौता गर्न सक्दैनौं त्यसैगरी भारतीयहरू मर्यादा पुरुष भगवान् श्रीराम र अयोध्याका बिषयमा केही कुरा सुन्न चाहॅदैनन्। अयोध्या भारतलगायत सम्पूर्ण हिन्दुहरूको आस्थाको केन्द्र हो। धर्म र आस्थालाई राजनीति तथा कूटनीतिको हतियार बनाएर सत्ताको मलजल गर्नु कदापि सह्य हुँदैन।’

नेकपाकै केन्द्रीय सदस्य विष्णु रिजालले पदमा बसेर बेतुकका कुरा गरेपछि राष्ट्रकै शीर झुक्छ भनेका छन्।रिजालले ट्वीटरमा लेखेका छन्-पदमा बसेर बेतुकका र असान्दर्भिक कुरा बोल्दा राष्ट्रकै शीर झुक्छ। अप्रमाणित, पौराणिक र विवादास्पद कुरा बोलेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हो। फुकीफुकी पाइला चालेर भूमि फिर्ता ल्याउनुपर्ने बेलामा विरोध र उत्तेजनाका लागि एकपछि अर्को मसला दिइनु दुर्भाग्यपूर्ण मात्र होइन, रहस्यमय छ।

लेखक खगेन्द्र संग्रौलाले कोरोना महामारीलगायतमा देश आक्रान्त भइरहेका बेला प्रधानमन्त्री ओली छलकारी राष्ट्रवादको नशामा लठ्ठ रहेको बताएका छन्।संग्रौलाले भनेका छन्- जनजीवन कोरोना, सलह, बाढी-पहिरो, बेराजगारीबाट आक्रान्त छ, प्रम ओली छलकारी राष्ट्रवादको नशामा लठ्ठ छन्। ओलीले हिजो भनेछन्, “भगवान् रामचन्द्र भारतीय हुँदै होइनन्, अयोध्या ठोरीमै छ।” यिनले चतुर्मुखी ब्रह्माजी पनि नेपाली माटाकै उपज हुन् भन्न बेर छैन। हैट्, ओलीसँग नसकिने भो!

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर नागरिकस्तरबाट पनि विरोध भएका छन्। कसैले व्यंग पनि गरेका छन्।प्रधानमन्त्रीको अभिव्यक्तिमा उनका पूर्व प्रेससल्लाहार रहेका प्राध्यापक कुन्दन अर्यालले पनि प्रश्न उठाएका छन्। उनले ट्वीटमा भनेका छन्- यो के बोलेको? कि भारतको टेलिभिजन च्यानलहरूसँग प्रतिस्पर्धा गरेको?

पत्रकार उमेश श्रेष्ठले राष्ट्रवादी संस्करण पनि बनाउन सुझाव दिँदै लेखेका छन्- रामायणका यति धेरै संस्करण छन्, अब एउटा राष्ट्रवादी संस्करण बनाए भो। तर जुन अवस्था र परिस्थितिमा अहिलेको विवादित ‘दाबी’ आएको छ, त्यसले समस्या सुल्झाउने भन्दा अल्झाउने काम गर्छ।

पत्रकार दीपक भट्टराईले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति व्यंग गर्दै ट्वीट गरेका छन्- ओल्बाले राम जन्मभूमि अयोध्या नगरी निर्माणका लागि अर्को वर्ष अर्बौं बजेट पार्दिन्छन् भन्दै जग्गा दलालहरू वीरगञ्ज पश्चिमपट्टि ठोरीतिर लागिसके होलान् कि अझै केही समय कुरिरहेका छन्? सेतोपाटी

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Facebook Twitter Youtube

© 2021 Nepal Readers

No Result
View All Result
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे

© 2021 Nepal Readers

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.