वर्षा र बाढीका कारण पृथ्वी राजमार्ग अवरुद्ध

अविरल वर्षा र बाढीका कारण धादिङमा पृथ्वी राजमार्गको ठाउँठाउँमा सडक, यातायात र आवतजावत अवरुद्ध भएको छ।

धादिङ र चितवनको सिमामा पर्ने मोवाखोलाको पुल बाढी र पहिरोले भत्काउदा यातायात र आवतजावत नै बन्द भएको छ । बाढी र पहिरोले पुलको धादिङतर्फको खण्ड भत्किएको छ ।इलाका प्रहरी कार्यालय गजुरीका अनुसार मौवाखोला नजिकैको ठाडो खोलाले टिपर पनि बगाएको छ । अहिले धादिङमा आधा दर्जन भन्दा बढी ठाउँमा पहिरो र सडकमाथि बाट खसेको लेदोका कारण राजमार्ग अवरुद्ध भएको छ।

त्यसैगरी धादिङको फुर्केखोलामा सडक माथीवाट पहिरो र भेल खस्दा बजार क्षेत्र समेत त्रसित बन्न पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here