Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

आदिवासी जनजाति साहित्यकार/लेखक महासंघको अध्यक्षमा राजन मुकारुङ : ७ बुँदे घोषणापत्र जारी

nepal_readers nepal_readers
चैत्र ९, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    लेखक राजन मुकारुङको अध्यक्षतामा आदिवासी जनजाति साहित्यकार/लेखक महासंघको प्रथम केन्द्रीय कार्यसमिति गठन भएको छ ।ललितपुरको यालाखिम रेष्टुरेन्टमा आज सम्पन्न महासंघको दुई दिने राष्ट्रिय भेलाले सर्वसम्मतिमा महासंघको केन्द्रीय कार्यसमिति चयन गरेको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा टङ्क सेलिङ, उपाध्यक्षमा रजनीमिला, जगबहादुर बुढा, डा. विष्णुकुमार सिङजाली, वेचन उराँव, डा. कृष्णराज सर्वहारी, डा. सोमबहादुर धिमाल, गौरी तमू र उत्तमकुमार सुनुवार सर्वसम्मतिले चयन भएका छन् ।

    महासचिवमा बुद्ध योञ्जन लामा चयन भएका छन् । सचिवमा लक्ष्मी रुम्बा, अन्वेश थुलुङ्ग, प्रेमीला राई, बच्चु हिमांशु, जीवनप्रवेश रोकामगर, कुन्साङ र मेनुका छन्त्याल चयन भएका छन् । महासंघको कोषाध्यक्षमा उर्मिला गम्वा थारु र सह–कोषाध्यक्षमा जितेन पन्धाक चयन भएका छन् ।महासंघको प्रथम केन्द्रीय कार्यसमितिका सदस्यहरुमा हेन्सेन याक्खा, अञ्जना इछमफूल, पवित्रा थापामगर, विराट किराती, राम बि. लामा, डा. चित्र माबो, रोशन गुरुङ्ग, रामलाल उराँव, कविराज तामाङ्ग, गणेश कुमाल, चोमु शेर्पा खुसी, नेपोलियन चेपाङ्ग, तेजेन्द्र ताजपुरिया, महेन्द्र थुलुङ्ग राई, शर्मिला रोका मगर, रामगोपाल आशुतोष र लालबहादुर भुजेल रहेका छन् ।

    महासंघको केन्द्रीय तदर्थ समितिको आयोजनामा ‘साहित्यमा आदिवासी सौन्दर्य लेखौं, अग्रगमनको यात्रामा अघि बढौं’ भन्ने नाराका साथ देशभरका आठ राज्य समितिका प्रतिनिधिहरुसहित चैत्र ७ गते, शनिबारबाट सुरु भएको राष्ट्रिय भेलाको पहिलो दिनको उद्घाटन सत्रमा कवि भूपाल राई, नेपाली लेखक संघका अध्यक्ष श्रवण मुकारुङ, नागरिक अभियन्ता नारायण वाग्ले, नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले सम्बोधन गरेका थिए ।

    आदिवासी जनजाति महिलाको अवस्थाबारे कैलाश राईको मन्तव्यबाट सुरु भएको राष्ट्रिय भेलालाई नेवाः देय दवुका सल्लाहकार डा. पुष्पराज कर्णीकार, पत्रकार सञ्जु दोङ्ग, अभियन्ता तथा मधेश मामिलाकी अध्येता रिता शाहले पनि सम्बोधन गरेका थिए ।भेलाको पहिलो दिन डा. तारालाल श्रेष्ठले ‘आदिवासी सौन्दर्यशास्त्रको महत्व र आवश्यकता’ शिर्षकमा र डा. अमृत योञ्जनले नेपालमा मातृभाषाको अवस्थासम्बन्धी अवधारणापत्र प्रस्तुत गरेका थिए ।

    भेलाको दोस्रो दिन चैत्र ८ गते, आइतबार महासंघको केन्द्रीय कार्यसमिति गठन भएसँगै महासंघको ७ बुँदे घोषणापत्र पनि जारी भएको छ । आदिवासी जनजाति समुदायले वर्षौँदेखि उठाइरहेका मागहरु सुनुवाई नभएको ठहर गर्दै महासंघले आफ्नो घोषणापत्र जारी गरेको हो ।संविधानतः नेपाल धर्मनिरपेक्ष मुलुक भएता पनि व्यवहारतः लागु नभएको ठहर गर्दै विविधतासहितको नेपाली सौन्दर्यशास्त्रको निर्माण गर्न आदिवासी जनजाति समुदायमा रहेका मौखिक परम्पराका दर्शनशास्त्रहरुलाई मिहिन ढङ्गले बुझ्ने, बहस तथा अभिलेखीकरण गर्ने कुरा पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।

    महासंघले आदिवासी जनजाति समुदायका भाषाहरुलाई जोडदार रुपमा लेखक तथा तिनका मौखिक साहित्यसमेतलाई दस्तावेजीकरण गर्न गराउन सम्बन्धित जाति समुदायका स्रष्टाहरुलाई उत्प्रेरित गर्ने र सो कार्यमा अग्रसर रहि विश्वभर भएका भइरहेका आदिवासी जनजाति अभियानहरुसित घनिभूत बहस गर्दै पहिचानको आन्दोलनलाई एकीकृत बनाउन पहल गर्ने घोषणा गरेको छ ।प्राथमिक तहदेखि विश्वविद्यालयसम्मै मातृभाषा तथा साहित्यको पाठ्यक्रम निर्माण गर्न राज्यलाई दबाब दिँदै सबै आदिवासी जनजाति, मातृभाषबिच साझा सम्बन्ध विकास गर्नको लागि साझा लेखनपद्धति निर्माण गर्ने घोषणा पनि महासंघले गरेको छ ।आजै आदिवासी जनजाति साहित्यकार/लेखक महासंघको प्राज्ञिक परिषद पनि गठन भएको छ । प्राज्ञिक परिषदमा कैलाश राई, मुनाराज शेर्मा, विष्णुकुमार सिङजाली, सञ्चु ब्लोन, गुरुङ्ग सुशान्त, लालबहादुर भुजेल, डा. सोमबहादुर धिमाल, डा. लाल रापचा, डा. कृष्ण सर्वहारी र डा. तारालाल श्रेष्ठ चयन भएका छन् ।

    महासंघका नवनिर्वाचित अध्यक्ष राजन मुकारुङले नेपालका आदिवासी जनजातिहरुको आन्दोलनलाई राज्यसत्ताको मनोविज्ञानबाट भ्रष्टीकरण गरिएको र यसमा आदिवासी जनजातिभित्रै पनि भ्रष्टीकरण हावी भएकाले यी दुवै प्रवृत्तिहरुका विरुद्ध एकसाथ लड्नुपर्ने बताए ।नेपालको सवालमा आदिवासी जनजातिहरुको सौन्दर्यशास्त्रको निर्माण गरेर त्यसलाई हरेक राजनीतिक पार्टीहरुका स्कूल विभाग र प्राज्ञिक क्षेत्रमा बहस गराउँदै त्यसलाई पाठ्यक्रममा रुपमा विकास गराउनु महासंघको मुख्य लक्ष्य हुने उनले बताए ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.