संसद विघटनको घोषणाविरुद्ध आज देशभर के–के कार्यक्रम हुँदैछ ?

0
43
Protesters affiliated with a faction of the ruling Nepal Communist Party take part in a rally against the dissolution of parliament, in Kathmandu, Nepal December 29, 2020. REUTERS/Navesh Chitrakar

संसद विघटनको घोषणाविरुद्ध आज देशभर विभिन्न दलहरूले छुट्टाछुट्टै कार्यक्रम राखेका छन् :

१. आज साढे नौ बजे नेपाल कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा विघटनविरुद्ध जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई बिरोधपत्र बुझाएको छ ।

२. त्यसैगरी, विवेकशील पार्टीले प्रधानमन्त्री ओलीको गैरसंवैधानिक कदमविरुद्ध बिहान साढे १० बजे माइतीघर मण्डलामा ऐना देखाएर बिरोध प्रदर्शन गर्दैछ ।

३. नेपाल तरुण दल,मध्यपुर थिमि नगर कार्यसमितिले प्रतिनिधिसभा विघटनको कदमविरुद्ध नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाको प्रमुख आतिथ्यमा बिरोध ¥यालीसहित मध्यान्ह साढे बाह्र बजे बाहाखा बजारमा सभाको आयोजना गरिएको छ ।

४. नेपाल विद्यार्थी संघ,केन्द्रीय कार्य समितिले संसद विघटनको बिरुद्ध उल्टो हिँडेर माइतीघर मण्डलामा दिउँसो १ बजे प्रदर्शन गर्ने भएको छ ।

५. नेपाल कम्युनिस्ट पार्टी (बहुमत) अछाम–काठमाडौं सम्पर्क मञ्चले नेकपा स्थायी कमिटी सदस्य भीम रावलको प्रमुख आतिथ्यमा क्वालिटी ब्याङ्क्वेट,बुद्धनगरमा दिउँसो १ बजे बृहत् कार्यकर्ता भेलाको कार्यक्रम राखिएको छ ।

६. जनता समाजवादी पार्टी,नेपाल र नेवाः राष्ट्रिय समितिले प्रतिनिधिसभा विघटनविरुद्ध शंखधर चोक,भक्तपुरमा दिउँसो २ बजे जनप्रदर्शन कार्यक्रम राखेको छ ।

यता, संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया