Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

आफ्नै बाबुद्वारा बन्धक बनाइएकी युइएकी राजकुमारी : बाहिरियो भिडियो

nepal_readers nepal_readers
फाल्गुन ५, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सन् २०१८ मा देश छाडी भाग्ने प्रयास गरेकी दुबईकी शासककी छोरीले पछि गोप्य रूपमा आफ्ना साथीहरूलाई पठाएको भिडिओमा पिताले आफूलाई “बन्धक” बनाएको र आफ्नो ज्यान जोखिममा रहेको उल्लेख गरेकी छन्।

    बीबीसी पानोरामालाई उपलब्ध गराइएको भिडिओमा राजकुमारी लतिफा अल मुक्तमले डुङ्गा चढेर भागिरहेको अवस्थामा कमान्डोहरूले आफूलाई औषधि दिएको र हवाई मार्ग हुँदै पुनस् नजरबन्द गरिएको स्थान पुर्‍याइएको बताएकी छन्। गोप्य सन्देश आउने क्रम हाल रोकिएको छ र उनका साथीहरूले संयुक्त राष्ट्रसङ्घलाई यो विषयमा प्रवेश गर्न आग्रह गरेका छन्।

    दुबई र संयुक्त अरब एमिरेट्सले यसअघि उनी सुरक्षित र परिवारको साथमा रहेको बताएका थिए। सन् २०१८ मा लतिफासँग भेटेकी र उनलाई “चिन्तित युवती”का रूपमा व्याख्या गरेकी संयुक्त राष्ट्रसङ्घकी एक जना पूर्व अधिकारी म्यारी रोबीन्सनले आफूलाई नराम्रो तरिकाले झुक्काएको बताएकी छन्।

    मानव अधिकार सम्बन्धी पूर्व राष्ट्र सङ्घिय उच्चआयुक्त तथा आयरल्यान्डकी पूर्व राष्ट्रपति रोबीन्सनले लतिफाको हालको अवस्था र उनी कहाँ छिन् भन्ने बारे थाहा दिइनुपर्ने आग्रहको समर्थन गरेकी छन्।

    ‘म लतिफा बारे अझै निकै चिन्तित छु। विषय वस्तु अघि बढेको छ। र त्यसै कारण यो विषय बारे अनुसन्धान गरिनुपर्छ भन्ने मलाई लाग्छ,’ उनले भनिन्।

    लतिफाका पिता शेख मोहम्मद बिन राशिद अल मक्तुम दुबईका शासक हुन। विश्वको सबैभन्दा धनी राष्ट्र प्रमुख मध्ये एक उनी संयुक्त अरब एमिरेट्सका उप-राष्ट्रपति पनि हुन। लतिफालाई नियन्त्रणमा लिएर दुबई ल्याइएको करिब एक वर्षपछि उनलाई गोप्य रूपमा दिइएको मोबाइल फोनमा कैयौँ महिना लगाएर भिडिओहरू रेकर्ड गरिएको थियो।

    उनले ती भिडिओ शौचालयमा रेकर्ड गरेकी थिइन् किनकि त्यहाँ मात्रै उनी ‌ढोका बन्द गरेर बस्न सक्ने अवस्था थियो।

    उक्त भिडियो सन्देशमा उनले यस्तो विवरण सुनाएकी छन् :

    उनी सवार डुङ्गाबाट बाहिर निकाल्ने सिपाहीहरूसँग उनले प्रतिरोध गर्ने प्रयास गरेकी थिइन्। एकजना कमान्डोलाई पीडामा चिच्याउनुपर्ने अवस्था आउँदासम्म उनले उसको पाखुरामा टोकेकी थिइन। औषधि दिएर शान्त पारिएपछि उनले आफ्नो होस गुमाइन्। उनलाई निजी विमानबाट लगिँदै थियो र दुबई नपुग्दासम्म उनी होसमा आउन सकिनन्।

    उनलाई चिकित्सकीय वा कानुनी सहायता लिन नसक्ने गरी एक्लै एउटा घर (भीला) मा राखिएको छ। झ्याल ढोका बन्द गरिएको उक्त घरको सुरक्षामा प्रहरी तैनाथ गरिएका छन्।

    लतिफालाई पक्राउ गरिएको विषय बारेका विवरण उनकी मिल्ने साथी टीना यावहीआइनन, एक जना नातेदार मार्कस एस्ब्री र अभियन्ता डेभिड हेगले पानोरामालाई उपलब्ध गराएका हुन। उनीहरूले लतिफाको रिहाइको माग गर्दै अभियान चलाइरहेका छन्।लतिफा सुरक्षित छन् कि छैनन् भन्ने चिन्ताका कारण आफूहरूले उनको सन्देश सार्वजनिक गर्ने कठिन निर्णय लिएको उनीहरूले बताएका छन्।

    उनीहरूले नै प्रहरी तैनाथ गरिएको घरमा रहेकी लतिफासँग सम्पर्क स्थापित गर्न सफल भएका थिए। पानोरामाले लतिफालाई कहाँ राखिएको छ भन्ने विषय बारे विवरणको स्वतन्त्र परीक्षण गरेको छ।-बीबीसी नेपाली/हेर्नुहोस् भिडियो :

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.