Tuesday, March 2, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

रामबहादुर थापालाई किन गरे ओलीले घटुवा?

by nepal_readers
February 6, 2021
- समाचार
रामबहादुर थापालाई किन गरे ओलीले घटुवा?
Share on FacebookShare on TwitterEmail

पार्टी विभाजन भइसकेपछि पनि केही समय तटस्थ देखिनुभएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अन्ततः ओलीपक्षमा लाग्नुभयो । आफूपक्षीय नेता तथा कार्यकर्ताको मूल हिस्सा प्रचण्ड–माधव नेतृत्वको नेकपामा छाडेर थापा एकाएक ओली पक्षमा लागेपछि एउटा चर्चा चल्यो ‘बालुवाटार छिरेपछि बादल गले र रातारात बल्ड्याङ खाए ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सहअध्यक्ष बनाउने आश्वासन दिएपछि थापाले कोल्टे फेरेको गाईंगुईं सुनियो । ओलीपक्षमा लागेको दिनदेखि नै थापाले प्रतिनिधिसभा विघटन गर्ने कदमको समर्थनमा आक्रामक अभिव्यक्ति दिन थाल्नुभयो । त्यसैले पनि अनुमान गर्नेहरूलाई ‘हो क्यारे’ भन्ने बनाइदियो । जननिर्वाचित संस्था विघटन गर्नेजस्तो ‘अलोकप्रिय’ कदमलाई ‘क्रान्तिकारी’, ’अग्रगामी’, ’राष्ट्रवादी’ भनेर थापाले ओलीपछिको नेता बन्न ‘चाकरी’ गरेको आरोप लाग्यो ।

पार्टी एकतापछिका झण्डै तीन वर्ष करिब गुमनाम रहेका थापा एकाएक गर्जिन थालेपछि धेरैले ठाने, ‘ईश्वर पोखरेललाई पन्छ्याएर ओलीपछिको वरियतामा बादलले इन्ट्री मारे ।’ तर,शुक्रबारसम्म आइपुग्दा त्यस्ता अनुमान गलत साबित भएका छन् । ओली समूहले गरेका पार्टीका आन्तरिक कार्यक्रमहरूमा थापालाई उपप्रधानमन्त्री तथा सो समूहका सचिवालय सदस्य पोखरेलभन्दा मुनि राखेर अतिथि बनाइएको छ । सह–अध्यक्षको प्रस्ताव वामदेवलाई प्रधानमन्त्री बनाएको जस्तै रहेछ भन्ने घटनाक्रमले पुष्टि भइसकेको बताइन्छ । शुक्रबार ओली समूहले काठमाडौंमा आयोजना गरेको आमसभामा ओली,पोखरेल र थापाले सम्बोधन गर्ने प्रचार दुई दिन अघिदेखि गरिएको थियो ।

सहअध्यक्षको चर्चा गरिएका थापाले पोखरेलभन्दा पहिले बोल्नुहोला कि पछि भन्ने धेरैमा चासो र कौतुहलता थियो । तर, थापालाई पोखरेलभन्दा पहिले बोल्न बोलाइयो । त्यसो त,थापाले शुक्रबार पनि आक्रामक भाषण गर्नुभयो । संसद विघटन गर्ने ओलीको कदमलाई ‘क्रान्तिकारी’, ‘अग्रगामी’, ‘राष्ट्रवादी’ को विशेषण प्रदान गर्न छुटाउनुभएन । त्यतिले नपुगेर उल्टै प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनकारी शक्तिलाई प्रतिगामी भन्दै पक्रेर चिडियाखानामा थुन्ने चेतावनी समेत दिनुभयो ।

केही समय पहिले एउटा कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना कार्यकर्तालाई कडा आन्दोलन गर्न निर्देशन दिँदै ‘शाकाहारी’ आन्दोलनले ओलीको कदम नसुध्रिने बताउनुभएको थियो । थापाले प्रचण्डको नाम उल्लेख नगरी भन्नुभयो, ‘मांशाहारी आन्दोलन गर्ने समूहलाई चिडियाघरमा लगेर थुन्छु ।’ सह–अध्यक्ष नदिँदा त त्यसरी कुर्लिएका उनी दिएको भए गर्थे होलान् ? प्रचण्ड–माधव खेमाका एक नेता भन्छन्, ‘ओलीले न सहअध्यक्ष दिन्छन्, न बादललाई नै त्यो पाइन्छ भन्ने विश्वास छ । बादललाई ओलीले ललिपप देखाएका हुन् । बादल नराम्रोसँग फसे ।’

ती नेताका अनुसार गृहमन्त्री बादलसँग जोडिएको एउटा घटना र उनको कमजोरीमा बालुवाटारले फाइदा उठाएको हो । ‘ल हेर्नुुस् यस्तो पो आएको छ त मिडियामा भनेर बालुवाटारले देखाएपछि बादल कक्रक्क परेका हुन्’ ती नेताले भने । थापासँग खासै कार्यकर्ता नभएको बुझ्नुभएका प्रधानमन्त्री ओलीले शुक्रबारको कार्यक्रमका लागि संख्या नै तोकेर सहभागी जुटाउन दबाव दिएको चर्चा पनि थियो । हालैको पूर्वजनमुक्ति सेनाको तानातान त्यसैको परिणाम हो, भनिन्छ । -जनआस्था

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
nepal_readers

nepal_readers

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Discussion about this post

Facebook Twitter Youtube

© 2021 Nepal Readers

No Result
View All Result
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे

© 2021 Nepal Readers

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.