Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

रामबहादुर थापालाई किन गरे ओलीले घटुवा?

nepal_readers nepal_readers
माघ २४, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पार्टी विभाजन भइसकेपछि पनि केही समय तटस्थ देखिनुभएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अन्ततः ओलीपक्षमा लाग्नुभयो । आफूपक्षीय नेता तथा कार्यकर्ताको मूल हिस्सा प्रचण्ड–माधव नेतृत्वको नेकपामा छाडेर थापा एकाएक ओली पक्षमा लागेपछि एउटा चर्चा चल्यो ‘बालुवाटार छिरेपछि बादल गले र रातारात बल्ड्याङ खाए ।’

    प्रधानमन्त्री केपी शर्मा ओलीले सहअध्यक्ष बनाउने आश्वासन दिएपछि थापाले कोल्टे फेरेको गाईंगुईं सुनियो । ओलीपक्षमा लागेको दिनदेखि नै थापाले प्रतिनिधिसभा विघटन गर्ने कदमको समर्थनमा आक्रामक अभिव्यक्ति दिन थाल्नुभयो । त्यसैले पनि अनुमान गर्नेहरूलाई ‘हो क्यारे’ भन्ने बनाइदियो । जननिर्वाचित संस्था विघटन गर्नेजस्तो ‘अलोकप्रिय’ कदमलाई ‘क्रान्तिकारी’, ’अग्रगामी’, ’राष्ट्रवादी’ भनेर थापाले ओलीपछिको नेता बन्न ‘चाकरी’ गरेको आरोप लाग्यो ।

    पार्टी एकतापछिका झण्डै तीन वर्ष करिब गुमनाम रहेका थापा एकाएक गर्जिन थालेपछि धेरैले ठाने, ‘ईश्वर पोखरेललाई पन्छ्याएर ओलीपछिको वरियतामा बादलले इन्ट्री मारे ।’ तर,शुक्रबारसम्म आइपुग्दा त्यस्ता अनुमान गलत साबित भएका छन् । ओली समूहले गरेका पार्टीका आन्तरिक कार्यक्रमहरूमा थापालाई उपप्रधानमन्त्री तथा सो समूहका सचिवालय सदस्य पोखरेलभन्दा मुनि राखेर अतिथि बनाइएको छ । सह–अध्यक्षको प्रस्ताव वामदेवलाई प्रधानमन्त्री बनाएको जस्तै रहेछ भन्ने घटनाक्रमले पुष्टि भइसकेको बताइन्छ । शुक्रबार ओली समूहले काठमाडौंमा आयोजना गरेको आमसभामा ओली,पोखरेल र थापाले सम्बोधन गर्ने प्रचार दुई दिन अघिदेखि गरिएको थियो ।

    सहअध्यक्षको चर्चा गरिएका थापाले पोखरेलभन्दा पहिले बोल्नुहोला कि पछि भन्ने धेरैमा चासो र कौतुहलता थियो । तर, थापालाई पोखरेलभन्दा पहिले बोल्न बोलाइयो । त्यसो त,थापाले शुक्रबार पनि आक्रामक भाषण गर्नुभयो । संसद विघटन गर्ने ओलीको कदमलाई ‘क्रान्तिकारी’, ‘अग्रगामी’, ‘राष्ट्रवादी’ को विशेषण प्रदान गर्न छुटाउनुभएन । त्यतिले नपुगेर उल्टै प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनकारी शक्तिलाई प्रतिगामी भन्दै पक्रेर चिडियाखानामा थुन्ने चेतावनी समेत दिनुभयो ।

    केही समय पहिले एउटा कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना कार्यकर्तालाई कडा आन्दोलन गर्न निर्देशन दिँदै ‘शाकाहारी’ आन्दोलनले ओलीको कदम नसुध्रिने बताउनुभएको थियो । थापाले प्रचण्डको नाम उल्लेख नगरी भन्नुभयो, ‘मांशाहारी आन्दोलन गर्ने समूहलाई चिडियाघरमा लगेर थुन्छु ।’ सह–अध्यक्ष नदिँदा त त्यसरी कुर्लिएका उनी दिएको भए गर्थे होलान् ? प्रचण्ड–माधव खेमाका एक नेता भन्छन्, ‘ओलीले न सहअध्यक्ष दिन्छन्, न बादललाई नै त्यो पाइन्छ भन्ने विश्वास छ । बादललाई ओलीले ललिपप देखाएका हुन् । बादल नराम्रोसँग फसे ।’

    ती नेताका अनुसार गृहमन्त्री बादलसँग जोडिएको एउटा घटना र उनको कमजोरीमा बालुवाटारले फाइदा उठाएको हो । ‘ल हेर्नुुस् यस्तो पो आएको छ त मिडियामा भनेर बालुवाटारले देखाएपछि बादल कक्रक्क परेका हुन्’ ती नेताले भने । थापासँग खासै कार्यकर्ता नभएको बुझ्नुभएका प्रधानमन्त्री ओलीले शुक्रबारको कार्यक्रमका लागि संख्या नै तोकेर सहभागी जुटाउन दबाव दिएको चर्चा पनि थियो । हालैको पूर्वजनमुक्ति सेनाको तानातान त्यसैको परिणाम हो, भनिन्छ । -जनआस्था

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.