काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य रघुजी पन्तले नबोल्ने देउतालाई होइन, बोल्ने जनतालाई खुसी बनाउन प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई चुनौति दिएका छन् । प्रधानमन्त्री ओलीले पशुपति गएर जलारी लगाउन ३० करोड रुपैयाँ छुट्याएकोप्रति टिप्पणी गर्दै यस्तो बताएका हुन् ।
काठमाडौँमा नेकपाले आयोजना गरेको विरोध सभामा बोल्दै पन्तले भने, ‘उहाँ पशुपति जानु भयो । विघटनपछि पशुपति गएर के बरदान माग्नु भयो थाहा छैन । ३० करोड निकासा गर्दिन्छु भन्नुभएछ । मलाई राजा विरेन्द्रको सम्झना आयो । उनले सम्बोधनको अन्तिममा भन्थे–पशुपति नाथले रक्षा गरुन् । राजा ज्ञानेन्द्रले पनि आफ्नो सम्बोधनको अन्त्यमा प्रत्यकचोटी त्यही भन्थे । तर विरेन्द्रको वंशनास भयो । ज्ञानेन्द्र पनि नारायाणहिटीबाट लखेटिए । ओलीजी सुन्नुस्, नबोल्ने पशुपतिनाथको मूर्ति होइन । यहाँ बोल्ने पशुपतिनाथहरूलाई खुसी बनाउनुस्। जो यहाँ उपस्थित छन् ।’
पन्तले बास्तविक पशुपति नै जनताको भएको उल्लेख गरे । ‘तराईमा परालको झुप्रोमुनि कठ्यांगिएर जनता बसरिहेका छन् । ओलीलाई तिनको चिन्ता छैन । त्यसैले पशुपतिनाथ तराईको झुप्रोमा छन् । हिमालको झुप्रोमा छन् । मेचीको किनारमा छन् । महाकालीको निकनारमा छन् ।’