मंगलबार ‘प्रतिगमन विरुद्ध नागरिक आन्दोलन’ले काठमाडौंको कमलादीस्थित प्रज्ञा भवन डबलीमा गरेको विरोध कार्यक्रम गरेको हो। कार्यक्रममा नेपाल बार एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानमन्त्री ओलीले संविधानलाई खेलाँची ठान्दै विघटन गरेको बताए।कार्यक्रममा मुक्तिसिंह तामाङ, भोजराज श्रेष्ठ, सिएन थारु, विद्या श्रेष्ठ, युग पाठकलगायतले सम्बोधन गर्दै प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै त्यसविरुद्ध निरन्तर आन्दोलनमा सहभागी हुने बताए ।
कार्यक्रममा युवतीहरूले सामूहिक कविता परेड देखाएका थिए। नाटककार घिमिरे युवराजको निर्देशनमा कविता परेड प्रस्तुत गरिएको थियो।कार्यक्रममा व्यङ्ग्यात्मक रूपमा प्रतिगमनविरुद्ध सेतो कपडामा रंग पोतेर कलाकारहरूले चित्र बनाएका थिए । नागरिक समाजका कानुन, पत्रकारिता, राजनीतिक, सामाजिक क्षेत्र लगायत विभिन्न क्षेत्रका ब्यक्तित्वहरु कार्यक्रममा सहभागी भएका थिए ।
काठमाडौंको प्रज्ञा भवनको कमलादीमा संसद विघटनविरुद्ध नागरिक समूह र कलाकर्मीहरूले आज विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनमा कवि, कलाकार र अधिकारकर्मीहरूको सहभागिता थियो।